धर्मलाई जान्नु भन्दा पहिले दर्शनलाई जान्नु अपरिहार्य हुन्छ । पहिले दर्शन धर्मको दास थियो । पछि बेकनले दर्शनलाई भौतिक विज्ञानको दास बनाइ दियो । बेकनले खाली परमार्थ लाई मात्रै अस्वीकार गरेन ऊसले एरिस्टोटल लाई पनि कुप्रभावित भनि दियो ।
यसो भन्नु निगमनात्मक प्रभावलाई आगमनात्मक प्रभाव मा बदलि दियो जसले वैज्ञानिक बिचार द्वारा जीवनको आनन्दमय ज्ञानलाई पर्यवेक्षण गर्न मद्दत गर्यो । जब मानवले आफ्नो बुद्धि द्वारा नै सम्पूर्ण जगत को व्याख्या गर्न सम्भव छ भन्ने बुझेँ अब समाजबाट ईश्वर वा धर्मको प्रयोजनीयता घट्न पुग्यो तर यसले खाली धर्मको मात्र भ्रष्टता लाई नभई आदर्श बाट पनि च्युत गरायो । वास्तवमा इन्द्रिय अनुभूति मात्र सत्य हो त्यसभन्दा बाहिर वा माथि कुनै सत्य हुँदैन । वास्तविक जगत पनि सत्यको निकट मात्र पुग्छ तर सत्यको निष्ठा सँग समन्वय गर्दैन । ईश्वर आत्मा वा अझ सामूहिक कल्पना नै अमूर्त चेतनामा मात्र हो । हब्सको social contract theory अनुसार समाज वा राज्यको स्थापना बुद्धिको कारण नभई स्वभावगत हुन्छ जसले मानिसलाई एक यस्तो बस्तुको रूपमा प्रदर्शित गरायो कि यसले सम्पूर्ण विश्वको समस्त घटनालाई नबुझे सम्म प्रशान्त नहुने भयो । थेल्स् देखि स्ट्रींग थ्योरि सम्म आई पुग्दा अनेकौ घटना भए जसले मानिसलाई अचम्मित बनाउँछ तर यी सबैको निवमा एकै खोज थियो- ईश्वरीय तत्व वा कान्टको भाषामा ‘शुद्ध म’ ।के हामीले बितेको
दुई हजार वर्षमा ईश्वर भेट्यौ? प्रत्येक दिन हाम्रो अगाडि घट्ने घटनाहरूलाई
अर्को संश्लिष्ट घटनाहरूले कसरी व्याख्या गर्छ, के त्यो हामीले
देख्न सक्छौ? सन् १९१९ मा थियोडर क्लुजजा ले दिक-काल सम्बन्धी एक अनौठो धारणा राख्यो र
भन्यो- जगत् मा एक अर्को आयाम छ जसलाई हामी खोज्न सक्छौं । यस विचारले भौतिक विज्ञानमा
ठूलो उर्मि पैदा गरायो । यसैको आधारमा पछि स्ट्रिंग थ्योरिको विकास भयो ।
यो कुनै अनौठो कुराको खोज भने होइन । इतिहासमा सबै दार्शनिकले यही ‘परम तत्व’ कै ज्ञानको लागि आफ्नो समय खर्चेका छन् । कान्टको अनुसार यस पुर्णताको प्राप्तिमा मानवको झुकाव लाई तिन तरिकाले विश्लेषण गर्न सकिन्छ । पहिलो-आफैलाई जान्नु । दोस्रो- बाह्य जगतको घटना बारे जानकारी र तेस्रो त्यस जगत भन्दा अलि परको बाह्यान्तर, जसले ईश्वरको धारणा लाई व्यक्त गर्छ, बुझ्नु हो । संसारको पहिलो आधुनिक दार्शनिक डेकार्ट ले Çogito Ergo Sum’ को प्रख्यात अभिव्यक्तिबाट जे पुर्णताको विस्तृति गर्न खोजेको थियो त्यसलाई कान्टले लजिकल सेल्फ मात्र प्रमाणित गरेको भनि खण्डन गर्यो । यसबाट के थाहा हुन्छ भने त्यस ‘शुद्ध रूप’ लाई चिन्नु असम्भव छ । तसर्थ प्रज्ञा र बुद्धिको परस्पर विरोधी स्वभाव बाट नै परस्पर विरोधी सिद्धान्तको जन्म पनि हुन्छ । कान्टको मतानुसार यस परस्पर विरोधी सिद्धान्त विरोधी भएकै कारणले पनि मिथ्या हुन्छ । यसै बीचबाट हामी प्रज्ञाको अनुभवको सीमालाई निरन्तर पार गर्न उत्कट हुन्छौ । भौतिकशास्त्रिहरुले इन्द्रियग्राह्य जगतलाई मात्र सत्य नठानि त्यस पछिको असीमता लाई खोज्न पुग्दा डेमोक्रिटसको ‘Atomas’ भन्दा पर पुगे । के यसले बिध्दमान विचारमा बिग्रहकारि हुने लक्षणलाई प्रयुक्त गर्छ !
अतिन्द्रियजगत लाई पुष्टि गर्न फिजिसिस्टहरुले विभिन्न नियम बनाएका छन् जसको आधारमा हामीले ब्ल्याक होल वा हिग्स बोसोन सम्मको सत्यार्थ लाई अवलोकन गर्न समर्थ भयौं। भौतिक विज्ञानीहरूको लागी जुलाई ४, २०१२ गौरव वत् थियो जसलाई हिग्स डिपेन्डेन्ट डे पनि भनिन्छ । यो प्रभावशाली दिन भौतिकशास्त्रिहरु को लागि मात्र सार्थक नभई सम्पूर्ण दर्शन विज्ञानीहरू (थेल्स देखि फ्रि म्यान डाईसन) सम्म को लागी गौरवशाली दिन थियो । यदि डेमोक्रिटस त्यस दिन भविष्य भ्रमणमा निस्किएको हुन्थ्यो भने सायदै जेनेभाको जमिन भन्दा सय मिटर तलको भूमिगत अन्वेषण देखि खुसी हुन्थ्यो होला किनकी उसको A-tomas लाई नव-भौतिकवादहरूले चिरि एटम को अर्को पत्र भित्र छिरेका थिए । एटमको काल्पनिकता लाई सन् १८०० मा (लगभग २००० वर्ष पछि) रसायन शास्त्री जोन डल्टनले साकार पारेको थियो । डेमोक्रिटसको एटोमिक विचार लाई ग्रीक दार्शनिक अरस्तुले हास्यास्पद भनि इन्कार गरि दिएको थियो । वास्तवमा डलटनले फुर्सदको समयमा गरेको प्रयोगले विज्ञानको क्षेत्रमा महार्थक योगदान पुर्यायो, यसरी मानवको लागि ‘Atom’ अन्तिम कण को रूपमा हामी सँग थियो ।
सन् १८९७ सम्म
मात्रै डलटनको परमाणु ले ईश्वर तत्वको मान्यता पायो त्यस पछि सर जे. जे थोमसन
एटमको अझै भित्र छिर्यो र ‘इलेक्ट्रोन’ लाई रसातल बाट
झिकि भौतिकशस्त्रिहरुको अगाडी राखि दियो जसको आकार बालुवाको कण भन्दा दुई हजार
गुणा सानो थियो अथवा ०.०००००००००००० सेन्टिमिटर थियो । सन् १९११ मा ‘प्रोटोन’ पत्ता लाग्यो जसको
ब्यास इलेकट्रोन को भन्दा तिन गुणा सानो थियो तर १८३७ गुणा द्रब्यमान मा बढि थियो
। पछि सन् १९३२ मा जेम्स च्याडविकले ‘न्युट्रोन’ को खोजी गर्यो ।
के पदार्थ लाई अझै चिर्न सकिन्थ्यो ? मनुष्य के खोज्दै छन्? यहाँ एक विषयान्तर
तिर लैजान चाहन्छु जसले पदार्थ को खोजीमा एक झलक देला !
पईथागोरसले अंकहरु लाई अन्तिम पदार्थ भनेको थियो र त्यसलाई आधुनिक वैज्ञानिक ले पुष्टि पनि गरिसकेको छ- परमाणुहरू अंकधारि हुन्छन् पनि । समयको प्राचीन प्रभात देखि नै मानिसमा जगत् ले कसरी काम गर्ला भनि पत्ता लगाउने पागलपन थियो । यसै आधारमा अनेकौ प्रकारमा ईश्वर-तत्व का कल्पना गरिए । संसारमा त्यस्तो कुनै समाज वा सभ्यता छैन जसमा ईश्वरको कल्पना नगरिएको होस् । ईश्वरले मात्र त्यस अन्तिम वा अनन्त को परिकल्पना पुरा गर्न सक्थ्यो । माईलिजियन मत को अन्त सम्म या त हेराक्लाईटसको समय सम्म आई पुग्दा ‘प्रकृति’ आगो, पानी, हावा वा पृथ्वी तत्वबाट बनेको हुन्छ भन्ने कल्पना गरिए । पछि सोक्रेटसले महत्वपुर्ण ‘ईथर’ लाई यस फेहरिस्तमा थप्यो ।
यी सम्पूर्ण
परिश्रम पछाडिको कारण भनेको ईन्द्रियग्राह्य जगतको पछाडि लुकेको अतिन्द्रिय जगत वा
तत्वको पर्यवेक्षण गर्नु नै हो जसले कार्य कारण को परिचालन लाई सजिलै बुझ्न सकिन्छ
। जुलाई २०१२ मा, भौतिकशास्त्रिहरु लाई चालीस वर्ष देखी पिरोलेको एक अद्भुत समस्याको हलले
आत्मोत्कर्षमा पुर्यायो ।
Google Photos |
सन् १९६४ मा
प्रतिपादित हिग्स बोसोनको सिद्धान्तलाई आफ्नो आँखा अगाडि देख्न पाउँदा नास्तिक
पिटर हिग्स को आँखा बाट आँसु झरे । नास्तिक भएकै कारण पिटर हिग्स यस कुरालाई ‘गड पार्टिकल’ भनेको सुन्न
रुचाउँदैन । हिग्स बोसोनले कणलाई भार दिने काम गर्छ, यदी यो नहुँदो हो
त ब्रह्माण्ड हुने थिएन होला । यदि हिग्स बोसोन नहुने हो भने अणु को निर्माण गर्ने
कण प्रकाशको गतिमा यता उति भौँतारिन्थे र यो जगत् को रचना हुने नै थिएन । विज्ञानको
सुरुवाति दिनहरूमा यस्तो मान्यता थियो कि पदार्थ लाई न नष्ट गर्न सकिन्छ न निर्माण
गर्न सकिन्छ । पहिलो पटक सन् १९२६ मा बिग ब्यांंग्गको थ्योरिको बारे लोमाईटर ले
प्रस्ताव राखेको थियो, पछि एडविन हबल ले यस सिद्धान्त बारे विस्तृत
अध्ययन गरेको हो । हकिंस ले यस बारे थप यसो भनेको थियो- ‘पन्ध्र अरब बर्ष
पहिले ब्रह्माण्ड एक बिन्दुमा समेटिएको थियो ।’मानिसहरूले सोचे
जस्तो बिग ब्यागं मा कुनै महा विस्फोट भने भएको होइन, अत्यन्त घनत्वशिल
पदार्थ अचानक फैलिदैं जाँदा ब्रह्माण्ड को उत्पति सुरु भएको थियो तर यस ‘Singularity’ दिक काल मा स्वयम् अवस्थित भने थिएन । संसारमा अनेक समयमा अनेक किसिमका
संस्कृति र सभ्यताको विकास भएको छ । उदाहरणको लागि बेबिलोनिया, ईजिप्सियन, एनसेन्ट ग्रिक, ईण्डस भ्यालि वा
माया सभ्यता- र यी सबै सभ्यताको समानता भनेको विचार र अन्तर्ज्ञान हो, किन यस्तो हुन्छ ? के तत्वले यो
सभ्यता बीचको विचार, आदर्श वा प्राथमिक अन्तर्ज्ञानमा समानता (analogy) भेटिन्छ? आईन्सटाईनले भनेको छ, ‘हर सच्चा सिद्धान्तवादी एक प्रकारले पाल्तु
अतिविज्ञानि हुन्छ’(The Cambridge Companion
to Einstein, P303) । सायद यो उसले
वुल्फग्याङ पाउलि (वुल्फग्याङ र जंग संसारका श्रेष्ठ बुद्धिमानी मा गनिन्छन् जसले
दिक काल र चित्त तथा एटोमिक न्युल्कियस र आत्मा विच समानता लाई खोज्ने प्रयास
गरेका थिए) लाई संकेत गर्न खोजेको थियो कि । पाउलि र कार्ल जगं ले सामान्य गणितिय
अन्तर्ज्ञान खास गरी मुलरुप आदर्श वा ‘मूल दर्शन’ लाई परम घटक साझेदारीको
एक उदाहरणको रूपमा ब्यक्त्त गरे । सुन्दा अनौठो भए पनि १४ मिलियन वर्ष अघि ‘बिग ब्याङ्ग’ बाट निस्किएको ‘चार्ज’ हरेक प्राणीमा
स्थानान्तरित हुँदै आएको छ सायद यसैले होला कोसौं कोस टाढा विकसित सभ्यताको बीचमा
अन्तर्ज्ञानको समानता पाईएको होला ।
भौतिकशास्त्रिको खोज भनेको ईन्द्रियग्राह्य जगत पछाडि लुकेको नउमिनल (ईन्द्रियातित) जगत् को वास्तविकता जान्नु हो । सन् १८०० भन्दा अगाडी यस ईनद्रियजन्य जगत सम्म मात्रै फिजिसिस्ट् को दृष्टि थियो, त्यो भन्दा पर केवल डेमोक्रिटसको Atomas मात्र थियो । जब डल्टनले ‘परमाणु’ को वास्तविक खोज गर्यो तब जगत बारेको चासो झन् तेजीले बढ्न पुग्यो । अहिले संसारकै सबैभन्दा विशाल कण त्वरक यानेकी ‘पार्टिकल कोलाइडर’ मा अनेक तत्व खोज्न भौतिकपण्डित हरू लागि परेका छन् जसलाई LHC भनिन्छ । यसको निर्माण १९९८ मा जेनेभा मा भएको थियो । यो प्रयोगशाला जमिन भन्दा १०० मिटर तल, २७ किलो मिटर परिधि मा निर्माण गरिएको छ । यस लार्ज हाईड्रोन कोलाईडर मा पहिलो पटक सन् २०१० मा दुई कणहरू बीचको महा टक्करलाई अनुसन्धान गरिएको थियो । अहिले यो सुरुङ मर्मत को लागी २०२१ सम्म को लागि बन्द छ ।
यस अनुसन्धान केन्द्रको मुख्य उदेश्य भनेको ब्रह्माण्डको उत्पति समयमा बिग ब्यांङ्गमा जुन ऊर्जा पैदा भएको थियो त्यस्तै ऊर्जा पैदा गरी अणुहरूको अध्ययन गर्नु हो । ‘Standard Model’ को वैधता जाँच गर्नु यस प्रयोगको उदेश्य हो । LHC अहिले सम्मको सबैभन्दा महँगो वैज्ञानिक अनुसन्धान उपकरण पनि हो । हिग्स बोसोन लाइ सन् २०१२ मा यस उपकरण मार्फत पत्ता लगाइएको थियो । कान्टले ‘के हामीले त्यस अतिन्द्रिय जगत् को ‘म’ लाई जान्न सक्छौ ?’ भन्ने प्रश्न हाम्रो लागि छोडेर गएको थियो । कान्टको ‘म’ त्यही तत्वहरु हुन जसलाई पूर्वोत्तर भौतिक पण्डितहरूले अनुमान गर्दै आइरहेका थिए ।
डार्विनको मानव विकासको सिद्धान्तले पहिलो पटक मानिसहरूमा इश्वर प्रति शंका प्रतिष्ठित गरि दिएको थियो । आधुनिक भौतिकशास्त्रिहरुले त्यस पर्दा लाई अझै बाक्लो पार्न मद्दत गर्दै छन् । पश्चिमलाई निकै लामो समयसम्म धर्मले गाँजेको थियो । एरिस्टोटेलियन कथा-कुथुङ्ग्रीले पाश्चात्य दर्शन मा निकै ठूलो प्रभाव पनि पारेको छ तर यसले विज्ञानलाई त्यति छिटै बिकसित हुन भने दिएन कारण- उनीहरूले ती विश्वासलाई त्याग्दा हुने सौन्दर्य ह्रास लाई बुझेका थिए तर केही बुर्जुवा दर्शनले त्यो सौन्दर्यलाई बिथोलेर छोड्यो । यता षड्दर्शनको अपव्याख्या ले पूर्वमा थिचोमिचो सुरु गरि सकेको थियो । यदि यसरी हेर्ने हो भने ईश्वर मानवको सृजनाशीलता वा सौन्दर्यात्मक अनुभूतिमा बाधा थियो । हिन्दू समाज सुधारकले जसरी गीतालाई अन्धविश्वास त्याग तथा न्यायको प्रेरणाको लागी तारो बनाए- यसले मनुष्यको सार्वभौम कलात्मकतालाई नष्ट गर्यो । सार्वभौम कलात्मक भनेको व्यक्तिगत स्वतन्त्रता जस्तै हो जसले मनुष्यलाई नित्सेले भनेझैं महामानव तिर लम्किन पथ प्रदर्शन गर्छ । नित्सेको महामानव र ‘स्थितप्रज्ञ’ एकै समान देखिन्छ जहाँ उसले मानिस भन्दा माथि उठेर मनुष्यत्व लाई पार गर्नु पर्ने विचार राख्छ त्यसै गरी स्थितप्रज्ञ ले शुभाशुभ देखि माथि उठ्ने ‘पुर्ण’ मानिस प्रति इशारा गर्छ । धर्म या ईश्वर वाधक हुन् तर कतिपयले यसलाई मुक्त्तप्रेम वा रसात्मक कौशल प्राप्ति गर्ने बाटो भनी व्याख्या पनि गरे ।
उदाहरणको लागि- किन कृष्णले आफ्नो ‘विराट रुप’ देखाए त, यसको कारण सामान्य थियो, यताउतिका यति धेरै कुरा सुनाई सक्दा पनि अर्जुनले कृष्णको दर्शन स्विकारी युद्द गर्न तत्पर थिएन तब भगवान ले आफ्नो अतिवादी रूप ‘विराट रूप’ देखाएर धम्काउनु परेको हो । यसको अर्थ के हो भने मनुष्य महामानव बन्न चाहँदैन खालि त्यसको रूपबाट आतंकित भई जीवनको सौन्दर्य लाई उपक्षय गर्न चाहन्छ । डर या घमन्डको अनुपस्थिति दिक कालमा मात्र मनुष्यले त्यस तहको खुसी या सौन्दर्यको अनुभूत गर्न सक्छ जसलाई धर्मको पातलो पर्दाले छोपेको हुन्छ ।
भौतिकशास्त्रिहरु त्यही महामानव वा स्थितप्रज्ञ को कणहरू खोज्न अर्वौं डलर खर्चिदै छन् । बुद्धिको सिमा हुन्छ- त्यसैले त कान्टले बुद्धि द्वारा जगत् को सिमा लाई जान्न नसकिने कुरा मा विश्वस्त थियो जसलाई उसले ‘Discursive’ भनि व्याख्या गरेको छ - तर विवेक द्वारा हामी त्यस प्रज्ञ लाई प्राप्त गर्न सक्छौ जसले मनुष्य लाई ‘स्थित’ मा पुर्याउँछ- यही हो महामानव- Übermensch- वा सुपरम्यान । जब सम्म ब्रम्हबेत्ता पुरुष लाई स्वयम अनुभव गरिदैन तब सम्म त्यस स्थिति को ज्ञान लाई चिन्न सकिन्न- भौतिक पण्डितहरु पागल छन् जसले प्रज्ञताको कणलाई भेट्टाउन मरिमेटि कुद्दै छन् । उनीहरू बुद्धिको सीमालाई पार गरी ‘विवेकशील’ परमाणु सम्म पुग्न चाहन्छन्, के यो सम्भव छ? यसले मानसिक संतुष्टि को स्तर लाई माप गर्न सक्छ ?
कार्य कारणको सम्बन्ध त सबैलाई थाहि छ । उदाहरणको लागि हिटलर को कारण नित्सेको जराथुस्त्र हो । मुसोलिनि को कारण ‘Übermensch’ हो । भनिन्छ हिटलरले नित्सेको महामानव लाई गलत तरिकाले ग्रहण गरेको थियो र त विशाल नर संहार गरि महामानव हुन उत्प्रेरित थियो । हामीलाई सत् पथ पछ्याउने बानी परेको छ, वास्तवमा हामीले सत् को व्याख्या नै गलत गर्दै छौं । हामी जे गर्छौ त्यो सत्य होइन । जे देख्छौ त्यसलाई कसरी सत्य भन्ने ! शताब्दी देखि हामी जुन धर्म र दर्शनलाई पछ्याउँदै आएको छौं त्यो असत् पथ हो । भौतिकपण्डितहरु जे खोज्दैछन त्यो हाम्रो अनुसन्धानको विषय होइन । हामी जे खोज्छौ त्यो कहीँ छैन, जे कुरा कहीँ हुँदैन त्यस प्रतिको सन्निच्छा पनि साँचो हुँदैन । सोफिष्टले दार्शनिक मतैक्य को अभाव लाई महसुस गरेका थिए । सार्वभौम ज्ञान सम्भव नहुने कारण ले सोफिस्टहरु संदेहवादि ठहरिए । सोफिस्टको सब्जेक्टिभ विचार को कारणले नै धर्म, अन्धविश्वास प्रतिको जरा उखेलिन सुरु भयो । तर के सोफिस्ट ले दर्शनलाई डि-हार्मोनाईज गरेनन् ! सुकरात को नैतिकता ले व्यक्तिगत सौन्दर्य लाई नष्ट गरेको थियो । दर्शनको समस्या यही हो । यहाँ सम्म कि हामी जुन रँग देख्छौ र सत्य भन्छौ त्यो पनि असत्य छ । भ्रमात्मक छ । संसार त बेरङ्गि छ । हाम्रो छाला को रङ्ग पनि भ्रम हो । ब्रह्माण्डमा कुनै रग छैन । भौतिक शास्त्रीहरू लाई विश्वास गर्ने हो भने वस्तुहरू परमाणु बाट निर्मित छन् जसले स्थान लिएका छन् र तिनिहरूको आकार वास्तवमा लचिलो छ । सजिलो अर्थमा, जब हामी कुनै रँग लाई देख्छौ त्यो त केवल पर्यावरणमा रहेको वस्तुको सतहको आणविक संरचना को संवेदन हो । केही सत्य होइन । भौतिक नियमले संसारलाई झन् जटिल बनाई दियो । यदि रँग नहुने हो भने आयाम पनि हुँदैन ।
प्लेटोको समय पछि पाश्चात्य समाजलाई धर्मले थिचेको थियो । सोह्रौं शताब्दी पछि मात्रै विज्ञान वा दार्शनिक विचारमा वैज्ञानिक परिवर्तन सुरु भएको हो ।
अब हामी एक यस्तो समयमा आई पुगेका छौं जहाँ सौन्दर्य को पुनर्वहालिको लागि ‘डिफिलोसफाईजिङ्ग’ यानेकी विदर्शन गर्न जरुरी छ । ‘Fear, Law and Criminology: Critical Issues in Applying the Philosophy of Fearism, Desh Subba, R. Michael Fisher, B. Maria Kumar’ मा भयवाद लाई post-postmodern dephilosophy भनि उल्लेख गरिएको छ । ‘सन् २००५ मा मेरो सम्पादन मा ‘टापु’ नामक सानो पत्रिका हकंकङ बाट प्रकाशित भयो । यसमा भयवादको प्रारम्भिक घोषणा भनेर केही व्याख्या गरे’ (दर्शन दृष्टि, अंक ४) मा देश सुब्बा भन्छ । मैले माथि भनि सके सोफिस्टहरुले सार्वभौमिक ज्ञान प्राप्त गर्ने प्रति सदेह राख्दा ग्रिसेली दर्शनमा संदेहवाद को विचार सुरु भएको थियो । यसले के देखाउँछ भने ‘ज्ञान’ प्राप्ति गर्नु मानिसको हितगत उदेश्य हो तर यदि सो ज्ञान प्राप्त गर्न सकिएन भने त्यसले मनुष्यलाई आत्मगत बिनासमा लैजान्छ । आत्मगत बिनास भित्र रूढि वा अन्धविश्वास अनि सामाजिक तथा नैतिक जीवनको पतन सम्म हुन्छ । यसको अर्थ हामी सौन्दर्यच्युत हुन्छौ । भयभीत हुन्छौ ।
‘म भयवादको साँचोले फिलोसोफिलाई डिफिलोसफि गर्दै आइरहेको छु’ (नागरिक दैनिक, मे ४, २०१३) म नित्सेको बिनास वाद पछि अरू कुनै वाद बाट प्रभावित छु भने त्यो २१औं शताब्दीको एक मात्र वाद, भयवाद बाटै छु ।
‘भयको दर्शन विश्वको लागि नेपालको तर्फ बाट
उपहार हो’ (Philosophy of Unity:
Love as an Ultimate Unifier, Michael Bassey Eneyo) डा. टंक प्रसाद न्यौपाने ले भनेको छ । डिफिलोसोफिको बारे सुब्बाको धारणा ‘डिफिलोसफि भनेको
दर्शन लाई अस्वीकार गर्नु होइन’ (नागरिक न्युज, ५ मे, २०१३) यस्तो छ, यसले भयलाई
सम्बोधन त गर्ला तर मैले भनेको ‘सौन्दर्य’ लाई परिभाषित गर्न सक्दैन त्यसैले, आधुनिक करण र
सौन्दर्यको बीच लक्ष्मण रेखा कोर्न उत्तर बिदर्शन लाई ‘मेटा-बिदर्शन’ मा पुर्याउनु
आवश्यक छ ।
म अब साफोको गाउँ पुगि उसको काखमा निदाउन चाहन्छु । म उसलाई सुनाउन चाहन्छु - मेटा-विदर्शनको को अवधारणा ।
1 Comments