Published 17 August 1945
Cover Courtesy: Google Image
मैले यो पुस्तक बारे लेख्नु भनेको आफ्नो कमजोरी देखाउनु हो तर उपन्यास आज फेरि अर्कोपटक पढ्दा यो करामत नगरि बस्न सकिन । यसको लागि माफि माग्छु !

एनिमल फार्म, जर्ज आरवेल द्वारा लिखित १९४५ मा प्रकाशित लधु-उपन्यास हो । यो तात्कालिन समयको लागि एक सामान्य पुस्तक मात्र नभएर एक 'पोलिटिकल डाईनामाईट' थियो । यस पुस्तकलाई अहिले सम्मकै प्रख्यात राजनैतिक रुपकको लागि ब्याख्या गर्दा अतिरञ्जित हुन्न होला । स्टालिनको बिचारधारा कसरि बिनाशकारी सम्भब हुन सक्छ भन्ने यथार्थ आरवेलले आफ्नो यस लघु डिस्टोपियन उपन्यासमा दर्शाउन खोजेका छन् । आरवेले आफ्नो निबन्ध 'Why I write' मा उपन्यास बारे केहि लेखेका छन ।  आरवेले ले यो उपन्यास लेख्दा पुर्ण सचेत भएर के लेख्दै छु भन्ने जानेरै राजनिति र कलात्मकता लाई एकै ठाउँमा लेखेका हुन् । यस्तो भन्दा फरक नपर्ला कि एनिमल फार्म सोभिएत युनियनलाई सिधा ब्यंग थियो ।


मलाई जर्ज आरवेलको एनिमल फार्म र '1984'  दुबै शानदार रचना लाग्छन् । सुंगुरलाई केन्द्रिय पात्र बनाउँदै आरवेले रुसी क्रान्ति (Bolsheviks Revoluation: बोलसेभिक क्रान्ति) को असफलतामा ब्यंग गरेका हुन् । सन् १९१७ को रुसि क्रान्ति एकहिसाबले बिश्वकै सफल क्रान्ति थियो र यसैको ब्यंग्यात्मक रुपमा यसलाई सफलताको कसिमा शिर्ष स्थानमा राखियो होला । बिसौं सताब्दिको एक सफल लेखक आरवेल को यस पुस्तकलाई बिश्वका १२६ देशहरुमा प्रतिबन्धित गरिएको थियो ।


अब कथामा,
वल्ड मेजर (Old Major) ले एक सपना देखेको हुन्छ र त्यहि सपना सुनाउन म्यानोर फार्म (Manor Farm) को सबै जनावरहरुलाई फार्म मालिक (Mr. Jones) सुते पछि भँडारमा बोलाएको हुन्छ । वल्ड मेजरले भन्छ ।

                  "Comrades,  you have  heard  already  about  the  strange  dream  that  I  had  last night. But I will come to the dream later. I have something else to say first. I do not  think,  comrades,  that  I  shall  be  with  you  for  many  months  longer,  and before I die, I feel it my duty to pass on to you such wisdom as I have acquired."

म‍ेजरले यस्तै युगान्तकारि कुरा (All men are enemies and all animals are comrades.) सुनाउँदे जान्छ र सात कमाण्डमेन्टस् (Commandments) को बारेमा बताउँछ । जस्तै: दुई खुट्टा हुनेहरु शत्रु, चार खुट्टा र पखेंटा हुनेहरु मित्र, जनावरले लुगा लगाउन नहुने, खाटमा मानिसले झैं सुत्न नहुने, अर्को जनावरलाई मार्न नहुने र सबै जनावर समान हुन् भन्ने जस्ता कुराहरु बताउँछ ।
                  "And  now,  comrades,  I  will  tell  you  about  my  dream  of  last  night.  I  cannot describe that dream to you. It was a dream of the earth as it will be when Man has  vanished.  But  it  reminded  me  of  something  that  I  had  long  forgotten. Many years ago, when I was a little pig, my mother and the other sows used to sing an old song of which they knew only the tune and the first three words. I had  known  that  tune  in  my  infancy,  but  it  had  long  since  passed  out  of  my mind.  Last  night,  however,  it  came  back  to  me  in  m  y  dream.  And  what  is more,  the words of the song also came back —words, I am certain, which were sung by the animals of long ago and have been lost to memory for generations. I will sing you that song now, comrades.  I  am old and my voice is hoarse, but when  I  have  taught  you  the  tune,  you  can  sing  it  better  for  yourselves.  It  is called Beasts of England."
Old Major cleared his throat and began to sing.

....अनि त्यो यो कुनै राष्ट्रिय गान झैं लाग्छ ।

 आरवेले वल्ड मेजरलाई कार्ल मार्क्स को ब्यग्यात्मक रुपमा लेखेका छन् । अर्को भिलेन (villain) पात्र Napoleon जसलाई जोसेफ स्टालिन, Snowball लाई लेनिन जस्ता क्रान्तिकारि पात्रहरु संग नजिक राखेका छन् । वल्ड मेजरको मृत्यु पछि Napoleon ले कमान्डमेन्ट्सहरु आफु अनुरुप बदल्नु, एनिमल फार्मको नाम बल्दनु, Mr. Frederich पात्र संग (जसलाई एडल्फ हिटलरको परिकल्पना मान्न सकिन्छ) नजिकिनु र फार्मको बिपरित हुनु । Beast of England लाई आफ्नो जयजयकार मा लेखिएको एन्थममा परिबर्तन गर्नु जस्ता रोचक प्रसंगले कहानि अघि बड्दै जान्छ  ।

सुरुमा उपन्यासले अ्यानिमालिजम (Animal-ism) को वकालत गरेको जस्तो देखिए पनि यो पुर्ण रुपमा कम्युिनिजम प्रतिको ब्यंग हो  । कहानिले तत्कालिन शोभियत युनियन, स्टालिन युग र बोलसेभिक क्रान्ति लाई प्रतिबिम्बित गर्छ  । साम्यबादि क्रान्तिको असफलताले Animal-ism (त्यस बखतको रुसि स्थिति) को युटोपियालाई कसरि बिगार्दै छ भन्ने अ्यालिगोरिले मलाई निकै छोएको हो । जसरि फार्मका जनावरहरुमा स्वतन्त्रताको भोकले मानिस (मालिक) प्रति आन्दोलित हुने ईच्छा जाग्छ त्यसैगरि गलत नेतृत्वले जनावरहरुको आदर्श सपनालाई भताभुङ्ग पारेको कहानि छ, बस्तुत: यो रुसि परिस्थिति थियो