...यस भन्दा पहिले नगरमा यस्तो अँध्यारो देखिएको थिएन ।

नगरको बारेमा केही गुप्ति कुराहरु खोल्दा यहाँका सदियौं पुराना रुखहरुको कुरा नगरी हुँदैन । यहाँका मानबहरुको उमेर ति रुखहरु भन्दा बुढा छन् । तिनिहरुको हृदय शित भन्दा नाजुक छन् । अनौठो कुरा यिनिहरुको स्मृतिमा केहि कुराहरु छैन तर पनि यिनिहरु ज्युँदा देखिन्छन् । यिनिहरुको शरिर सालका बडेमानका रुखहरु भन्दा कठोर छन् । तैपनि यिनिहरु नबजात शिशुझै रुन्छन् ।

नगर प्रमुखले सबैलाई हेरेर प्रारम्भिक तहको आँखा उघार्यो । उसको ओठमा अद्भुत शैलिको प्रसन्नता देखिएको थियो । मुलायम घामको राफमा बिभिन्न तर्कनामा डुबेका आधि ज्युँदा मानबहरु नगर प्रमुखको भाषण सुनेर गदगद थिए । झिसमिसेमै ट्रेनको सिट्ठि सुनियो । एकहुल अलमलिएका मानबहरु नगरको सिमानामा देखिए ।
तिम्रो चिन्ता को कारण के हो ? एउटा मानब मलाई हेरेर फलाक्यो ।
के म चिन्तित देखिन्छु ? म त्यस मानबतिर हेरेर मुस्कुराउँछु ।
त्यसपछि त्यसले खिन्न अनुहार बनायो । अर्को टेबलको मानबलाई रक्सि थपि माग्न ईसारा गर्यो र गयो । बाहिर नगर प्रमुख के के कुरामा प्रबचन दिदैं थीयो । मान्छेहरु बर्र बर्र तालि पिट्दै छन् । यि बाहेक नगरको अमनचैन मा बाधा हाल्ने भनेको नगरको सिमानामा अबस्थित 'पोरग्याटोरि' स्टेसन मा रेलहरुको सिट्ठि हो तर त्यहाँ कसैले अहिले सम्म कुनै ट्रेनको भौतिक अबशेष देखेको छैनन् । भनिन्छ अन्तिम पटक ट्रेनको भौतिक रुप देख्ने नगर प्रमुख हो ।
"उ त्यहि बृद्द हो; जो पहिलो पटक यो नगरमा अोर्लिएको थियो । " म संगैको मानिस एक्लै बर्बरायो ।
"तर अर्काथरि भिडले उ यहिं जन्मिएको तर्क पनि राख्छन् ।" त्यो मानिसले डरलाग्दो गरि आँखा उघार्यो र म तिर हेरेर सोध्यो । "म के हुँ?"
"अहिले सम्म कसैले यो नगरमा गर्भबति आईमाई देखेको जिकिर गरको छैनन्; यसो हो भने यो रद्दि कुरा हो ।" मैले त्यसलाई संझाए ।
नगर प्रमुखले भाषण सिध्यायो क्यार ! मानिसहरु तितरबितर भए याने कि नगरम केहि नयाँ अनुहारहरु थपियो ।
त्यसरात मैले नगर प्रमुखलाई पछ्याएँ । म सित केहि थान अनयुजल प्रश्नहरु थिए जसको जवाफ मैले नगरप्रमुख बाट पाउने अपेक्षा गरेको हुन्छु । उसको दैलोमा बाँधेको हिस्टोरिकल घण्टा मैले बजाउनु भन्दा पहिलेनै नगरप्रमुखले ढोका उघार्दै मलाई संझायो ।
योङ म्यान, मैले लाखौ पटक भनिसकें । आई ह्याब नो अ्यानसर फर योर ननसेन्स प्रश्नहरु । अनि यो घण्टा बजाउन राखेको होईन । जाउ, गएर सुत ।
बृद्द नगर प्रमुखको छातिमा मुड्किले हाने । उ भित्र हुत्तियो । फायर प्लेस नजिकै उभिएर उसले फेरि अनुरोध गर्यो । 'नव युवक, मेरो कपाल फुलिसक्यो ।' उसले सिल्भर जस्तो हुँदै गएको कपाल छाम्यो र भन्यो । 'जुन जमिनमा उप्रान्त बिछोड हुँदैन । तिमि त्यस्तो वन्डर ल्याण्डमा छौ । किन सुर्ता गर्छौ ! जाउ गएर पिसफुल्लि सुत ।' नगरप्रमुखको भद्र अनुरोधले मलाई झनै अस्थिर बनायो । अोभरकोटको खल्तिमा लुकाईराखेको बन्दुक निकालेर नगर प्रमुखको निधारमा गोलि चलाँए । बृद्द फाएर प्लेस संगै पछारियो । मैले त्यसको मृत शरिरलाई फाएर प्लेस भित्र कोचिदिंए र आगो झोसिदिएँ । त्यहिँ बसेर रक्सि पिएँ । नगर प्रमुख खरानि बनिसकेकि थियो । बाहिर निस्किएर ढोकामा झुन्ड्याएको हिस्टोरिकल घन्टा जोड जोेडले बजाएँ ।
त्यस पछि पिसफुल्लि नगर प्रमुखको ढोकामा निधाएको म भोलि पल्ट केहि हुल मानिसहरुको अगाडि बसेर भाषण दिदै थिएँ ।
एक हंग्रि मानबले भिड बिच बाट करायो । त्यसको स्वर कौवाको जस्तो तिखो थियो ।
'योङ म्यान, मैले लाखौ पटक भनिसकें । आई ह्याब नो अ्यानसर फर योर ननसेन्स प्रश्नहरु । मैले त्यसलाई संझाउन खोजें ।



र पछि यसरि नगरमा डरलाग्दो अन्धकार छायो ..