स्पिनोजाले यस्तो ईश्वर निर्माण गर्यो कि-  जसलाई हिगेलले गुफा भित्रको सिहं भन्यो- जहाँ छिरे पछि निस्कन असम्भव थियो ।


स्वतन्त्रता मनुष्य निधि हो । स्वतन्त्रता र विबेकले मनुष्यलाई आदी-मानव बाट आधुनिक मानव बनायो । स्वतन्त्रता विभिन्न तहका हुन्छन्; सामाजिक स्वतन्त्रता, बैयत्तिक स्वतन्त्रता, मानसिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता । सार्त्रको अनुसार भाग्य भन्ने चीज हुँदैन, मनुष्य स्वतः आफ्नो लागि जिम्मेदार हुन्छ ।
सार्त्र भन्छ ‘नियति या प्रकृतिले पनि व्यक्तिगत जीवनको कारण वा उदेश्य बहन गर्दैन, त्यो उसले आफैँले खोज्नु पर्छ ।’ यसबाट मनुष्यको स्वतन्त्रता कति हो भन्ने जान्न सकिन्छ । अस्तित्ववाद ले मनुष्यको ईमानदरिता या स्वन्त्रताको पक्ष लिई सामाजिक भलाईको वकालत गर्छ । अहिले समाजमा परपीडक भन्दा बढि आत्मपीडक छन् जसले गर्दा सामूहिक हित र सौन्दर्यता दिन दिन ह्रास हुँदैछ । मानिसलाई लाग्न सक्छ मैले गरेको व्यक्तिगत देन ले समाजमा परिवर्तन निम्ताउँछ तर त्यसो नभई त्यसले सार्भभौम-खुसि लाई हल्लाइदिन्छ, आखिर त्यसको दुष्परिणाम समूहगत बन्छ । यो ज्यादै अहितकर हुन्छ । उदाहरणको लागि, म भरसक दृष्टान्त रुचाउँदिन यसले विचार लाई दिगमिग बनाउँछ तर, यदि कोही सामाजिक अव्यवस्थाको लागि सडकमा नारा लगाउँछ भने त्यो उसको स्वतन्त्रता हो, यहाँ सार्त्रको ‘एक्जिस्टेन्सिलिजम एण्ड ह्युमेनिजम’ को विचार सन्दर्भिक हुन्छ-  आफ्नो स्वतन्त्रता प्राप्ति को साथ साथै अरूको स्वतन्त्रता लाई पनि आदर गर्नु पर्छ, के सडक-चटक ले यस सार्त्रियन फ्रिडम लाई झल्काउँछ ! विषयान्तरको लागि माफी चाहन्छु, मैले लेख्न खोजेको कुरा अर्कै हो । अब त्यो हेरुँ ।  मिलको अनुसार प्रत्येक मनुष्य सुखान्वेषी हुन्छ, प्रत्येकको इच्छा स्वयं कल्याण हुन्छ, यसैले भलिभाँति जीवन उत्तरोत्तर हुन्छ । सबैको एकै विचार को अभावले गर्दा एकको लागी हुने कल्याण अर्को को लागि घात हुन सक्छ । सबै आईडिया सधैँ सार्वभौम हुँदैन पनि- छेपारोले रगं बदल्नु छद्मरुप को लागी नभए जस्तै ।  त्यति बेला मानिसले स्वाधीन महसुस गर्छ जति खेर मनको बिकार विरेचन (औषधि द्वारा शारीरिक बिकारको शुद्धीकरण गर्नु जसलाई अरस्तुले क्याथर्सिस भनि ‘पोएटिक्स्’ मा उल्लेख गरेको थियो ) हुन्छ र उत्तिनखेरै सौन्दर्यबोध हुन्छ, हीनता को ‘नष्ट’ ले मनोकामना स्वतः सुद्ध हुन्छ । करुणा, भय र आवेग मानसिक बिकार हुन्, यसले बौद्धिक कला लाई नाश गर्छ । आत्मगत स्वतन्त्रता का बाधक रूप यी तिन अवगुण (थिचिएको रूप) ले मानिस खुसी हुन सक्दैन। जब कसै माथि करुणा उत्पन्न हुन्छ त्यसले
आवेग सृजना गर्छ र त्यसको निदान नभए भयको रूप लिन्छ, यही हो आधुनिक मानिसको निरासा को कारण । जसरी ‘अन्तिम रूप’ हरुको समन्वय ले पदार्थ निर्माण हुन्छ त्यसै गरी करुणाको ‘अणिमा’ रुपाकार ले सौन्दर्यबोध हुन्छ; भनाइको तात्पर्य व्यक्तिगत करुणा को बध ले समग्र कलाको बोध लाई बोकेको हुन्छ । यसो भन्दैमा यो असामाजिक नियम कदापि होइन । म कसलाई गलत हो भन्ने देखाउन खोज्दै छु भने
जसले भावात्मक परिवेश लाई पोषण गरी सामाजिक व्यवस्थामा सुधार गर्न खोज्छ; जसले सौन्दर्यको प्रथम नियम लाई तोड्न खोज्छ- त्यो गलत हो । अनि सौन्दर्यको बोध कति खेर हुन्छ त- “जति सेतो धर्काले मात्र बनाएको प्रतिमा सुन्दर देखिन्छ त्यति आमोद त थरी थरीको बेमेल रगं को संयोजन ले पनि दिँदैन ।”(Poética, Part VI) । जसले सौन्दर्यको यो संयोजन लाई देख्न सक्दैन त्यसले सामाजिक व्यवस्थामा जतिसुकै रस भए पनि- ठीक अर्थमा समाजको नितिगत आन्तर्य नियम लाई बुझ्न सक्दैन । बौद्धिक नृशंसता विभिन्न कारणले गर्दा सृजना हुन्छ । बेकनले यसलाई चार श्रेणीमा बिभक्त्त गरेको छ र यसलाई Idols/विकृति भनि नामकरण गरिएको छ । यदि मानिस संस्कारको आवरण मा आच्छन्न हुन्छ भने उसले पक्कै पनि सुन्दरताको विषयलाई आत्म संरक्षण गर्न सक्दैन, यसले विभिन्न मनोवैज्ञानिक विकारहरू बीच टक्कर निम्ताउँछ । यी चार संस्कार लाई त्याग्दा मात्र सत्य(सुन्दरम्/शिव) प्रतीत हुन्छ । आजकाल को समय ‘आधुनिक काल’ मा गनिन्छ । मानवले इतिहासलाई कुल्चेर नुतन युगमा प्रवेश गरेको धेरै भएकै छैन । हामी जुन समयमा हिँड्दै छौं सायदै मानव इतिहासमा कुनै त्यस्तो अहिंसाको समय होस् । तर पनि मनुष्य मन संतुष्ट छैन । हामी स-साना कुरा मा विवाद गर्छौं । मानवअधिकार कै कुरा गर्ने हो भने यो जस्तो उत्तम समय कुनै छैन । जनावर अधिकारकै कुरा मा पनि यही मत लागू हुन्छ । घरेलु हिंसा, वाल शोषण, नरहत्या, मृत्युदण्ड, दासत्व, रंगभेद, महिला अधिकार, बलात्कार तथा जति पनि हिंसाका प्रकार छन् ती सबै भन्दा बढी हाम्रा पुर्खाले जति कसैले सहेनन् ।


इतिहासलाई निस्त्वचीकृत गर्ने हो भने त्यो जति पाशविक समय कुनै छैन त्यसो हो भने मनुष्य लाई कस्तो उत्सुकताले डोर्याउँदै छ जसले गर्दा उसले विबेक लाई गुमाउँछ ? सामाजिक अनुबंधको सिद्धान्तले मनुष्यलाई सुखान्वेषि हुन प्रेरणा दिँदैन ! सामाजिक बोधमा व्यक्तिगत स्वतन्त्रता को त्याग पर्याप्त छैन र ? जब समाजको धारणा ले मानविकी सौन्दर्यलाई अभिप्रेरित गर्न सकेन भने कुनै प्राकृतिक नियम ले मनुष्यको सौन्दर्यबोधलाई झन् जटिल बनाउँछ । भावनात्मक संकल्प लाई मानिसले पन्छाएर जुन आदर्श समाजको निर्माण गर्दै छ त्यो पनि उचित होइन र जुन प्राचीन आदर्शलाई मानिसले कुल्चेर भावनात्मक संवेदना मा सामाजिक नियमन लाई भर पोषण गर्दै छ त्यो पनि क्षणभंगुर हुन्छ । यहाँ एउटै कुरा सत्य हुन्छ जसले निराकार लालित्यलाई स्पष्ट बुझ्न सक्छ ।  हिंसात्मक प्रवृत्तिलाई नियाल्ने हो भने हामी जुन युग मा बाँच्दै छौं त्यो स्वर्णिम युग हो । अहिले जुन महिला अधिकारको कुरा हुन्छ त्यसलाई बुझ्न प्रि-हिस्टोरिक युगमा पुग्दा तुलनात्मक रुपले देखिएको मानसिक कायान्तरण ले चकित बनाउँछ । होमरको ईलियाड र ओडिसि मा गरिएको हिंसात्मक वर्णनबाट पनि मानव इतिहासको हिंसा प्रतिको झुकाव लाई देख्न सकिन्छ । “But for the heroes of the Iliad, female flesh was a legitimate spoil of war: women were to be enjoyed, monopolized, and disposed of at their pleasure.’ (The Better Angels of Our Nature: Why Violence Has Declined, P5) अर्को अनुच्छेद पढौं - including a hundred thousand women they burned at the stake for witchcraft between the 15th and 18th centuries’ (The Better Angels of Our Nature: Why Violence Has Declined, P16) यी नृशंसका दृष्टान्तहरू हेर्दा हामी ले जसरी हिंसात्मक प्रवृत्तिलाई परिवर्तन गरेको छौं त्यो बेहिसाब छ । तलको ग्राफमा जनावर हिंसा प्रतिको जुन अधोगति लाई देखिन्छ त्यसले पनी मानवीय संवेदनाको परिवर्तित रूप लाई दर्शाउँछ ।


त्यसो भए मनुष्यमा किन हिंसात्मक झुकाव देखिन्छ त -  ‘When we look at human bodies and brains, we find more direct signs of design for aggression’(The Blank Slate, P316). हिंसात्मक मनोविज्ञानले मानवीय सौन्दर्यात्मक  सोदेश्य लाई प्रत्यक्ष प्रभाव पार्छ; जसले शिवत्वको आत्म ग्रहण लाई विकृत बनाउँछ । अहिंसात्मक मानविय उधम मा पनि हिंसात्मक संकल्प हुन्छ । सामाजिक सुधारक पक्षधर ले बुझ्नु पर्छ हिंसात्मक आवेगको विरुद्ध उठाइएको आवाजले समूहगत धारणा लाई बदल्न सक्दैन । बरु यसले आत्मगत स्वतन्त्रता लाई कब्जा गर्छ । यसले आवेग, मनोवृत्ति या स्वभाव मा धक्का दिन्छ । Contd..