मैले पहिलाको ब्लगमा प्लेटोको एकेडेमिको कुरा लेखेँ । यस ब्लगमा ‘फरेष्ट एकेडेमि’ या वैदिक साहित्य को बारे लेख्दै छु ।  र....सत्योत्तर, म यी विषयहरूमा अल्प ज्ञान राख्छु, तथापि तलका केही तथ्यहरू लाई अक्षराकार गर्दै छु । यो कानेखुसी त सबैले सुनेकै हुनु पर्छ कि तलको श्लोकलाई सायद अल्बर्ट आईनस्टाईन, हेनरी डेविड थोरयू, ऐलडस हक्सले, टि. एस. एलिअट आदि जस्ता बिद्वानको ओठले पनि छोए । यही वाक्य वैदिककाल का ऋषिमुनिहरुको ओठ बाट कति पल्ट झरे । म यही वाक्य पढेर अहिले विस्मित हुन्छु । सचितानन्द हुन्छु !

 

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥

ॐ शांतिः शांतिः शांतिः ॥

 

यस महा श्लोक को अर्थ अलि तल स्पष्ट पार्छु, पहिले ‘फरेष्ट एकेडेमि’ के हो त्यो बुझौं । संसारको तिन प्राचीन सभ्यता मध्य सिन्धु घाटी सभ्यता एक हो ।



ईशाको १७०० तिर मध्य एसिया बाट ‘कुश हिमाल’ पार गरी एक अस्थिर-वासी ‘संस्कारित समूह’ को आगमन भयो जसले सिन्धु सभ्यतालाई विलयमा पुर्यायो । सिन्धु सभ्यताको पतनमा इतिहासकारहरु ले विभिन्न कारणहरू प्रस्ताव गरेको पाइन्छ । पछिल्लो अध्ययन अनुसार सिंधु घाटी सभ्यता पतनको कारण जलवायु परिवर्तन भनि किटिएको छ । Research  in  different  disciplines  has  led  to  the  conclusion  that  the decline  of  the  Indus  civilization  was  precipitated  by  a  great  change  in environmental  conditions  which  set  in  at  the  beginning  of  the  second millennium  B (A history of India, Hermann Kulke and Dietmar Rothermund, 3rd ed) र अन्य कारणमा त्यही ‘कुस हिमाल’ पार गरी आएका ती अस्थिर वासीहरू नै सिन्धु सभ्यताको पतनको कारण हो भनिन्छ । तिनिहरूको आक्रमणले सिन्धुबासिहरुको सभ्यता पतन भयो भन्ने अनुमान छ तर यो अनुमान लाई ईतिहासकार मान्दैनन् । आखिर को थिए तिनिहरू? तिनिहरू आर्य थिए । ‘सतमार्गमा जो दृढतापूर्वक आरूढ छ उ आर्य हो (स्वामी अडगडानन्द, पे.४५, यथार्थ गीता) । हामीलाई आर्यहरूको बारे ऋग्वेद (संसारकै विशाल काव्य) बाट थाहा हुन आउँछ र यसको लेखन समय ई.पु १२०० रहेको अनुमान छ जसानुसार ई.पु १५०० देखि ६०० ई.पु सम्मको समयलाई वैदिक काल भनि जानिन्छ ।

 

 त्यस मध्य १२०० देखि १००० ई.पु सम्मको समयलाई ऋग्वेदीक काल र शेष समयलाई उत्तर वैदिक काल भनि जानिन्छ, जुन समयमा बाँकी तिन वेद र उपनिषदहरुको रचना भयो । आर्यहरूले हामीलाई वैदिक साहित्यमा अनन्त गहिराइ दिएका छन् । स्वस्तिक चिन्ह सिन्धु सभ्यता कै देन हो, सुर्यको उपासनाको लागि यसको प्रयोग हुन सक्ने अनुमान छ र यसले हिन्दू धर्ममा विशेष महत्त्व राख्छ जसलाई हिटलरले यहुदि बिरुद्द को नरसंहारमा आफ्नो प्रतिक बनाएको थियो ।



आर्य जातिवाचक शब्द नभई संस्कार वाचक शब्द हो । सन् १८४७ मा प्रकाशित History of Ancient India मा पहिलो पटक ‘आर्य’ शब्द लाई जाति वाचक शब्दको रूपमा लेखिएको छ । सन् १९२० मा हडप्पा र मोहन जोदडो को प्राचीन शहरहरु को अन्वेषण पूर्व  ईन्डो-आर्यन लाई त्यस सभ्यताको जननिको रूपमा लिइन्थ्यो । ई.पुर्वको दोस्रो शताब्दीमा अफगानिस्तानको हिमालि तीर्थ पार गरी ति (आर्यहरु) आफ्नो पवित्र स्तोत्रको साथ भारत भुमिमा आईपुगे । ईण्डो-युरोपियन भाषा समुह मा संस्कृत सबै भन्दा प्राचिन भाषा मानिएको छ । उन्नाइसौं शताब्दीको अन्त तिर आई पुग्दा विद्वान्हरूको एक मत छ कि आर्यहरूको प्राथमिक घर पूर्वी युरोप तथा मध्य एसिया हो । मध्य एसिया तथा रसिया मा गरिएको गहन पुरातात्विक अध्ययन ले आर्यको सम्भावित पूर्वजहरू को बारे तथ्य खुलाउँछ; दक्षिण, पुर्व र मध्य एसिया सँग तिनिहरूको सांस्कृतिक सम्बन्ध को बारे थाहा दिन्छ । मध्य एसिया तथा दक्षिणी रसियामा भएको उत्खनन ले ईण्डो-युरोपियन भाषा परिवारको प्राथमिक घर एक समय युरेसियन् क्षेत्र रहेको पुष्टि हुन्छ । चार हजार ई.पु सम्ममा तिनिहरुले घोडा र पशुहरु लाई पाल्तु बनाईसकेका थिए । तामा, पित्तल का हतियार तथा घोडाले तान्ने रथहरूको प्रयोग पनि सुरु भयो । ईशा पूर्वको तेस्रो शताब्दीको अन्ततिर ईण्डो ईरानियन र ईण्डो आर्यन जातिको विभाजन देखिन्छ जुन कुर्गान संस्कृति भित्र हुर्किएको थियो । ‘अवेस्ता’ र ‘वेद’ मा यस किसिमको स्थानान्तरणको प्रलेखन भेटिन्छ । वेद र अवेस्ता साहित्यमा समानता छ जसले यो पुष्टि गर्न सक्छ कि यिनिहरुको उद्गम एकै थियो यधपि यस तथ्यलाई स्विकार्न भने सकिदैन तर अवेस्ति भाषा बाट ‘जरथुस्त्र धर्म’ साहित्य निष्पन्न भएको छ । एक अर्को प्रलेखनबाट यो पुष्टि हुन्छ कि आर्य न त मध्य एसिया न त अन्त बाट आएका थिए; उनीहरूको उत्पत्ति स्थल मेसोपोटामिया या अनातोलिया (हालको टर्कि) हुन सक्ने उल्लेख छ [ref: history of India३२] किनकी Boghazköy (Hittite; हालको टर्कि) को उत्खनन क्रममा संस्कृत मा लेखिएको माटोको पट्टिका(Clay tablet) हरू भेटिएको छ; यसले वैदिक आर्य र मित्तानि साम्राज्य को सम्बन्ध देखाउँछ । यसरी आर्यहरूले सभ्बवत सिन्धु घाटीको पतन सँगै आफू सँग यो पवित्र संस्कार बोकी आएका थिए । वैदिक आर्यहरूको संस्कृति र उदयको समयलाई वेदहरू बाट मात्रै बुझ्न सकिन्छ ।

 

को हुन आर्य? जहाँ यो प्रश्न उठ्छ, यसको ऐतिहासिक जबाफ पनि जटिल हुन्छ । युरोपियन लेखकहरू आईज्याक टाईलर, अर्नेष्ट बिनफिलड ह्बेल, म्याक्स म्युलर जस्ता दिग्गजले यस प्रश्नको जबाफ लेख्ने कोसिस गरेका छन् । २१ औ शताब्दीको आरम्भमा ईण्डो-युरोपियन भाषा परिवार मा ८०० मिलियन मानिसले यो भाषा बोल्छन् भन्ने तथ्याकं छ । इतिहासलाई जान्नु लोमहर्षक हुन्छ । चाओ-काओ-तियान देखि फाल्कोन-९ सम्म आई पुग्दा मानिसले तिन देखि चार लाख वर्ष अग्नि (ऋग्वेद, १६४।४६ मा मातारिश्विन् को वर्णन छ जुन ग्रिक मिथोलोजिकल फिगर प्रमिथस जस्तो लाग्छ जसले ईश्वरबाट अग्नि चोरी भृगु ऋषि लाई दिएको हुन्छ)  को साथ बिताई सकेको छ ।




 

प्रकृति माथिको विजयमा 'अग्नि' पहिलो अग्र गण्य खोज भएकै ले सायद आर्यहरूको प्रमुख देवतामा अग्नि पर्छ । भौतिक सत्ता आकाश, जल, सुर्य, चन्द्रमा पृथ्वी जस्ता कुराहरू मानिसको नजरमा पर्नु स्वाभाविक हुन्थ्यो किनकी यसै बाट जीवन चल्थ्यो, यही बाटोले सर्वात्मबादि सम्म पनि पुर्याउँछ । आत्मा सदैव ज्ञानको भोको हुन्छ । ‘ज्ञान’ दुई थरी हुन्छ । लौकिक या अलौकिक ज्ञान । अज्ञानता भनेकै शरीरको ज्ञान हो । जब आत्मा बाहेकको अनस्तित्वको चेतना सँग मोह रहन्छ त्यहाँ ज्ञानको अभाव हुन्छ । वैदिक कालमा यस्तै अस्तित्व गत प्राथमिकता को कसैले विचार गर्यो र पहिले त्यो मिथ, धर्म अनि समयसँगै दर्शनको रूपमा विकास भयो । संसारमा त्यस्तो बिरलै सभ्यता होला जसले धर्म वा अप्रत्यक्ष रूपमा दर्शनको अनुसरण नगरेको होस् । मानवको उत्पत्ति कसरी र कहाँ भयो भन्ने डिबेट सधैं रहन्छ तापनि मानिसले त्यसको अनुमानमा समय खर्चेकै हुन्छ । मेकिन्ज को अनुसार मानिसको उत्पति हालको युगाण्डा या केन्या भएको दाबि गरेको थियो किनकी त्यहाँ अझै पनि पुच्छर नभएका बाँदर छन् । जे होस् मानिसको उत्पतिले आर्यको उत्पतिलाई सम्भव बनायो र वेद को अभ्युदयलाई आर्य ले । दर्शनको अलाप विभिन्न समयमा विभिन्न विद्वान्ले गरेका छन् । थेल्स् देखि सुरु भएको दर्शनको

प्रत्यक्ष बोध लाई विभिन्न कालखण्डमा अनेक दार्शनिकले लेखेका छन् । ब्यास, कणाद देखि शंकराचार्य अनि सोक्रेटस, डेमोक्रिटस् देखि जेनोफानेस् सम्मले विचारको प्रतिपाद्य मा अनेक निष्कर्ष दिएका छन् तर सबैको अभिप्सा सत्य ज्ञानमै लक्षित हुन्छ । ईशोपनिषद्को माथिको शान्ति मन्त्रले को बारेमा ओसेले कतै लेखेको म याद गर्छु । "यही मन्त्रबाटै ईशोपनिसद सुरु हुन्छ र यहीँ बाटै सकिन्छ" तर यति मात्र होइन यही बाटै सम्पूर्ण दर्शनका वाद-विवाद पनि सकिन्छ । "....पुर्णबाट पुर्ण निस्कनु र शेष पुर्ण नै रहनु" यो विज्ञान सम्मत असम्भव कुरा हो तर जसले यस परम ज्ञान लाई परिग्रहण गर्न सक्छ त्यसले अरू कुनै ग्रन्थ पढ्नु पर्दैन । सकियो, यति हो ज्ञान । उत्तर वैदिक काल पछि उपनिषद लगायत अन्य दार्शनिक ग्रन्थको रचना भयो । होमर र हैसियोदले सायद आफ्नो अमर रचना लेखि सकेका थिए भने सुकरात जन्मनै बाँकी थियो । मैले पहिलेको ब्लगमा सुकरात पूर्वका युनानी दार्शनिकका बारेमा लेखेको थिए । अलेक्जेन्डर द ग्रेट पछिको युनानी दर्शनमा भारतीय दर्शन (वेदान्ती दर्शन) को प्रभाव स्पष्ट देखिन्छ तर सुकरात पूर्वको दार्शनिक विचारमा पनि संयोगहरू भने  न भेटिने भने होइन। थेल्स् ले पृथ्वी पानीमा तैरिएको छ भने जस्तै तर्क ऋग्वेदको मण्डल दश, शुक्त्त १२९ मा पनि भेटिन्छ ।

 

मानिसले मिथको रचना गर्नु स्वाभाविक हो- यसैबाट तर्क को आरम्भ हुन्छ । अग्नि, वरुण, यम, सुर्य, सोम (हक्स्लेको उपन्यास Brave new world मा ड्रग को नाम) आदि जस्ता देवको स्तुति विश्वको सबै जसो प्राचीन सभ्यतामा भेटिन्छ किनकी ती आयामहरू प्रकृतिको पहिलो रूप हुन् जसले मानिसलाई कौतूहल हुन सिकायो । नित्से ले भने झैँ रिलिजियस बिलिफले फ्रि विल लाई खोस्छ । डायोनिजियन स्पिरिट लोप हुन्छ । आत्मा स्लेभ हुन्छ । ऋग्वेदको लेखन सँगै अनजानमा त्यो स्पिरिट आर्यहरूको हृदयबाट स्खलित भयो । मेरो भनाइको आशय ज्ञातृगत तथा ज्ञयगत सत्ता निर्माणले अनुभव गत सौन्दर्य को ह्रास हुन्छ । प्लेटोको विश्वास थियो कि समाजमा तिन वर्ग हुनु पर्छ जसमा शासक वर्ग, योद्धा वर्ग र व्यापारी वर्ग जसमा दासहरूको श्रेणि मजदुरी गर्नु हो, यो विचार वैदिक वर्ण विभाजन सँग धेरै मिल्न खोज्छ । अरस्तुको बिचार पनि यही थियो कि मजदुर वर्गलाई राजनैतिक अधिकार दिनु हुन्न यसले  अपोलो वा जुपिटर अथवा अग्नि वा इन्द्र जस्ता दृश्य सापेक्षता ले 'सौन्दर्य-विभाजन' नित्याउँछ ।

 

अफ्रिकाबाट निष्पन्न भई मानव जाति बिस्वभरि छरिएको मा एकमत छ । सन् १७८६ मा पहिलो पटक सर विलियम जोन्स ले ईण्डो-युरोपियन भाषा सम्बन्धी स्पिच (The Works of Sir William Jones, Published 1799)  दिएको थियो । विलियम जोन्स पहिलो मानुष थियो जसले युरोपियन भाषा र संस्कृत भाषा मा समानता देखेको थियो । संस्कृत यस भाषा परिवारमा सबैभन्दा जेठो छ । ४५०० देखि २५०० ई.पु सम्म मा प्रोटो-ईण्डो-युरोपियन ले कुनै लिखित प्रमाण नछोडी 'ईण्डो-युरोपियन' भाषा छोडी गए, जसबाट ग्रिक, ईटालिक, ल्याटिन, सेल्टिक, जरम्यानिक, ईण्डो आर्यन (जुन ईण्डो ईरानियन भाषा परिवार) चल्तीका भाषा निस्किए । यसैको आधारमा फ्रान्ज बोप ले सन् १८१६ मा भाषाको बारे बहस निकाल्यो जसबाट 'ईण्डो-युरोपियन-भाषा' को सुरुवाती विचार जन्मियो । ५००० ई.पु तिर क्यासपियन र काला सागरको वरिपरि ईण्डो-युरोपियन संस्कृतिको सुरुवात भएको हो । ग्रेको-रोमन सभ्यता यही ईण्डो युरोपियन सभ्यताकै हिस्सा हो ।

 

 ईण्डो-युरोपियन भित्रका धेरै जसो सभ्यताका भाषा तथा संस्कृति एक आपसमा मिल्दा जुल्दा देखिएकै कारणले पनि यो विषय चर्चाको विषय रहिरहेको हो । बहुदेववाद या सर्वेश्वरवाद (जसलाई स्पिनोजाले पछि अगाडि बढाउँछ) यी सभ्यताका मानिसहरू बीच समान विचार थियो, चाहे त्यो युनानी होस् या हिन्दू या रोमन सभ्यता । म्याक्स म्युलर ले आफ्नो ग्रन्थ 'द सिक्स सिस्टम अफ ईण्डियन फिलोसफि, १८९९, पे. ११४' मा एक प्रश्न राख्छ जसबाट के बुझ्न सकिन्छ भने, के यी सभ्यताहरू बीच, भाषाको दुर्भेद्यको वाबजुद पनि, दार्शनिक विचारको समागम सम्भव थियो ? म्युलर लेख्छ- should we suggest at once that Epicurus must have borrowed his atoms from Kanada (कणाद), or Kanada his Anus (अणु) from Epicurus ? यि सभ्यतामा अर्को समानता भनेको 'eternal existence' को हो । अरू पनि थुप्रै समानता भेटिन्छ । प्रश्न उठ्छ । यति धेरै समानता कसरी सम्भव थियो । अर्को समानता भनेको 'सिनिकल विचार' र 'ट्रान्समाईग्रसन अफ द सोल' (जसलाई म चित्समारोपण भन्न रुचाउँछु) पनि हो । युनानी, ल्याटिन अनि संस्कृत मा थुप्रै शब्दहरू छन् जुन एक समान सुनिन्छन्, यो नौलो कुरा होइन तर सुरुवाति आध्यात्मिक विचार सँग भाषिक सभ्यताको समागम लाई विचार गर्ने हो भने यो संयोग मात्र नहुन सक्छ किनभने यसले उद्गमको मूल लाई संकेत गर्छ । युनानी हरू को 'zeus' र संस्कृतको 'Dyaus' अनि ल्याटिनको 'Jupitar' यी सबै ले आकास को देवता लाई संकेत गर्छ । अर्को तिर 'ईश्वर' शब्दलाई संस्कृतमा 'देव', पर्सियनमा 'Daeva' अनि ल्याटिनमा 'Deus' भनिनुले, यि सबैको मूललाई कतातिर संकेत गर्छ ! यी सबैले ईण्डो-युरोपियन भाषा समूहको समानता तिर संकेत गर्छ । जे होस्, यी त शब्दका समानता भए, यी बाहेक युनानी र संस्कृत फिलोसफिकल विचार मा पनि निकट समानता रहेको छ । यस बाट के बुझिन्छ भने यी भाषा परिवारको मूल पनि एकै ठाउँ हुनुपर्छ जसले आर्यको उद्गमको बहसलाई चलाइरहेको छ । यी सब कैफियत का कुरा हुन किनकी भाषा होस् वा मानिसको विकास या संस्कृति या धर्म सबै को मूल एउटै हो । क्लाईन्सवर्ग, हक्सले र हेडन ले कसरी मानव जाति लाई वर्गीकरण गरे भन्ने कुरा अर्को ब्लगमा लेख्छु । यदि मलाई दिक्काल भ्रमणको अवसर जुर्यो भने म अलेक्जेन्डरको समयमा जान चाहन्छु । भनिन्छ अलेक्जेन्डर को आक्रमण पछि युनानीहरूमा वैदिक विचारको प्रभाव परेको थियो । रिचार्ड ग्रेब को ग्रन्थ 'द फिलोसफि अफ एनसेन्ट ईण्डिया' को यस अनुच्छेद लाई लेख्छु र पट्यार लाग्दो कुरा लाई अर्को ब्लगमा उठाउँला । "….about the ideas It is true, and  he character the world about of illusive empirical between and not the existence is thought identity framed older into doctrines the in Upanishads yet ; we them works which find are in only doubtlessly than and the time Parmenides. later of Xenophanes."