क्ष्मी प्रसाद देवकोटाको प्रोमीथस हिजो फेरि पढ्दै गर्दा मलाई नित्से को बर्थ अफ ट्राजिडिको याद आयो । मैले पनि लेखनको सुरुवात कविता बाटै गरे । कविता लेख्थें । अहिले लेख्दिन । कविता मेरो सानो दिमागको काम होइन रहेछ भन्ने बुझ्न केही वर्ष लाग्यो । सिकारु वा पढ्न-खोज्ने-तर-नसक्ने हरू लाई तिमि नेपाली साहित्य पढ्छौ भनि सोध्दा ‘लक्ष्मी प्रसाद देवकोटा’ लाई पढ्छु भन्ने जबाफ सुन्दा म मुरमुरिन्छु । सायद ती महोदयहरूलाई लाग्दो हो साहित्य को सुरुवात गर्न देवकोटालाई पढ्न सजिलो छ, कविता त हो भन्ने सोच्दा हुन् । तिनिहरूले कविताको गर्भस्थ सौन्दर्य लाई कति छिचोल्दा हुन् ?  कठै! भनाइको तात्पर्य म पेडान्टिक हुँ भन्न खोजेको होइन त्यसैले म देवकोटा पढेँ भनेर कसैलाई भन्दिन । मनमनै पढ्छु, जसानुसार प्रमिथस मनमनै फेरि पढ्दै थिए नित्सेको ‘बर्थ अफ ट्राजिडि’ याद आई दियो । नित्से पनि देवकोटा झैं रेकलेस/लापरवाह लेखक/फिलो(सफर) थियो । ‘लापरवाह’ आकर्षक-अभिप्रायमा बुझ्नुस् । म एक हिसाबले लोगोफाएल हुँ । अक्षराकामिन् । यसैले पनि देवकोटाको क्लिष्टता संग जुध्न मन पर्थ्यो । आन्ड्रोनिकस ले अरस्तुको ‘मेटाफिजिक्स्’ लाई मिसिल गरे झैँ म मा काममयता जगाउने अक्षहरूलाई ‘शब्दनिर्माणोगन्तहनिन्ता’ नामको मिसिल बनाई दुई-हजार-नौ देखि ब्लगमा मिसिलबन्दि गरेको रहेछु जसमा दुई सय जति परकिय शब्दहरू संग्रहित रहेछन् । पछिल्लो शब्द रहेछ ‘आत्मफँडा’ । आत्मफँडा याने कि सेल्फहुड । म अन्तै लरबराएछु, अब नित्सेको कुरा गरुँ । 

अहिले ‘अदृश्य’ जीवको लखेटाइले थला परेको छ ‘आधुनिक-युग’ । मानवहरू आ-आफ्नो गुफा भित्र चेपिएका छन् । खुल्ला बजार समर्थकहरूको घुँडा धसिएको छ । केही महिना यता स्टक मार्केट, डेरिभेटिभ मार्केट या भनुँ विश्वकै अर्थतन्त्र कुँजिएको छ । हास्यास्पद कुरो त युरोपियन राज्यहरू पनि आफ्नो अर्थतन्त्र बचाउन फ्रि मार्केट भित्र हस्तक्षेप गर्दै छन् जसले खुल्ला बजार लाई ईश्वर ठान्थे । स्पेनले आफ्नो हेल्थ सेक्टर राता रात राष्ट्रियकरण गरी दियो । इटालीले एरलाईन्स् लाई राष्ट्रियकरण गर्दै छ यसो भनुँ पुँजीवादीहरू लाई  अर्थतन्त्र बचाउन हम्मेहम्मे छ । जहाँ राष्ट्रियकरण लाई तल्लो नजरले हेरिन्छ, पछिल्लो न्युज अनुसार न्यु योर्क को मेयरले समेत यही नीति अपनाउन सरकार लाई अनुरोध गर्यो । यस बाट अनुमान लगाउन सकिन्छ कि हामी कति नाजुक अवस्थामा बाँच्दै छौं । म फेरि अन्त मोडिए । अब कुरा गरुँ नित्सेको आईसोलेसनको । 


 सेल्फ आईसोलेस कति भयावह हुन्छ भन्ने कुरा हामीले देखि सक्यौं । हामी राज्यको करकापमा पृथक्करणमा हेलिएको हौं त्यसैले यो कारागारी कष्टदायद बन्दै छ । जब नैतिक आचरण रहन्न त्यति बेलै देखि मानव देखीको पृथक्करण सुरु हुन्छ, उसको समाजमा अस्तित्व गत भूमिका प्रोमिथसको झैं शनै: शनै: विलाउँछ । प्रोमिथस (ऋृगवेदमा मातरिश्वन् को वर्णन उस्तै उस्तै छ) ले ईश्वरबाट अग्नि चोरि सभ्यताको रूपमा मानव लाई दिएको थियो । यसैलाई देवकोटाले लेखि दिए । ओलम्पिएन देवताहरु का राजा जिअस (युनानी ईन्द्र समान देवता) ले सजाय स्वरूप चिर कालिन पिडा को लागि प्रोमिथसलाई ढुगांमा बाँधि दिन्छ । हरेक दिन चिल उसको कलेजो खान पुग्छ । यसरी प्रोमिथस चिरकाल सम्म पिडामा रहयो । हामी सबै पिडामै छौं- स्पष्ट छ । फ्रान्ज काफ्का लेख्छ – “Prometheus, goaded by the pain of the tearing beaks, pressed himself deeper and deeper into the rock until he became one with it.यस्तो थियो प्रोमिथसको मिथ । कतिलाई आईसोलेसनले प्रोमिथस बनाउँदै होला जो एकान्तवासको पत्थर भित्र दिनदिन दब्दै छन् । एक दिन हराउँछन् । यदि आईसोलेसन को प्रज्ञा लाई फलको ‘रूप’ मा हेर्ने हो भने आत्मिक विलयता को संभावना कमै हुन्छ । 

द बर्थ अफ ट्राजिडि नित्सेको पहिलो पुस्तक थियो जसले उसको आगामिन् दार्शनिक सरणी लाई प्रत्यक्ष प्रभाव पार्थ्यो । शास्त्रीय दर्शन र मनोवैज्ञानिक दर्शनको पारम्पारिक अन्वेषण को प्रथालाई द बर्थ अफ ट्राजिडि ले चुनौती दिँदै थियो । पुस्तकमा एक हिसाबले विषय-विशेष पद्धति गत शुद्धता कतै भेटिन्न तर जिम मोरिसनको अफ्रोडिजियाक नाचले झैँ पाठकलाई झुलाउँछ नित्सेको लेखाईले । ‘दज स्पेक जराथुस्त्रले झैँ यसले वक्तृत्व आकर्षणता नबोके पनि वाग्मिताको चक्रव्यूह अवश्य बोकेको छ । दार्शनिकहरूको विशेषता भनेको वाक्यमा पहेली थप्नु हो । जसले जुन अर्थमा मा ठम्याए पनि आनन्द आउँछ तर वास्तविक समाधान भने बिलासभोगी हुन्छ । मैले देवकोटाको कुनै महाकाव्य बुझिन सायद वाक्यको पहेलीले तानेको थियो जसरी उर्वशीले पुरूरवा लाई विमोहक बनाएकी थीई । केही समय नित्से सोफेनहावर बाट प्रभावित थियो र बर्थ अफ ट्राजिडिमा उसको तत्वमिमाशंगत बस्तुकरणको विशिष्ट रूपलाई देख्न सकिन्छ। नित्सेले द बर्थ अफ ट्राजिडिमा नियोजन गर्न खोजेको तर्क त्यहि थियो—मानव मनोबिज्ञानको । हाम्रो दुई मनस्थिति हुन्छ—नित्सेको अनुसार, एक डायोनिजियन र अर्को अपोलोनियन । डायोनिसस् र अपोलो भगवान जिअस को छोराहरु हुन् । बिस्तारै, जब सुकरातको तर्कगत विचारमा ग्रीकहरू ले जीवन लाई ‘लजिकल रिजनिगं’ द्वारा बुझ्न खोजे तब उनीहरूले डायोनिसको उन्मत्त आवेग अनि ‘डान्स’ लाई भुल्न थाले जसले मनोवैज्ञानिक ह्रास ल्याउँछ । नित्सेको यो मात्र होइन प्राय जसो सबै पुस्तकमा उसले ‘डान्स’ को मेटाफोरलाई पछ्याएको छ । नित्सेको म्याडनेसले सधैँ म भित्र एक डायोनिजियन महसुस गराउँछ—यदि हर समय यो महसुस गर्न सकियो भने पक्कै कुनै दिन मैले नित्सेको वास्तविक चैतन्य लाई पनि बुझ्ने छु । नित्सेको उन्मादी मस्तिष्कले हामीलाई केही त्यस्तो पदहरू दियो जसले मानव मनोविज्ञानलाई बुझ्न सहज बनाउँछ—जस्तो Free Spirit,  the Übermensch, मूल्य सम्बन्धीको पुनर्विचार, अनन्त पुनरावृत्ति आदि आदि । नित्सेको एउटै उदेश्य रहयो कि उसले मानिसलाई ‘जीवन प्रतिको स्विकारोक्ति’ सिकाउनु थियो ।  
First edition cover 1872

नित्से logos (लजिक) लाई ‘सांस्कृतिक प्रतिनिधिको’ रूपमा विरोधाभास रूपले व्यक्त गर्छ । सुकरातको प्रवेशले ‘डायोनोजियन’ र ‘अपोलोनियन’ लाई उसको तार्किक विचारले ध्वस्त बनायो जसलाई नित्से ‘pathological’ भन्छ—म यसलाई शास्त्रार्थ विवाद भन्छु । म नित्सेको विचार संग सहमत हुन्छु किनकी तर्क संगत विचारले मानिस लाई ‘माया’ मा धकेल्छ जसबाट झन् बिसंगति पैदा हुन्छ । 

बर्थ अफ ट्राजिडिको जन्म मा विशेष WAGNER को प्रभाव पनि थियो । WAGNER को ओपेराले ग्रिक ट्राजिडिलाई दर्शाउन खोज्दै थियो र नित्से लाई भ्रम भयो कि wagner उसको ‘cultural renewal’ मा सहभागी हुनेछ तर १८७० तिर त्यो साथ छुट्यो यसले नित्से लाई अझ बढि निराशातिर धकेल्यो । नित्सेको यस पुस्तकलाई दुई भागमा बुझ्न सकिन्छ, पहिलो भाग—अपोलोनियन र डायोनिजियनको ग्रीक ‘ट्राजिडि’ मा भूमिका र दोस्रो भागमा ‘age of tragedy’ र ‘modern age’ मा बढ्दै गएको ‘तार्किक बिचार’ को हस्तक्षेप । 

नित्सेको यस पुस्तकको अर्को निराला के हो भने । यसमा लेखिएको ‘AN ATTEMPT AT SELF-CRITICISM’ बर्थ अफ ट्राजिडिको पहिलो संस्करणमा थिएन । यो १८८६ को संस्करणमा नित्से लेख्छ- “......the kernel of the curious and almost inaccessible book, to which this belated prologue (or epilogue) is to be devoted. त्यसैले यदि यस ‘prologue or could be epilogue’ लाई पछि पढ्दा अझ बढि आनन्द आउँछ किन भने यसको नाम नै ‘आत्म-आलोचनात्मक’ छ । पहिलो संस्करणमा शैली, तर्क को अपर्याप्तता अनि तातो युवा जोसको लागि उ क्षमा चाहन्छ । म कुनै अर्को ब्लगमा यस पुस्तकको गुदी केलाउँला किनभने ब्लग लामो हुँदै र अहिले आईसोलेटेड-ह्युमनस् यसै पनि लामो ब्लग पढ्ने मनस्थिति मा छैनन् होला । 

बिनासबाद या शून्यवाद नित्सेको विचार हो जसले दार्शनिक तर्कको विरोध गर्यो । नित्सेको जन्म १८४४ मा भएको हो । नित्से पाँच वर्षको हुँदा उसको बाबु को मृत्यु भयो र त्यसको केही समय पछि भाई को । नित्से त्यस पछि घरमा एक्लो पुरुष सदस्यको रूपमा रहयो र मुलत आईमाई हरू बीच मा हुर्कियो—आमा, बहिनी, हजुरआमा र काकी । यसले गर्दा पनि नित्से नारि-द्वेसि (Misogynist) भयो होला । नित्सेको जीवन एक किसिमले आईसपलेसन मा बितेको हो । भनिन्छ पछि सडकमा घोडालाई पिटेको देखे पछि उसले मानसिक सन्तुलन गुमायो र असाईलम मा राखियो जहाँ एघार वर्ष पछि छपन्न वर्षको उमेरमा नित्सेको देहान्त भयो ।
https://rumanamant.blogspot.com/2020/04/blog-post_20.html