माया गर्नु भनेको दुई अनन्तताबीच बाँच्नु हो —
एउटा जहाँ तिमी थियौ,
र अर्को जहाँ तिमी अझै पनि छौ,
शान्तसँग, दुई धड्कनबीच।
त्यसैले म तिमीलाई सम्हाल्छु —
स्मृतिको शरीरमा होइन,
तर मायाको काँपिरहेको स्थायित्वमा।
र म फेरि यहाँ छु,
अनन्त साँझअघि, सिक्दै छु यो सत्य —
त्यसैले म मेरो टेबुलमा एउटा बत्ती बाल्छु —
उज्यालोका लागि होइन, साथका लागि।
त्यो काँपिरहेको ज्योति मलाई सम्झाउँछ,
अस्तित्व कति नाजुक हुन्छ —
कति डगमगाउँछ, तर मर्दैन।
विलियम हार्भेले एकपटक प्रमाणित गरे —
मुटु यान्त्रिक पम्प हो, निरन्तरताको लय।
तर उनले मापन गर्न सकेनन् त्यो कुरा —
मुटुको अस्तित्वगत स्पन्दन,
प्रेमको त्यो काँपिरहेको स्पर्श, जसले रूपलाई पार गर्छ।
कहिलेकाहीँ लाग्छ, आत्मा ऐनाबाट बनेको हुन्छ।
जसले सबै प्रतिबिम्बित गर्छ — अनुहार, आँसु, क्षणिक मुस्कानहरू।
तर सम्झँदा, त्यो फुट्छ पनि,
र प्रत्येक प्रतिबिम्ब प्रश्न बन्छ —
के त्यो साँच्चै स्पर्श थियो कि स्पर्शको तृष्णा?
स्वर थियो कि त्यसपछि आएको मौनता?
तिम्रो शब्दहरू फर्कन्छन् त्यस बिम्बबाट:
“कुनै कुरा वास्तवमै समाप्त हुँदैन, केवल रूप बदल्छ।”
म विश्वास गर्न सक्दिन थिएँ,
जबसम्म मैले तिमीलाई निराकार कुरामा देखिनँ —
बिहान अघि पर्ने मौनता,
घाम र छायाको सीमामा नाच्ने धुलो,
र प्रार्थनापछि झर्ने शान्त मौनता।
त्यो मौनता — सायद अस्तित्वको डायस्टोल हो,
जब मुटु फेरि अनन्तलाई ग्रहण गर्न खुल्छ।
अब म बुझ्छु — माया कुनै घटना होइन; त्यो सञ्चार हो।
इब्न अल-नफिसले पत्ता लगाए कि रगत मुटुबाट फोक्सोमा पुग्छ र पुनः फर्कन्छ,
स्वयंलाई पुनः नयाँ बनाउँदै।
माया पनि त्यस्तै हो — अन्त्य हुँदैन, रूपान्तरण हुन्छ।
जुन कुरा टाढा जान्छ, स्मृतिबाट फर्कन्छ;
अनुपस्थितिले शुद्ध पार्छ, सम्झनाले पुनर्जीवन दिन्छ।
जब हावा बन्द झ्यालको पर्दा हुँदै बग्छ, म फेरि तिमीलाई महसुस गर्छु —
न आत्मा, न देवता, तर अस्तित्वको कुनै अवशेषजस्तो,
त्यो कोमल प्रतिध्वनि, जुन बोधभन्दा पर पनि सास फेरिरहेछ।
उपनिषदहरूमा यसलाई हृदय (हृदय) भनिन्छ —
त्यो कमल, जसभित्र आत्मा वास गर्छ।
त्यसैले, माया बन्धन होइन, सह-वास हो —
श्वास र शून्यको बीचको मौन निरन्तरता,
ब्रह्माण्डका दुई धड्कनबीचको स्पन्दन।
प्राचीन मिस्रले मुटुलाई सत्यको तराजु मानेको थियो।
त्यसले आत्माका सबै स्वीकारोक्तिहरू बोक्थ्यो।
सायद माया पनि त्यही हो — न त नैतिकताको तौल, न अपराधको, तर उपस्थितिको।
तिम्रो अनुपस्थितिले मेरो छातीमा हल्का पखेटाजस्तै टेकेर बस्छ;
यसले मलाई हल्का बनाउँछ, तर कहिल्यै खाली होइन।
केही क्षणहरू ध्वनिविहीन आइपुग्छन् —
दुई मुटु धड्कनबीचको शान्त अन्तरालझैँ।
त्यो स्थिर पानीमा,
जहाँ गति रोकिए पनि अस्तित्व बाँच्छ,
त्यतिखेर म तिमीलाई भेट्छु।
आफ्नै स्मृतीमा ।
तब,
स्मृति र विस्मृतिको बीचमा,
विचार मर्न अस्वीकार गर्छ,
र अनुभूति पुनर्जन्मको किनारमा काँप्छ।
म बुझ्छु, त्यसक्षण—
दुई धड्कनबीच: प्रेम र निरन्तरताको दर्शन ।
Note: Ignore my poor Nepali (even English) handwriting. I will soon translate this into English. I love to write everything in my reMarkable before striking it onto the keyboard. Yesterday, while drinking cheap wine (back to zero again), my mind rushed through words as if they were breathing again. When I get too peaky, I love to write in my own language — it cherishes my heart to the deepest. Writing in Nepali feels like returning to the womb of my own being; every word carries the smell of the hills, the echo of the rivers, and the silence of my childhood.
Ancient poets too found their truth in their mother tongues. Homer sang in Greek because his world lived in that rhythm. Kalidasa shaped the clouds of love in Sanskrit — a language that made even longing sound divine. Dante broke Latin’s empire and wrote The Divine Comedy in Italian, giving a new soul to a nation. Tagore wrote his prayers in Bengali, where each word seemed to float on the Ganges. Even Bukowski, in his rough English, spoke the vernacular of bars and loneliness — his native chaos. To write in one’s own language is to write in the voice of one’s gods.
0 Comments