फिलियान-सोफिया श्रंखला अन्तर्गतको यो लेखमा म दर्शनको सुरुवाती चरणको बारे लेख्दै छु । हाम्रो आँखा अगाडिको संसार परिवर्तनशील छ वा त्यो ‘वास्तविक भ्रम’ हो? तपाई बिहान घर बाट कामको लागि निस्कनुहुन्छ, के तपाई यस परिवर्तनशील जगतको हिस्सा हुनुहुन्छ? दर्शनलाई पढ्ने तिन तरिका छन् । पहिलो- विषयगत आधारमा । दोस्रो- विधि या पद्धतिको आधारमा र तेस्रो कालानुक्रमिक अध्ययन । यदि विषयगत आधारमा अध्ययन सुरु गर्ने हो भने प्रश्न हुन्छ – मेरो अस्तित्व किन छ, जगत् को सार के हो, यसैको अर्को तर्फ प्रश्न हुन्छ द्वंद्वात्मक तर्क पद्धति कि तत्वमिमांस ? या समाजवादी तर्क कि पुँजीवादी तर्क? भौतिकवाद या आदर्शवाद । प्रश्न अनेक हुन्छन् यदि दर्शनलाई विषयगत आधारमा बुझ्ने हो भने । प्राचिनकालदेखि नै द्वंद्वात्मक तर्क पद्धति को बारेमा बहस थियो । जेनो द्वारा यस पद्धतिको आविष्कार भएको हो भन्ने मत अरस्तु ले राख्यो ।

विधि को आधारमा दर्शनलाई अध्ययन गर्ने हो भने प्लेटोको विचार र अरस्तुको विचारलाई जान्न जरुरी छ । निगमनात्मक तर्क अनि अर्को तर्फ आगमनात्मक तर्क छ, त्यसलाई बुझ्नै पर्छ । यदि कालानुक्रमिकता मा जाने हो भने, मुख्यतया तिन दिशाको दर्शन अध्ययन पर्न आउँछ- हिन्दु दर्शन, चाइनिज दर्शन र पश्चिमा दर्शन । यी दर्शनहरूले जगतलाई नियाल्ने अनेक चाखलाग्दो तर्कहरू प्रस्तुत गरेका छन् । पाश्चात्य दर्शनमा युनानी दर्शन, क्रिश्चियन दर्शन, रोमनेलि दर्शन र ईस्लामि दर्शन पनि पर्न आउँछ । 
rumanamant.blogspot.com


३२०० ई.पु मा लेख्ने कलाको आभ्यान्तरले मानव विकास प्रणालीमा एक अभूतपूर्व युगको स्थापना गरिदियो । विशेष गरेर युनानी समयलाई चार भागमा विभाजन गर्न सकिन्छ – पहिलो, युनानी अँध्यारो युग(ई.पु ११००-८००, कतै कतै यसलाई ५०० ई.पु पनि मानिएको छ), दोस्रो- पुरातन काल, तेस्रो- आदर्श काल वा क्लासिकल युग (५ औँ देखि ४ औँ शताब्दी) र अन्तमा हेलेनिस्टिक काल (ई.पु ३२३-ई.पु ३१) । म यी कालहरूको महत्त्व पछिको ब्लगमा विस्तारमा लेख्ने छु ।


म दर्शनको सुरुवात कसरी भयो भन्ने कुरा लेख्न चाहन्छु आज । पहिले भनी सके, दर्शनको सुरुवात थेल्सबाट भएको हो तर थेल्स कसरी सुरु भयो त? थेल्स मिलेटस सहरको बासिन्दा थियो । उसको आधिकारिक समय किटान गर्न नसकिए पनि ई.पु ५८५ को ग्रहणको पूर्वानुमान ले थेल्सको समय निर्धारण गर्न सकिने खगोलशास्त्रिहरु को अनुमान छ, थेल्स पहिलो  खगोलबिद थियो जसले त्यस ग्रहणको सफल पूर्वानुमान गरेको थियो । बर्टन रसलको ग्रन्थमा थेल्सको बारे एक चित्ताकर्षक वर्णन छ । रसल लेख्छ – ‘अरस्तु द्वारा लिखित पोलिटिक्स् मा थेल्स को बारे लेखिएको छ कि उसको गरिबिलाई दोष दिँदै दर्शनको अनौचित्य देखाइएको थियो । वर्णनको अनुसार ताराहरूको ज्ञानको कारण उसले आउँदो वर्ष जैतुनको( ई.पु ५००० तिरै मानवले जैतुन खेती सुरु गरेको थियो) फसल बाट निकै लाभ हुने अनुमान गर्‍यो र अर्थको अल्पताको बाबजुद पनि जैतुन व्यवसायमा पैसा लगायो । जब अनाजको समय आयो तब अचानक उसको अनुमान सही निस्कियो । उसले जैतुनबाट आकर्षक लाभ लियो र संसारलाई देखाउन खोज्यो, दर्शनशास्त्रिहरु आफ्नो वौदिकताको प्रयोग ले कुनै पनि काम गर्न सक्छन् तर उनीहरूको महत्त्वाकाङ्क्षा अर्कै हुन्छ ।‘ ‘यसरी हेर्दा थेल्सको फिलोसोफिकल तर्कहरू अपरिष्कृत झैँ लाग्छन्’ बर्टन लेख्छ ‘तर त्यसले ‘विचार’ र ‘पर्यवेक्षण’ लाई अगाडि प्रोत्साहन गर्‍यो ।‘

जब सम्म होमर र हैसियोद ले सम्पूर्ण ग्रिक मिथोलोजि का देवता/दानव(हरू) लाई आफ्नो ग्रन्थमा लेखेनन् तब सम्म मिथोलोजिबाट माथि उठेर कसैले पनि जगत् लाई नियाल्ने दृष्टिकोण माथि विचार गर्ने जाँगर गरेनन् । ग्रिक देवताहरूको बारेमा एक रोचक तथ्य भनेको ती सबै को गुणहरू मानव जस्तै हुन्थेँ, तिनीहरूमा ईश्वरको गुणत्वको अभाव थियो । मिथोलोजि त संज्ञानात्मक क्रान्ति सँगै सँगै विकास भएको हो । जब मानिसले सभानाको फाँट बाट टाउको उठाएर चियो गर्न जान्यो तब उसले ‘गसिप’ सिक्यो । यसरी विकास भएको मानव मिथोलोजिको बाटोले फिलोसफि सम्म आई पुग्न सत्तरिहजार वर्ष कुर्नु पर्‍यो । युभल नोहा हरारिको पुस्तक ‘सेपिन्स’ मा उ लेख्छ-‘..Most scholars agree that animistic belief were common among ancient foragers. अरस्तुले थेल्सको बारेमा यस्तै केही भनेको छ – ‘थेल्स लाई विश्वास थियो कि चुम्बकमा आत्मा हुन्छ किनकि यसले फलाम लाई आकर्षण गर्छ ।‘ यसरी मानवको विकास सँगै विभिन्न मिथोलोजिको पनि विकास हुँदै गयो र कालान्तरमा ग्रिसेलि दार्शनिकहरूले पहिलो चोटि जगत् लाई मिथक बाट अलग गरी विचार गर्ने तर्क प्रस्तुत गरे जुन नै प्रारम्भिक दर्शनको रूपमा विकास भएको हो । यसरी हेर्दा दर्शनको बिकासनै प्रश्नबाट सुरु भएको थियो । हामी के हौ? अस्तित्व को अर्थ के हो? जगत् कहाँ बाट सुरु हुन्छ? पृथ्वीको आकार कस्तो छ? इत्यादि । थेल्स भन्छ ‘all life are full of god’ यसो भन्नु को तात्पर्य तात्कालिक युनानी मिथक प्रभाव पनि हो । थेल्स न्याचुरल फिलोसफर थियो, उसले जगत् निर्माण मा एक मात्र तत्त्व पानीको हात छ भन्यो । जुन तर्कले युनानीहरूमा मात्र नभई उस पछिका दार्शनिकहरूमा समेत प्रभाव छोड्यो, यसको अर्को प्रभाव भनेको मिथक हक बाट जगतलाई अलग्गाउनु पनि थियो । थेल्स जसले समुन्द्री तट बाटै जहाज सम्मको दुरी पत्ता लगाउने उपाय आविष्कार गर्‍यो । अर्को उपलब्धि भनेको उ पहिलो गणितज्ञ थियो जसले निगमनात्मक तर्कलाई ज्यामितिमा प्रयोग गर्‍यो । मिथकको कालमा भूकम्प ईश्वरको असन्तुष्टिले गर्दा नभई प्राकृतिक कारणले गर्दा आउँछ भन्ने तर्क राख्नु पनि ठुलै कुरा थियो । उसले पृथ्वी पानीमा तैरिएको हुनाले उर्मि उठ्दा भूकम्प आउने तर्क पेस गरयो । 

थेल्स पछि एनाक्जिमाण्डर माईलिजियन स्कुलको प्रमुख भएको हुनु पर्ने विश्वास छ । उसले पनि थेल्स ले झैँ जगत् को निर्माण वा उत्पत्तिमा एकै तत्त्वको हात रहेको हुन्छ भन्ने मान्यता राख्यो तर पानी त्यो तत्त्व हुन सक्दैन भनी ‘अनन्त’ नै त्यो तत्त्व रहेको दाबी गर्‍यो जसलाई उसले ‘एपेरिअन’ नाम दियो । फिलोसफिलाई बुझ्न जुन कालमा त्यसको जन्म भयो त्यही कालको सापेक्षतामा रहेर बुझ्नु पर्छ होइन भने अहिलेको हाम्रो ‘आधुनिक-दिमाग’ ले त्यस दर्शनलाई तुच्छ सम्झिन्छ । जस्तो एनाक्जिमेण्डरले पृथ्वी भन्दा सूर्य ठुलो छ (उसले सूर्यको आकार पृथ्वीको भन्दा २७ गुणा ठुलो छ भनेको थियो) र पृथ्वी बेलनाकार छ भन्ने तर्क राखेको थियो जसलाई मनन (Understanding*) गर्न त्यही कालमा पुग्नु जरुरी हुन्छ अन्यथा अतार्किक अर्थ लाग्छ । 

म अब एनाक्जिमाण्डरको अर्को तर्कलाई सरल रूपमा बताउँछु । युनानी दर्शनमा (अहिलेसम्मको दार्शनिक विवादमा पनि) उसको एपिरोन को तर्कले उथलपुथल पैदा गर्‍यो र त्यही तत्त्व बाट निःसृत विलोम ले नै आफैलाई परिभाषित पनि गर्छ र पैदा पनि त्यही विलोम बाटै हुन्छ भन्ने उसको विचार थियो जसलाई ‘unity of opposite’ भनियो । म त्यस विचार लाई ‘समेकित विलोम’ भन्न रुचाउँछु । समेकित विलोम यस्तो हो, यसलाई सरल अर्थमा राखूँ । जस्तो: रात र दिन, अन्धकार र उज्यालो, दायाँ अथवा वाँया वा पुरुष स्त्री । यिनै समेकित विलोमको सेपेरेसन बाट नै जगत् को निर्माण हुन्छ । एनाक्जिमाण्डरको यसै तर्कले पछि सम्म दर्शनको क्षेत्रमा द्वनद्दामक विचार (dialectical opinion) को आधार तयार गरिदियो । यिनै समेकित विलोमको द्वन्द्व भौतिक संसारको रचना चल्छ । उसले जीव को विकास क्रमिकता लाई पनि अगाडि सार्‍यो, उसको तर्क थियो मानवको विकास माछा बाट भएको हो । माटो र पानीको सम्मिश्रण बाट मानिसको उत्पत्ति भयो जुन माछाको शरीर भित्र थियो ।

एनाक्जिमाण्डर पछि माईलेजियन स्कुल को प्रचारक भयो एनाक्जिमिनेस (५८५ ई.पु- ५२५ ई.पु), जसको विचार थेल्स र एनाक्जिमेण्डरको झैँ एकै भयो- जगतको उत्पत्तिको हकमा । तर उसले भन्यो त्यो प्राथमिक पदार्थ पानी वा एपिरोन नभई हावा हो । जब हावा ठन्डा हुन्छ पानी बन्छ, जब पानी जम्छ बरफ बन्छ जब हावा गरम हुन्छ आगो बन्छ । म यहाँ प्लेटो को ग्रन्थ On Youth and Old Age, On life and Death को अध्याय पाँचमा भएको तथ्यलाई लेख्न खोज्दै छु – प्लेटो लेख्छ ‘However, it is to be noticed that there are two ways in which fire ceases to exist: it may out either by exhaustion or by extinction.’ प्लेटोको मान्यता थियो कि जीवनको ‘ज्वाला’ लाई हावाले(श्वासप्रश्वास) प्राण दिएको हुन्छ । यस्तै विचार एनाक्जिमिनेस ले हावाको सन्दर्भमा राखेको हुनु पर्छ । उसलाई हावाले नै सम्पूर्ण जीवको प्राण धान्छ भन्ने लागेको हुनुपर्छ । एनाक्जिमिनेस सम्म आइपुग्दा दर्शनले केही अनौठो मोड लिन थालिसकेको थियो । थेल्स ले झैँ पृथ्वी पानीमा नभई हावामा तैरिन्छ भन्ने तर्क राख्दै थियो । अर्को महत्त्वपूर्ण तर्क भनेको पृथ्वी जुन पदार्थ ले बनेको छ त्यस्तै पदार्थले सूर्य र चन्द्र बनेको हो भन्छ र ती पिण्डको अस्तित्व देवता मात्र होइन भन्ने वैज्ञानिक तर्क राख्छ । त्यो युगमा साधारण मानवलाई ती पिण्ड को बारेमा केही थाहा थिएन त्यस समय यसो भन्नु निकै महत तर्क थियो र पछि वास्तविकता पनि त्यही भयो । कसमस र मानवको शिरिर बिच उसले एक अभूतपूर्व विचार राख्यो । उसले भन्यो मानव शरीर भित्र जुन पदार्थ छ त्यो कसम कै सूक्ष्म रूप हो याने ब्रह्माण्ड को सूक्ष्म रूप मानव हो । यो कुरा हिन्दु दर्शनले पनि स्विकार्छ । जसलाई हामी अहिले सूक्ष्म जगत् पनि भन्छौँ ।  

यसरी दर्शनमा यिनीहरूको ठुलो योगदान रह्यो । सन् १६०९ मा ग्यालिलियो ले पहिलो टेलिस्कोप बनायो र त्यही सालको नोभेम्बर ३० मा पहिलो पटक मानवले चन्द्रमा लाई नजिक बाट नियाल्यो । मानिसले विश्वास गरे जस्तो चन्द्रमाको सतह चिल्लो नभई त्यहाँ खाडलहरू (craters) थिए । ग्रिकमा क्रेटरको अर्थ हुन्छ पानी राख्ने भाँडा । सायद दर्शनको सङ्ग्रह गर्न यिनै तिन मानवको हात रहेर होला ती मध्य तिन खाडलको नाम थेल्स, एनाक्जिमाण्डर र एनाक्जिमिनेस छ ।  


यस पछिको लेख मा म सुकरात, प्लेटो र अरस्तुको दर्शन बारे लेख्ने छु
 

*यहाँ मनन को अर्थ understanding होइन

https://rumanamant.blogspot.com/2020/04/blog-post_10.html