हिलेको ब्लगमा मैले पूर्व सुकाराति काल (जुन दर्शन कालमा सुकराति प्रभाव रहन्न त्यसलाई पूर्व सुकराति काल भन्न मिल्छ) का तिन प्रमुख दार्शनिकहरूको बारेमा बयान गरे ।

त्यस शास्त्रीय युग का दार्शनिकहरू लाई अहिले ‘न्याचुरल फिलोसफर’ भनेर चिनिन्छ । अदार्शनिक विषय ‘मिथक’ जस्तो पद बाट सुरुवाति ग्रीक दर्शनको विकास भएको थियो- संसार कसरी सृष्टि भयो ? जगत् को रचना कसरी भयो ? जस्ता प्रश्न मिथककै अंश हुन् । होमर र हौसियोद ले जब सम्म ग्रीक देववंशावलि (theogony) लाई लेखेनन् तब सम्म कसैले पनि दार्शनिक मार्गबाट विचार गर्न चाहेनन् कि संसारको सृष्टि ईश्वरकै सृष्टि हो या होइन । म यी लेखकलाई दार्शनिक मान्छु किनकी यीनिहरूले नै पूर्व सुकराति दार्शनिकहरू लाई विचार गर्ने आधार तयार गरि दिएका थिए । उनीहरूले संसारको उत्पत्ति विषयक (Cosmogony) तथ्यलाई मिथकको रूपमा संकलन गरे जसको आधारमा उभिएर दार्शनिकले संसार लाई नियाल्ने नव अवधारणा को उदय गराए जसलाई फिलोसफि भनियो । मिथकको बारेमा अरस्तु आफैँले पनि भनेको थियो - a philosopher is in a special sense a friend of the myth.  युभल नोभा हरारिले पनि आफ्नो पुस्तक सेपिन्स् मा मानवको विकास चरणमा मिथको भूमिका लाई लखेको छ – How did Homo Sapiens manage to cross this critical threshold, eventually founding cities comprising tens of thousands of inhabitants and empires ruling hundreds of millions? The secret was probably the appearance of fiction. Large numbers of strangers can cooperate successfully by believing in common myth (Sapiens- A Brief History of Humankind, Vintage 2015, Pg. 30)  


यदि कसैले यी कविहरूलाई राम्रो संग अध्ययन गरेको छ भने उनीहरूको ‘राईटिगं’ मा “original founders of all things are Chaos, Ether, and Eros...” भनेर आउने तथ्यहरूलाई पछिका दार्शनिकहरूले प्राकृतिक संघटनाहरु संग जोडेर सोचेको देख्न सकिन्छ जसले ‘एपिरोन, archê  जस्ता पदावलीहरू लाई अघि सारे । तत्कालीन ग्रीक दार्शनिकहरूलाई orphic Doctrin (जुन orphic School अंतर्गत पर्छ),  भित्र आउने परलोक-सिद्धान्त-विषयक (Eschatological) मिथ ले पनि प्रभाव पारेको हुनुपर्छ जसको वर्णन प्लेटोनिक संबादहरु ( Gorgias, Phaedo, and the Republic) मा आउँछ । 

हरेक सभ्यतामा प्राय जसो जगत् को उत्पत्ति विषयक कल्पना एउटै छ । हिन्दू दर्शन अनुसार संसारको उत्पत्ति हिरण्यगर्भ देखि भएको बयान ऋग्वेद मा पाइन्छ, अन्य उपनिषतहरूमा पनि यसको बयान ठाउँ ठाउँमा भेटिन्छ । त्यसै गरि पारसी, ग्रीक, ईजिप्सियन, चाईनिज सबै सभ्यतामा ब्रह्माण्डको उत्पत्तिको कल्पना ‘World egg’ अनुसार नै गरिएको छ । जति ले दार्शनिकता सुरु गरे ती सबैले पहिले भौतिक संसारको ‘प्राथमिक कारण’ नै खोजे – प्लेटोले यसलाई principia भनेको थियो । थेल्स ले त्यो पदार्थ ‘पानी’ (संयोग बस ऋृगवेद नासदिय सुक्त्तमा पनि एउटा श्लोक यस्तो छ जसले पृथ्वि पानिमा तैरिएको संकेत गर्छ) भएको दाबि गर्यो भने एनाक्जिमाण्डरले त्यसलाई ‘एपिरोन’ भन्यो पछि एनाक्जिमिनेसले थेल्सको विचारलाई काट्दै त्यो पदार्थ ‘हावा’ भएको तर्क राख्यो । यसरी सबैले सुरुवातमा जगत् को उत्पत्तिलाई नै केन्द्रिए बनाए । 

त्यही समयमै तिनिहरूले दर्शनको क्षेत्रमा ‘kosmos’ को धारणा लाई प्रतिष्ठापन गरे, यीनै अग्रणीको दर्शनबाटै पछि भौतिक शास्त्र, रसायनशास्त्र, भूगर्भशास्त्र तथा खगोल विज्ञान जस्ता ज्ञानका क्षेत्र प्रभावित भए । पहिलो दार्शनिक भएकै नाताले पनि तिनिहरूको अध्ययनले प्राकृतिक घटनाहरू (अलौकिक घटनाहरू समेत) लाई तर्कसंगत एकता मा ल्याउन खोजे । उनीहरूले एक भौतिक सिद्धान्तको खोज पनि गरे जसलाई archê भनियो जसको ग्रीक मतलब ‘उत्पत्ति’ हुन्छ । उनीहरू सबै को एक मान्यता थियो कि सृष्टिको उत्पत्ति पछाडि ‘कारण’ हुन्छ ।

यो सामान्य विषयान्तर, जसमा ग्रीक मिथकले कसरी ग्रीक दर्शन विकासमा भूमिका खेल्यो होला भन्ने तर्क पछि म सुकरात, प्लेटो र अरस्तु तिर फर्किन चाहन्छु । दर्शन ज्यादै सजिलो विषय हो यदि यसको प्रणालीलाई बुझ्ने हो भने । प्लेटो र अरस्तुको दर्शनको आधारभूत हेराक्लिटस र पारमेनिडेसको एक आपसको दन्द्वात्मक विचारको बहसमा पैदा भएको हो । 

बर्टण्ड रसल लेख्छ- ‘Socrates is a very difficult subject for the historian’  सुकरातको जन्म एथेन्स मा ईशा पुर्व ४७० मा भएको हो । उसको बाबु मुर्तिकार र आमा सुढेनि थीई । उसको लागि मानव नै विषयको स्रोत थियो । सुकरात आफैले केही पनि लेखेन तर उसले आफ्नो ज्ञानलाई दुई हजार वर्ष पर सम्म पुर्यायो । सुकरातको विषय हुन्थ्यो ‘के तिमि आफैलाई जान्छौ? तर उ आफैलाई चाहिँ भन्ने गर्थ्यो ‘I know only one thing that I know nothing’ तर त्यो उसको ब्यंग थियो ।
 उसको यही ब्यंग्यात्मक प्रयोग ले नै उसका अनुगामीहरू लगाम लाग्थे । उ एक अस्तित्ववादी दार्शनिक थियो र सुकरात बाट हामीले सिक्ने भनेको मूल्य अनि सत्य हो । सुकरात आफैले केही नलेखेको हुनाले उसको बारेमा आएका जति पनि तथ्यहरू छन् ती सबै जेनोफोन, प्लेटो र अरस्तु बाट आएका छन् । ती दार्शनिकहरू को लेख बाट उसको विचार बारे हामीले थाहा पाएका हौं । सुकरात केबल ‘ज्ञान’ संग सरोकार राख्थ्यो न कि ‘आयोनियनस् (Ionians)’ झैँ प्राकृतिक सम्पूर्णता मा । उसले प्रकृतिको बारे कहिले दार्शनिकता प्रस्तुत गरेन’ प्लेटोले लेख्छ ‘उ कार्यप्रणाली र तार्किक समस्यामा क्रेन्द्रित हुन्थ्यो ।‘ 
सुकरातले वास्तविक र निश्चित ज्ञानको खोजी गर्यो यस अर्थले पनि उसलाई आधुनिक दार्शनिक भन्न सकिन्छ । सुकरातको विचार सोफिस्टस् संग मिले जस्तो देखिए पनि, वास्तवमा सुकारतले उनीहरूमाथी दार्शनिक आधारमा विजय पाएको थियो । प्रोटागोरस र गोरजियस सोफिस्टस् मध्य प्रमुख मानिन्छन्, उनीहरूको उदेश्य भनेको वाककला सिकाउनु नै हुन्थ्यो । ग्रीकमा ‘सोफिस्ट’ को अर्थ हुन्छ टिचर, उनीहरू दार्शनिक हुन् तर उनीहरूको दार्शनिकताको विषय न्याय, नैतिकता कानुन, विज्ञान, गणित जस्ता सबै क्षेत्रको हुन्थ्यो । ‘उत्कृष्टता’ ज्ञानको लक्ष्य हो, ‘सत्य’ होइन, भन्ने उनीहरूको दावा हुन्थ्यो । तत्कालीन ग्रीक समाजमा डेमोक्रेटिक तहका एरिस्टोक्राट लाई शब्दाडंबर कला सिकाउनु नै उनीहरूको उदेश्य थियो । उनीहरू एक ठाउँ बाट अर्को ठाउँ घुमेर ‘नलेज’ दिन्थें ती समाजलाई, पछि यही आचरण सुकरात मा पनि देखिन्छ, उ आफ्नो ‘Dialectic’  मार्केटप्लेसेस् मा गएर दिन्थ्यो जुन पछि ‘principle of non-contradiction’ को रूप मा विकसित हुन्छ।   
 सोफिस्टस् को मान्यता यो थियो कि उनीहरू कुनै पनि ‘कमजोर’ लाई ‘वाककला’ को ज्ञानले शक्तिशाली बनाउन सक्थे र उनीहरूमा यो कला हुन्थ्यो पनि । उनीहरू लाई सापेक्षवादी तथा आत्मवादी को जनक को रूपमा लिइन्छ । प्रोटागोरसले यसको सम्बन्धमा भनेको छ – मानिस आफैँ सम्पूर्ण कुराको नाप हो’ । मानिस आफैले निर्णय गर्छ कि सत्य के हो झूट के हो, यहाँ कुनै पुर्ण सत्य र कारण भन्ने तर्क रहन्न—यही भन्छ प्रोटागोरस । कुनै एक धारणा कुनै एक व्यक्तिको लागि सत्य हुन्छ,   त्यही त्यो अर्को व्यक्तिको लागि सत्य नहुन सक्छ, Subjectivism को दृष्टिकोण यही हो । जगत् मा त्यस्तो कुनै चीज छैन जुन हर कोण बाट सत्य या असत्य होस् । यसै सम्बन्धमा म प्रोटागोरसको अर्को विचार लेख्छु, उसले भनेको छ- ‘जुन तिम्रो लागि सत्य छ त्यो तिम्रो लागि सत्य छ, जुन मेरो लागि सत्य छ त्यो मेरो लागि सत्य छ ।‘ यसरी वास्तवमा कुनै सत्य र असत्य भन्ने हुँदैन । सोफिस्टस् को यही विचारलाई सोक्रेटसले चुनौती दिएको थियो र एक किसिमले ‘Relativism’‘Subjectivism’ को विग्रह लाई जितेको थियो । सुकरातको दर्शनलाई यदि एक वाक्यमा बुझ्न खोज्ने हो भने उसको दर्शन एनाक्जागोरस लाई जबाफ हो । 

सुकरात यस अर्थले दर्शनको जनक भयो कि उस बाट एक ‘फिलोसोफि’ को जन्म भएको हो र सुकरात को दर्शनको पछाडि म एनाक्जागोरस् (५१०-४२८ ई. पु) को हात देख्छु किनकी यदि एनाक्जागोरस ‘फिलोसोफि’ बोकी एथेन्स नआई पुगेको भए सायद सुकरातको फिलोसोफि पनि हुने थिएन होला । एथेन्स मा फिलोसफिको आधार तयार गर्ने श्रेय उसलाई जान्छ । सुकरात ले आफ्नो जीवन काल मा तिन महिला बाट आफ्नो दर्शनमा प्रभाव परेको कुरा बताउँछ । पहिलो आफ्नी आमा बाट । दोस्रो Diotima of mantinea र अन्तमा Aspasia. सुकरात ले आफ्नो जीवन कालमा कहिले पैसा लिएर पढाएन यही कारण पनि उ सोफिष्ट देखि चिढिएको थियो । सुकरात यस कारण ले पनि दर्शनको पिता मानियो कि उसले फिलोसफि लाई एक दृष्टिकोणले आकाशबाट तानेर एथेन्स् मा छरि दियो- Cicero ले यसो भन्यो । जुन फिलोसफि एक तहमा थियो त्यसलाई आम बनाउने काम सुकरातले गर्यो । जसरी विलियम जेम्सले दर्शनलाई बीसौं शताब्दीमा सबैभन्दा सजिलो गरि लेख्यो । सुकरातले भन्थ्यो- एथेन्स एक सुस्त घोडा हो र म एक डाँठ हुँ । यसको मतलब एथेन्समा नैतिकता लाई जगाउने काम सुकरात लाई गर्नु थियो । समाजलाई जिउँदो राख्नु थियो उसको डसाइले । अनि यही जिउँदो राख्ने कसरतमा उसले समाजलाई यति कठिन प्रश्नले डस्न थाल्यो कि शासक (ढोगी विद्वान्) को निन्द्रालाई पनि डगमगाई दियो, एथेन्स उसबाट त्रसित भयो र पेरिक्लिज (४९५-४२९ ई.पु) को मृत्यु पछि उस प्रति एथेन्सको युवालाई भड्काएको आरोप लगाई हेमलक (बिष) पिउन लगाइयो । पेरिक्लिज जिउँदो हुँदा सम्म सुकरातको दार्शनिकता प्रति उ कृतघ्न थियो ।

सुकरातको दर्शनको दबदबा के ले गर्दा भयो त? के थियो सुकरात को दर्शनमा जसले आज दुई हजार बर्ष पछि सम्म सुकरातलाई चिनाउँछ ? सुकरातको तर्क थियो सदेह नै सत्य को उद्भव हो । अर्को महत् पुर्ण तर्क भनेको सुकरातको मान्यता थियो कि प्रश्न आफैलाई सोध्ने हो (self-examination) , यसबाटै सत्य निस्कन्छ- म नै ब्रम्ह् हुँ भने झैँ । आम ग्रीक मिथोलोजिले बुझ्ने ‘know thyself’ लाई उसले self-examination मा बदलि दियो  । यो सबै भन्दा ठूलो दर्शन थियो । यसले ग्रीक सभ्यतामै ठूलो परिवर्तन ल्याई दियो । ‘know thyself (टेम्पल अफ डेल्फिको द्वारमा कुँदिएको थियो) यानेकी ग्रीक फेटलिजम् को बारेमा अर्को बल्गमा छुट्टै लेख्ने छु । उसले भन्ने गर्थ्यो ‘अप्रक्षिप्त जीवन बाँच्न लाएक हुँदैन’ जे मलाई थाहा हुँदैन, मलाई लाग्दैन मलाई थाहा छ ।  हिन्दू दर्शन मा हजारौं वर्ष पहिले ऋषिहरूले गर्ने नैतिकता विषय; ज्ञान, स्वभाव, हिम्मत, न्याय जस्ता कुराहरू बारे प्रश्न उठाउन थाल्यो । यसमा पनि न्यायको प्रश्न महत्पुर्ण हुन्थ्यो । 

सुकरातको दार्शनिकताको शैली लाई डाईलेक्टिक भनिन्छ । आन्तरिक विरोधाभास प्रकट गरि परिकल्पनालाई उन्मूलन गर्नु यसको उदेश्य हो ।  प्लेटोले आफ्नो अधिकांश ग्रन्थमा सुकरात द्वारा नै ज्ञानको प्रवाह गर्न खोजेको छ । मलाई उत्कृष्ट लाग्ने कृति ‘फेदो’ मा उसको जीवन र मृत्यु बारे जानकारी पाउन सकिन्छ । सुकरातको शारीरिक कुरूपताको विवरण ‘सिम्पोजियम’ मा देखिन्छ जसमा उसको नैतिक सुन्दरताले कसरी काम गर्छ भन्ने व्याख्या छ । सुकरात साँच्चै कुरूप मान्छे भएको विवरण अन्य ठाउँहरूमा पनि भेटिन्छ । उसको भयकरता लाई ‘साईलेनस’ (ग्रीक देवता डायोनिसस् को साथि) संग तुलना गरिन्छ । 

सुकरात ग्रिक गोल्डेन एज (४४९-४३१ ई.पु) मा पेरिक्लिज को प्रजातन्त्र मा समृद्धि हासिल गर्दै थियो । अमिश्रित प्रजातन्त्र को बारे भने सुकरात सदेही थियो यद्यपि पेरिक्लिज एथेन्सको प्रजातन्त्रलाई प्रोत्साहन गर्दै थियो र उसको समयमा कला र संस्कृतिले एथेन्स फल्दै फुल्दै थियो; सुकरातको विचारलाई पेरिक्लिजले पुर्ण समर्थन गरेको थियो । यस्तो मा पनि सुकरात संदेहि थियो र सोच्दै थियो यदि प्रजातान्त्रिक निर्वाचनमा अशिक्षितहरू ले निर्वाचन गरे भने के होला! डेमोगग ( demagogue) को तिकडम मा जनता पर्न सक्छन् भन्ने सदेह गर्थ्यो । जब एथेन्स ले पेलोपेनिजन युद्द हार्दै थियो, युद्दले थाकेको थियो त्यति बेला सुकरात लाई क्लियोन को प्रजातन्त्रले भने बन्दि बनायो र मृत्युको सजाय सुनायो । क्लियोन लाई सुकरातको विचार ठीक लागेको थिएन । आधुनिक तर्कशक्त्ती को बीज को रूपमा दुई हजार वर्ष पछि युरोप को पुनर्जागरण कालमा यही विचार हरू हाबी भए ।  यसरी सुकरात को दर्शनले पाश्चात्य दर्शनको प्रबुद्धतामा चिर कालिन प्रभाव छोड्यो । म यस पछि को ‘फिलियान सोफिया’ श्रृंखलामा  प्लेटोको बारेमा लेख्ने छु ।