दि कसैलाई प्रश्नोत्तरले परितप्त बनाउँछ भने त्यसलाई दर्शनको क्षेत्रले तानेकै हुनु पर्छ । अपस्मार र आत्मफँडा एक समान छ; तार्किक र अनुभवको हिसाबले । समय लाग्छ अपस्मारको पञ्जा बाट मुक्त्त हुन । आध्यात्मिक अस्पष्टता ले नृत्य मग्न धरुणलाई विचलन गर्छ । मलाइ रगंको मुलायमता देखि अतिशय कामता महसुस हुन्छ; र कहिले देखि भयो अस्पष्ट छ; यी तीनै रगं - कालो, सेतो र रातो, यी रगं शिवको आभाबाट निसृत छन् । शरिरातित प्रकम्पनबाट चराचर जगतमा संध्याको कूजन झैँ शिवको डमरुबाट निस्किएको अनन्त स्वरले म भयविह्वल हुन्छु र आफ्नो हृदयलाई प्रश्न गर्छु । के मोचनको शक्ति (ईश्वरको स्त्रियोचित रूप) यस्तै हुन्छ ? के यो अनिश्चित छैन र, ॐ को उद्गममा, तर यसको अवरोधले (ध्वनिरहित) नृत्य मग्न कसमस को ठप्पतालाई इशारा गर्छ ? त्यही ॐ को प्रतीकात्मक दोलनले ल्यास्कु केभको भित्ता रंगिएको हो । के ले संसारलाई निराशातिर धकेल्छ भने, मन अनि जगतलाई, त्यो निरवयव हुन्छ । जसले कुनै गुण बोक्दैन, कलाको त कुरै भएन । विरोधले प्रपञ्चको जन्म दियो । एम्पिदोल्केजको यहि मान्यता थियो । सृष्टिको चक्र यसै गरि चल्छ; प्रलय अनि उदयको चक्र । यो 'कोनड्राटिभ वेभ' झैं न कल्पित हुन्छ न यसको अवधारणालाई बहिस्कार गर्न मिल्छ । विचार (दर्शन) को एक प्रमुख उदेश्य हुन्छ, कि मानिसले भ्रम र सत्य को सत्तालाई बुझ्नु पर्छ यसैबाट परमसुख (परम पदार्थ; स्पिनोजाको भाषामा) प्रात्त हुन्छ । थेल्स देखि सुरु भएको मानवको चेतना ( मोनाज-मोनाडम) प्रतिको गृहयुद्द सकिएको छैन । विचार भौतिक होईन, यो फोटोन झैं उर्जासम्पन्न छ । यदि विचार भौतिक होईन भने अविच्छिन्ता पनि रहने र डेकार्ट वा डेकार्ट पुर्वतर दार्शनिकहरुको जड अनि चेतन विच को युद्द के को लागि ? लाईवनिजले परम चेतना (सुप्रिम मोनाड) मा पुग्न एक शक्तिको कल्पना गर्यो । रिफ्लेक्सन ले खुड्किलोको काम गर्यो अनि चित् र अचित् बीचको सामञ्जस्यता लाई निर्माण गरि वाणीको सुन्दरता लाई नोक्सान पुर्यायो । प्लेटोले पहिले नै सुन्दरता भन्ने बस्तु मानव चेतना बाट खोसिसकेको थियो लाईवनिजले त्यसमा मलजल गर्यो । लक सम्म आई पुग्दा ज्ञान 'सहजात विचार' मा बदलिदैं थियो तर यस्ता अनुसन्धानले मानिसको स्वतन्त्रता लाई हानि पुर्याउँछ- कलात्मक आरोपण को लोप हुन्छ ।

मेरो चिन्ता या चर्चा भनेको सुन्दरता हो । सुन्दरता के हो? यो कसको धारणा संग निर्मित छ ! म 'तिमि' हुँ । तिमि 'म' हौ । जगत 'म' हुँ । म 'जगत' हो । यदि यो सब हो भने धारणा या 'आईडिया' के हो? यहाँ सार्वभौम भन्ने 'अस्तित्व' रहन्न । म जे सुन्दर देख्छु या मान्छु त्यो जगतको 'विचार' मा अक्षुत हुन सक्छ । म कुनै 'हुन सक्छ' को विचार गरिरहेको छैन । यही सत्य हो । आत्मा शरीरको अटुट शत्रु (Implacable Enemy) हो । यसले अनुभावनज्य जगतलाई बोकेको हुन्छ । जसले गर्दा 'सुन्दरता' पनि व्यक्तिगत भई दियो । 'मन' को यस किसिमको 'प्रत्यय' ले प्रतिपर्धा सृजना गर्छ र वौदिकता को नष्ट हुन्छ । 'कलात्मक' को आरम्भ बिना 'कारण' सुरु हुन्छ र 'अन्त'बाट अन्त्य हुन्छ जसलाई 'ईमप्लाकेवल एनिमि' या अटुट शत्रु भनिन्छ जुन आत्माको हिस्सा नै हो । म कसैलाई बोलाउँछु । उ सुन्छ । या उ मलाई बोलाउँछ । म सुन्छु । के यो पुर्व-क्रियशन' या यसलाई म 'गर्भेविचार' भन्न रुचाउँछु । त्यो विचार जुन हरेक मानिसमा मुद्रित छ , जसले 'अस्तित्व' को सहज-व्याख्या गर्छ तर असार्वभौम रहेको हुन्छ जसले 'शोक' थप्छ । मैले यहि शोक को कुरा उठाउन खोजेको हो जसले 'कलात्मक' उधम लाई विकेन्द्रीकरण गर्छ । यसले सुन्दरतालाई नष्ट गर्छ ।

डेभिड ह्युमको ग्रन्थ A Treatise of Human Nature[1739], को पहिलो खण्ड को 'Of the Understanding' सेक्सन् अन्तर्गत ' 'कल्पना' को बारे उ लेख्छ - When we remember any past event, the idea of it flows in upon the mind in a forcible manner; whereas in the imagination the perception is faint and languid ... ' यसको अर्थ, कल्पना  पछाडि को जगत् को औचित्यहिनता लाई उ अस्वीकार गर्छ । संवेदन, कल्पना र पुराण मा भेद छ । यदि यस, विषयलाई अधिश्रेणिक-त्रिकोण मा म्याप गर्ने हो भने; पुराण, कल्पना, संवेदन, सम्भाव्यता अनि पदार्थ हुन आउला । तर ईशाको अठारौं शताब्दीको अन्त तिर ईमानुअल कान्टले यस 'कल्पना' को विवाद लाई एक चिरस्थायी पक्षमा ढाल्न खोज्यो  । यस 'बृहत कल्पना को धारणा' ले कान्टको यस तर्कलाई एक छुट्टै स्थानमा पुर्यायो । यस कल्पनाको बिभाजनले जिवन प्रतिको संज्ञानात्मक, नैतिक र सौन्दर्यको पक्षलाई बृहत् बनाई दियो । कान्टले कल्पनालाई 'प्रोडक्टिभ' र रि-प्रोडक्टिभ' ईमाजिनेसनको रूपमा भन्यो । अन्य प्राणी झैँ नै मानव 'अस्तित्व' को लागि यथावत् संघर्षशिल हुन्छ नै तर जनावर र ह्युमन संघर्षमा भिन्नता भनेको - कल्पना हो। 'कल्पना बाट सौन्दर्यको सृजना' यही मानव प्राप्ति हो ।

परिणाममुखि कल्पना सौन्दर्यदायक हुन्छ, अन्ततः कलात्मक आरोपण गोचर हुन्छ- उदाहरण को लागि भान गग को स्टारि नाईट, क्लाउड मोनेट (१८७३) को 'पपिज' वा जोरजोनेई को स्लिपिगं भिनस (१५१०) ले मेरो अन्तःकरण लाई आध्यात्मिक बनाई छोड्छ । रहस्यमय द्वैतता को आवरणलाई कल्पनाको सौन्दर्यले आच्छादित गरेको हुन्छ । लियोनार्दो दा भिन्चि वा एच. जि वेल्स को कल्पनाले आधुनिक समाजलाई वा, भनु राईट ब्रदर्स वा स्पेस साईनटिस् लाई एक काल्पनिक सौन्दर्यता अवश्य छोडेको छ  ।

विषयी अन्तर्ज्ञान र आध्यात्मिक सत्य को मार्ग ले मात्र सौन्दर्य को दीर्घता लाई समावेशी बनाउने छ । 'एको देवो नित्य लीलानुरक्त्तो....' सौन्दर्यको कल्पना पनि  अभ्यास झैँ हो । 'कला मनोरञ्जनको स्तरमा झर्ने छ र खालि (Empty) अवधारणाले शासित हुने छ ' नित्से ले आधुनिक चेतनालाई यसरी अस्वस्थ भनेको थियो । मानसिक, सांस्कृतिक र कलात्मक अ(सन्तुष्टि) को आरोग्यलाभ देखि समाज  तिरोहित हुँदै छ । चेतनाको उचित अवमुल्यनले मानिस असम्पुर्णतामा धकेलिन्छ । हेलभियस् को मत अनुसार मानवको उदेश्य भनेकै सुख-बोध को पुर्ण उपभोग गर्नु हो । 'पुर्ण' त्यति खेर सम्पूर्ण यानेकी Absolute हुन्छ जति खेर कल्पना वा ईन्द्रियानुभुतिको उच्चतम बिन्दुमा भावना पुग्छ । उसको यो मत पनि  छ कि मनुष्य आत्म तृप्तिकै लागि कर्म गर्छ चाहे त्यो सत्कर्म होस् या दुष्कर्म । यसले मानसिक-कल्पना सौन्दर्यमूखि आवेग हुन्छ भन्ने दर्शाउँछ । सत्रौं शताब्दीको अन्त तिर र लगभग पुरै अठारौं शताब्दी भरि नै कला ले मानविकी मूल्यलाई आकर्षण गर्यो । साहित्य, चित्रकला र दर्शनमा मानविकी-संस्कृति को सामूहिक 'Ardent' ले कल्पना लाई मानव इतिहासमै अनौठो पिनेकलमा पुर्यायो ।  प्राञ्जलता को निर्धारक सहज भाव-वृत्ति बाट मात्र सम्भव हुन्छ । यदि कला अनि कल्पनालाई मूल्यको निर्धारक मान्ने हो भने हामी दूषित समयमा बाँच्दै छौं ।