उ दौडीएर basement तिर पुग्छ । हल्का संग अघी पुरेको माटोलाई हटाउँछ । एउटा लाश छोपीएको छ । उ लाश लाई उठाउँछ र भँइलाई लेराएका फुलहरुले पुन सजाँउछ । हो । crape myrtle का फुलहरुले । श्रिमती उन्याको हत्या भएको छ । Agapeto ले लाशलाई गाडी सकेको थियो तर श्रीमती उन्याको भनाईलाई संझदै उ फुल लिन निस्कीएको हुन्छ । उसले उन्याको लाशलाई फुल माथी सुतायो र फेरी लाशलाई माटोले पुरीदियो । basement को उत्तर तिरको ढोका बाट फेरी बगैंचामा निस्कीएर उ रुखलाई पुन नियाल्दै छ । उन्याले भनेको सबै कुराहरु Agapeto लाई याद छ । 'तिमीलाई थाहा छ, फुलको सुगन्धले मेरो लाशलाई गनाउन बाट रोक्ने छ' । श्रीमती उन्या पानी परेर रोकीएको उज्याला दिनहरुमा प्राय जसो भन्ने गर्थी । अहीले सम्म यो खबर कतै पुगेको छैन । Agapeto लाई पनी थाहा छैन हत्या यती पछी कीन भयो भन्ने कुरा । उसले गए रातीको घटना संझीयो । उनीहरुले संगै खाना खाएका थिए । भर्खरै बजारमा आएको comedy movie 'THE PETER' हेरेका थिए र राती संम्भोग गरेका थिए । सबै सामान्य थियो । पछिल्ला केही दिनहरुमा कुनै नराम्रो घटना घटेका पनी थिएनन् । Agapeto लाई थाहा छ उसले हिजो दिनभरीमा एउटा पनी गमला सिढीं बाट खसालेको थिएन । सबै अभुतर्पब रुपले सामान्य थियो । तर हत्या के को लागी ... Agapeto जिल्ल थियो । उ crape myrtle फेदमा अढेस लगाएर अघी देखी नै घर तिर नियाल्दै थियो । उसले अखबारहरुमा पढेको हुन्छ । TV news हरुमा सुनेको हुन्छ । आईमाईको हत्याहरु कीन हुन्छन् भन्ने कुरामा उ अली चासो लिने गर्छ । गए राती उसले most dangerous assassian movie हरु हेरेको थियो । जसमा आफ्नो पतीहरुले पत्नीहरुको निर्मम हत्या गरेको कहानी थियो । कतीपय बास्तबीक घटनामा आघारीत भएको भनीएको हुन्थ्यो । उसलाई लाग्न थाल्यो यो घटना पनी बिस्तारै बाहीर आउने छ । पुलिषहरुले सोधपुछ गर्नेछन् । छिमेकीहरुले श्रीमती उन्या असल आईमाई थिई भन्नेछन् । त्यती बेला मेरो रहस्यहरु अपारम्पारीक प्रकीयाले बाहीर आउनेछन् । 'असलमा यो आत्महत्या पनी त होईन' । ति चलचित्रहरुमा जस्तो बलात्कार पछी हत्या भएको हो भनीनेछ । 'पागलपन हो, श्रीमती उन्याको हत्या गर्नु पर्ने कुनै कारण नै थिएन' । उसले कपाल लुछ्न थाल्यो । उन्या फुलहरुको मात्र शौंकीन थिई । बैंगैचा देखी लिएर बैठक कोठा सम्म फुलहरुले नै सजाईएको छ । Agapeto लाई Caterpillar को घर जस्तो लाग्ने ति फुलहरु देखी मात्र रिस थियो । यसैले कहीले काँही गमलाहरुलाई खुट्टाले हानेर मिल्काई दिन्थ्यो । तर उन्या यसबाट दुखी कहील्यै भईन । असलमै उ छिमेकीहरुले भने जस्तो संयम आईमाई थिई । उ आफ्नो पतीको माया औधी र्गर्थी । घर बाट महीनाको एक दुई चोटी निस्कनु मात्र उसको बानी थियो । ति दिनहरु प्राय शनीबार नै हुन्थे । उ कुनै नया प्रजातीको फुल लिएर आउँथी र पछिल्ला दिनहरुमा उ त्यही फुलको देखभाल मा ब्यस्त हुन्थी ।
source: google photo |
Mr. Agapeto लाई फुलहरु देखी घृणा छ । बास्तबमै उ फुलहरु मन पराउँदैन । श्रिमती उन्याको फुलहरु संगको सामीप्यता पनी उसलाई मन पर्र्दैन । उसलाई La Planté को त्यो ठिटो झन मन पर्दैन जसले उन्या संग सम्बन्ध राख्छ भन्ने लागेको हुन्छ । उ नर्सरी जाँदा त्यो ठिटो संग सम्भोग गर्छे भन्ने उसले बुझेको हुन्छ ।
आफुलाई उन्याले घृणा गर्ने कल्पना गर्छ । La Planté को ठिटो र केही गन्हाउने फुलहरु लाई मात्र चाहान्छे भन्ने उसलाई पक्का बिश्वास भएको हुन्छ । Agapeto कफी पिउँदै थियो । उसलाई श्रीमती उन्याको उपस्थीती अनुभब भएझै लाग्छ ।
'Mr. Agapeto I hate you and i love this guy and his La Planté' । आफु संग श्रिमती उन्याले मनोबैज्ञानीक सम्बाद गरेझै लाग्छ । उ बैठक कोठा तिर दौडिन्छ । उसलाई कसैले पछ्याई रहेको अनुभब हुन्छ । उसलाई आराम गर्नुछ । उसलाई थाहा छ उसले श्रिमतीको हत्या गरेर थाकेको छ । उ दिन भरी त्यही हत्या को षडयन्त्र लुकाउन खोज्दै छ । उसलाई आज दिन भरी भाग दौड गरेको अनुभब हुन्छ ।
दिन कालो रात तिर धकेलीदै थियो । उसलाई basement को लाशको संझना आँउछ । उ हत्याको पश्चाताप नलागोस् भन्ने मा सजग छ । उ आफुलाई कतै अलमलाउन चाहान्छ । उसले बैठक कोठा बाट बार्दलीमा निस्कने ढोका खोल्यो । 'पख चिसो छ ढोका नखोल' । श्रिमती उन्याको मसिनो स्वरको आभाष भए झै लाग्छ । उ बार्दलीमा निस्कीयो । सुन्य रातले crape myrtle को रुखलाई टम्म ढाकेको छ । उसले रुखलाई देख्न सक्दैन । फुलहरुलाई छुट्याउन सक्दैन । उ पुन कोठा भित्र छिर्छ । उसलाई एक्लो भएको अनुभब हुन थाल्छ । यस्तो मनोभाब हटाउन उसको किताबहरु पढ्ने बानी हुन्छ । उ War & Peace ठुलो ठुलो स्वरले पढ्न थाल्छ ।
La Planté, ठिटो, crape myrtle, उन्याको लाश र basement उसको दिमागमा दौडन थाल्छ । समस्या के हो Agapeto लाई पनी थाहा छैन । उसलाई यि शब्द देखी घृणा छ । उसले यि दमीत भावनाहरु लाई पन्छाउन War & Peace लाई अझै ठुलो ठुलो स्वरले पढ्न थाल्यो । यसरी पढ्दा छिमेकीहरुले सुन्ने छन् र सधै जस्तो
आएर कराउने छन् । 'बच्चाहरु उसको स्वरले काँपेका छन्' भनेर । श्रिमती उन्यालाई नदेख्दा उनीहरुले हत्याको शंका गर्नेछन् । Agapeto ले किताबलाई बन्द गरीदियो र सुत्न खोज्यो । हत्याको मानसिक हैरानीले थाकेको । दिन भरी प्रमाण लुकाउन ब्यस्त भएको उ छिट्टै निदाउँछ । Crape myrtle को रुख बिस्तारै सुक्दै गएको । हाँगाहरु झरेको कत्राक कुत्रुक आवाज । र अन्नत आफु Crape myrtle को कंकाल रुख मुनी बगंैचामा एक्लो उभीएको सपना देख्छ ।
मध्य रात एउटा भयङकर आवाजले उ ब्युँझीएको हुन्छ । basement बाट आएको आवाज । सम्भबत श्रिमती उन्याको चित्कार । Agapeto basement तिर दौडिन्छ । श्रिमती उन्याको लाश स्थीर त्यही सुतिरहेको छ । शरीर माटोले पुरीएको तर हातहरु अशंयमित पाराले बाहीर निस्कीएका थिए । Agapeto लाशलाई एकहोरो हेर्छ । फुलहरु ओईलाएका थिए । बिस्तारै फुलहरुलाई सुमसुमाउँछ । फुलहरु भिझेका थिए । बिर्यले । उसको ओठहरु काँप्न थाले । उसलाई लाग्यो यो त्यही ठिटोको काम हो । त्यसले लाश संग सहबास गरेर भागेको छ । Agapeto को शरीर काँप्न थाल्छ । उसलाई पुरै Gingerbread house काँपेको जस्तो लाग्छ । उसको हातमा बिर्य लतपतीएको छ । उ basement बाट निस्कन्छ र बगैंचाको दक्षीण तिरको पोखरीमा पुग्छ । हात पखाल्न । उसलाई कसैले पछ्याई रहेको हुन्छ । पोखरीमा लाश उत्रीएको दृश्य । रगतले पुरै पानी रातो र डरलाग्दो देखीएको हुन्छ । उसले लाशलाई उठाएर हेर्छ । लाश त्यही ठिटोको थियो । हत्या कसले गर्यो होला ? उसले सुनसान बगंैचा तिर नियाल्छ । बादले डम्म बगंैचा माथी ढाकीएको छ । सुनसान । यस अघी Agapeto ले यसरी बगंैचालाई सुनसान देखेको थिएन । एकदमै अन्घकार । हत्या यसैले गरेर भागेको होला । अंधकारले हत्या गरेर भागेको छ । उ ढुक्क हुन्छ । शत्रु परास्त भएको मा खुसी हुन्छ । त्यही रगत पानीमा हात पखालेर उ Crape Myrtle को रुख तिर जान्छ ।
एउटा आईमाई रुख मुनी ठुलो खाडल खन्दै हुन्छे । उसले नजीक गएर हेर्छ । झस्कीन्छ । श्रिमती उन्या को लाशले अहीले चिहान खनीरहेको हुन्छ । उ चिहान खन्नमा ब्यस्त छे । Agapeto नजीक गएर उभीरहेको हुन्छ । Mrs. उन्या आफ्नै लागी चिहान खनीरहेकी हुन्छे । Agapeto आश्र्चय मानेर हेर्दैछ ।
'मेरो लाश यहाँ गाड्नु भनेको थिँए' । श्रिमती उन्याले चिहान खन्दा खन्दै भनी । 'यसको सुगन्धले मेरो लाश गन्हाउन बाट रोक्ने छ' ।
Agapeto केही बोल्दैन ।
श्रिमती उन्या चिहान भित्र पस्छे र आफुलाई पुर्न थाल्छे । Agapeto कता छ देखीएन ।
Hello Mrs. unya –
Hello doc
'अनौठो भएको छ । यसअघी यस्तो भएको थिएन' ।
'उ कहाँ छ'?
'माथी । भर्खर निदाएको छ' ।
'हिजो बिहान देखी उ basement मा थियो । फुल थुपारेर बसको थियो । र राती बगैंचामा Crape myrtle को रुख मुनी नै बसिरहेको थियो' ।
'मैले भनेको थिए । यो 'Anthropobia' होईन । – doctor ले भन्यो । 'this is the cause of post-traumatic stress disorder.'
Agapeto निन्द्रामा छ । श्रिमती उन्या उसको पैतालातिर हात घिर्सादै थिई ।
डक्टरले भन्दै गयो । 'Crape Myrtle को फुल र अन्य फुलहरु हटाउनु बेश हुन्छ' । 'उसले यि फुलहरुलाई लिएर कहानी बनाउँछ र आफुलाई झन झन रोगी बनाउँदै लग्छ । हेरुँ यसले केही हुन सक्छ' । Mrs. उन्या, समस्या ठुलो हुँदै छ । तपाईको फुलहरु संगको सामीप्यताले यो नहोस् । म यही कामनम गर्छु' । डक्टर त्यहाँ बाट निस्कीयो ।
पछी श्रिमती उन्याले सबै फुलहरु हटाउन लगाई । Agapeto को आगाध मायामा उसले आफ्नो केही ईच्छाहरुलाई Gingerbread House को कतै कुनामा थुपार्ने भई ।
समय अन्तराल पछी Gingerbread House लाई फुलहरु बिना कल्पना गर्दा ...
केही हत्ता पछी....
कसैले कफी बनाएर राखीदिएको छ । उ डाईनीङ टेबलको एउटा छेउमा गएर बस्छ । उसले श्रिमती उन्या बस्ने मेचमा रातो Crape Myrtle को फुलहरु देख्दैन । उसले सोच्न थाल्यो Crape Myrtle को बडे रुख हत्या को कारण कसरी बन्छ । कफी पिउँदै उसले श्रिमती उन्याको आर्दश फुलहरु लै सम्झियो । La Planté को त्यो सानो
3 Comments