In my eyes he matches the gods, that man who
sits there facing you--any man whatever--
listening from close by to the sweetness of your
voice as you talk, the
sweetness of your laughter: yes, that--I swear it--
sets the heart to shaking inside my breast, since
once I look at you for a moment, I can't
speak any longer
-Sappho
सर्वोच्च
(शिव, good), अप्राप्य छ तैपनि, त्यसलाई
प्राप्त गर्ने मार्ग भनेको द्वन्दात्मक सौन्दर्यको कौशलबाट ‘सात्विक’ अनुभव
गर्नु हो । माथिको कवित्व बाट जुन सर्वोच्च बोध हुन्छ त्यसलाई म ‘सौन्दर्य’ सिवाय
आत्मिक शोध बाट ब्यक्त्त गर्न सक्दिन । जब म ‘फ्राइन’ को ‘न्यायालय’ बाट
निस्कन्छु, म गणिकाको न्यस्त सौन्दर्य बाट विह्वल हुन्छु । त्यस
किसिमको ज्ञान केवल बुद्धि द्वारा मात्र सम्भव हुन्छ । जसरी प्रत्यय ग्रीक दर्शन
मा मूल द्रव्यको रूपमा विद्यमान थियो त्यसैगरी द्वन्दात्मक सौन्दर्य (परमशोभा) लाई
सर्वोच्च बुद्दिबाट मात्र अनुभव गर्न सकिन्छ । समाज मृगमरीचिका को पछि लाग्ने
अनौठो शोभा देखाउँछ । त्यसले अवगत गर्नु पर्ने वस्तु लाई अन्देखा गर्छ । ‘म को
हुँ?’ यही प्रश्नको ज्ञानले आत्मिक अज्ञानता लाई समाप्त गर्छ ।
सौन्दर्य लाई द्रव्यमा परिणत गर्छ । वर्तमान सामाजिक-देह को समस्या भनेको
सौन्दर्यगत-अनुभवको ह्रास हो । हामी हरेक दृष्टिकोणलाई वर्गीकृत गर्छौ, वर्गीकरणले
स्थायी विचारलाई विकृत बनाउँछ । समाजमा जातिगत विभाजन छ, रंगभेदको
विभाजन छ, सामाजिक -प्रतिष्ठाको विभाजन छ । तर यस विभाजनले समूहगत
धारणा लाई मात्र असुद्द बनाउँछ, यसले व्यक्तिगत बोधलाई नाश गर्दैन । मनुष्य मिथ्यात्व को
दास हुन्छन् र यी साना साना कुरामा अल्झिन्छन् तर उनीहरू कसरी महामानव बन्ने भन्ने
कुरा सिक्दैनन् । आँखा बन्दा गर्दा त आफ्नै अस्तित्व पनि संदेह दायक हुन्छ ।
अष्टावक्र गीताले त्यही परमस्वरुप लाई विचरण गर्न सिकाउँछ तब सौन्दर्यको बोध हुन्छ
।
कति लाई थाहा नहोला ‘लेस्वियन’ शब्द कसरी प्रयोगमा आयो । लेसबोस टापु मा हुर्केकी साफो जसले आईमाइहरु प्रतिको झुकावमा कविता लेखि, यही ग्रीक शब्द लेसबोस बाट लेसबियन शब्द को व्युत्पत्ति भयो जसले तत्कालीन ग्रीक समाजमा आईमाईहरुको आईमाई प्रतिको सौन्दर्याकर्षण लाई दर्शाउँछ । साफो नै प्राचिन ग्रिक कि पहिलो कवियत्रि थिई जसले खुलेर आफ्नो डिजाएर (सौन्दर्यसुख) लाई लेखि । विशेषगरी उसको फ्य्राग्मेन्ट ९४ मा यस डिजाएर लाई खुबै मोहक रूपमा पढ्न पाइन्छ । साफोको समयमा (६०० ई.पु) आइमाईहरुलाई न बौद्दिक मानिन्थ्यो न पुरुषहरूको सहभागिता बिना यौनिक-आकर्षण को रूपमा, यस्तो समयमा साफोले आफ्नो सौन्दर्यको अनुभूतिलाई लेखी जसलाई प्लेटोले समेत प्रशंसा गरेको थियो । साफो नै पहिलो आधिकारिक लेस्बियन थिई जसको बारे हामी उसको कविताहरू बाट थाहा पाउँछौ ।
Awed by her splendor
stars near the lovely
moon cover their own
bright faces
when she
is roundest and lights
earth with her silver…..
साफोको कविताहरू संगीत मा गाउन मिल्ने हुन्छन् । जसलाई लिरिकल (Lyrical, ग्रिक lura, जसको अर्थ lyre हुन्छ) वा प्रगीत कविता भनिन्छ । उसको लेखन शैलीको सुन्दरता लाई हरेकले प्रशंसा गरेका छन् । अनुपस्कृत प्रेम को लागि उसले ल्युकाडियन चट्टान बाट फाल हाली प्राण त्यागि । यसरी एक सुन्दरतम् ‘प्रकृति’ को अन्त्य हुन्छ ।
हामीले प्रायश्चित्त बाट देहाभिमान लाई नास गर्नु छ । चमारको अर्थ जसले आफ्नो छाला लाई अभिमानी संझिन्छ, भौतिक प्रपञ्चको पछाडी रहेको अभौतिक जगत लाई जान्दैन, त्यो चमार हो । जसले सौन्दर्यलाई निश्चय मान्दैन त्यसले आन्तरिक प्रज्ञालाई कहिले बुझ्दैन त्यसको लागी ‘सौन्दर्य’ भन्ने विषय अप्राप्य हुन्छ । मनुष्यले जीवनलाई हेर्ने अदार्शनिक दृष्टिकोणमा मानवअधिकार, पशु अधिकार, प्रकृति प्रेम वा सहानुभूति जस्ता पदहरूको विकास गर्यो जसले भेदभाव, मोह, आत्मिक बिनास, सामाजिक अकुशलता बाहेक केही दिन सकेन । त्यसो भए ‘सौन्दर्य’ अनुभूत कसरी हुन्छ त ! साफोले झैँ कसरी प्रतिकूलतामा ‘प्रणय-लाभ’ (सकारात्मक सन्तुष्टि) प्राप्त गर्न सकिन्छ । के मनुष्य को लागी आधुनिक अराजकता माथिको विजयले सौन्दर्यानुभुतिमा विश्वसनीय प्रभाव दिन सक्दैन । आजको सोसियल-नेटवर्क (facebook. twitter and government regulations) को युगमा ‘प्रसन्नता’ हासिल गर्नु असम्भव छ । सूचनाको अधिक पहुँचले मानव-निर्णय मा सिधा प्रभाव पार्छ । मानिसले व्यक्तिगत संतुष्टिको अधिकताले दिने प्रसन्नतालाई सामूहिक स्वीकृति मा निर्बन्ध गर्नु सबैभन्दा ठूलो विफलता हो, जसलाई म सामाजिक संत्रास भन्छु । अहिले मानिसहरू सामाजिक संत्रासले विह्वल छन् । यिनिहरूलाई उपचारको खाँचो छ । उचित व्यवहारले मात्र सौन्दर्यको सर्वोच्च शिखर देख्न सक्छ जसलाई प्राप्त गर्ने बाटो उचित प्रशन्नता हो । अनावश्यक सामाजिक लिप्ती अहंकारोन्मादी हुन्, न कि सामाजिक प्राणी, यिनिहरुले प्रसन्नता भन्ने बस्तु लाई चिन्दैनन् । अनुचित सामाजिक हस्तक्षेपले व्यक्तिगत स्वतन्त्रता र रोमान्स लाई नास गर्छ । विकासले ले सम्भावित हानि लाई बोक्छ; र मानसिक विकासले पनि- भान गग को नाईट क्याफे वा एंड्रयू व्याथ को क्रिस्टिनाज् वर्ल्ड वा बर्थ अफ भिनस लाई हेरि बस्दा म यो समाजको मानसिक विकास लाई अझै घृणा गर्छु । यिनिहरुको उपलब्धि के भयो; सहानुभूतिको मिरियाड मार्गमा खसेकाहरुको गन्ती बाहेक ! अति सामाजिक ईन्डलजेन्स् ले मानसिक बिकार बाहेक कुनै सामाजिक उन्नति लाई आत्मसाथ गर्ने सक्दैन । यसले पुरुषलाई केवल हानि मा धकेल्छ ।
मनोवैज्ञानिक विश्लेषण अनुसार सुखत्व दुई थरी का छन्- जसले कुनै न कुनै रूप बाट सौन्दर्य प्रतिको सार्वभौमिक अभिव्यक्ति दिन्छ- विषयी सुख र सदाचार सुख । मैले किन सार्वभौम सुख भने भने; जन्मजात मनुष्यमा दुवै थरी सुखले प्रतिस्पर्धा गर्छ तर क्रमिक सामाजिक उन्नतिले सदाचार सुख मा पुरुषलाई बद्ध पार्छ । यसले बिलकुल सौन्दर्य नाश गर्छ । म ‘डन किवटे’ को मानसिकता देखि मुग्ध हुन्छु, मलाई सान्चो पाञ्जा ले देखाउने सदाचार देखि प्रेम छ । हरेक मानिसको सौन्दर्य प्रतिको दृष्टिकोण फरक हुन्छ । एक समय (अहिले पनि) ‘लक्ष्यार्थ’ लाई बोध गर्दै राजाका सालिक र राजाका नाममा अकिंत मार्ग हरू को पुन-नामंकरण गरिए, तिनिहरूले त्यस कलात्मक (विरुपण साक्ष्य) मा अन्तर्निहित ‘एस्थेटिक’ लाई बुझेनन् र त्यसो गरे । मैले गहेन्द्रशम्शेरको ज्यासल त देख्ने कुरै भएन तर सरदार भिमबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल: राणा कालिन आखिरी तिन दशक, दोस्रो भाग) मा उल्लेखित यो हरफ ‘सतोदरबार दैवी प्रकोपमा परी आगोले खायो भने त्यो बहुमुखी ज. गहेन्द्रशम्शेरको ज्यासल र उईण्ड मिल त पुरानो सीप र पवन शक्त्तिको पारख गर्न छोडेका नेपालीहरूको हेलचक्रयाईले खायो भन्नुपर्छ । सन्तान्नब्बे-अनठान्नन्बे वर्ष अघि यही नेपालमा पवन शक्ति द्वारा ज्यासलका मेशिन चलाइएको थियो भन्ने कुरा आजकाल पत्याईनसक्नु हुन्छ । पछि सम्म पनि त्यस प्रख्यात ज्यासलका मेशिनहरू लाटीका सालझैं, जमलको चौरमा लथालिङ्ग फ्याँकिएका देखिन्थे । ले मेरो अन्तर्मनको सौन्दर्य उत्साहित हुन्छ । मनुष्यले सौन्दर्य-अनुभूत गर्ने शिल्प लाई त्याग्दा समाजिक मनोविज्ञान मा भड्खालो पर्छ जसले थप, सौन्दर्यको बुझाई प्रति असामंजस्यता निम्त्याउँछ । जसले सामाजिक व्यवस्थामा अधिक चासो राख्छ, त्यसले सामाजिक परिवर्तनमा नभई, आत्मगत सौन्दर्यलाई मात्र नष्ट गर्छ । हाम्रो छिमेकी अपार्टमेन्ट मा बस्ने ‘टोनि’ नेचर स्ट्रिप मा त्यागिएका पुराना साईकल र जंक कलेक्ट गर्छ । नित्से ले ‘ग्रिक ट्राजिडी’ लाई ‘एस्थेटिक’ रूपमा आफ्नो फिलोसफी बनायो । सोफोनहावर विश्वास गर्दैन कि सौन्दर्यवादि ले सौन्दर्य लाई विबेक वा विचार ले देख्नु पर्छ (The World as Will and Representation, p530), यो त तत्क्षण सौन्दर्य-अनुभव बाट सम्भव छ । टोनिमा यही सिद्धान्त लागू हुन्छ, यदी टोनिले सौन्दर्यलाई सामूहिक प्रयासमा बुझ्ने प्रयास गर्यो भने ‘जंक’ मा सौन्दर्यानुभुत रहँदैन । कसरी तत्क्षण सौन्दर्य-अनुभूत सम्भव छ ! कसरी मलाई ‘गड फादर’ वा ‘वन फ्लिउ ओभर द कुकुज नेष्ट’ ले अनन्त-संवेदनशीलता लाई स्पर्श गर्छ । ‘If we judge objects merely in terms of concepts, then we lose all presentation of beauty’ (Critique of Judgment, पे.५९). म मोनालिसा किन ‘किच कल्चर’ आर्ट भयो तिर जाँदिन तर सौन्दर्य-अनुभूत हुने कारण भने बताउँछु । मनुष्यलाई इतिहास देखि प्रेम छ र इतिहास कलाले ‘सम्पूर्ण’ छ । सुन्दरता किन र कसरी अनुभव हुन्छ भन्ने मत मा कान्टको मत र सोफोनहावरको मत दुबै तर्क संगतनै छन् । अप्रिय वास्तविकता बाट पलायन हुने बानी मानिस मा परिसकेको छ, आदर्शवाद होस या अनुभववाद उ आफ्नो वास्तविकता बाट कोसौं पर हुन्छ ।
Once more Love stirs me up, the limb-loosener,
a creature bitter-sweet, baffling. (फ्य्राग्मेन्ट १३०)
– Sappho
0 Comments