यो संस्मरण हो । कथा पनि । कथाले गौंड गोप्यता भन्छ । गोप्यता तपाईको हुन्छ । गोप्यता मेरो हुन्छ । छिमेकिको गोप्यता कसलाई चाख नलाग्ला । म पनि पल्लो घरको झ्यालमा चाख लिन थालेको छु । गोप्यताको सानिध्यमा छलको डम्फु बजाउन खोज्ने म हुँ । कथा कतै बाट सुरु गर्नै पर्छ । तिम्रो घरबाट । मेरो घर बाट । तिम्रि श्रिमति बाट । यसै पनि उसको ख्याल यतै बडेको छ आजकाल । उसको श्रिमान गोस्वारा मा काम गर्छ । पल्लो घरको झ्याल हिजो, अस्ति, अस्ति देखि खुलै हुन थालेको छ । झ्यालमा भित्रका कुरा छोप्न केहि झुन्ड्याईकको छैन । त्यसैले कयौं पटक झ्यालले आफ्नो गोप्यता मलाई देखाई सकेकि छे । नग्नता सबैलाई मन पर्छ नै । मलाई पल्लो घरको झ्यालको नग्गता प्रति अन्देखा गर्न मन छैन । उ मलाई प्रेम गर्छे । यसैले म जिल्ल पर्छु । उसको प्रेममा बल छ । म उसको झ्यालमा तानिन्छु । कुनै दिन उ मेरो कोठाको ढोकामा उभिन्छे र भन्छे
'तिमि क्रान्तिकारि बन ।'
उ यति भनेरै निस्कन्छे । उसको हिंडाईमा दुब्लो हरिणको चाल छ । उ चाक उचालेर हिड्छे मानौ उसले भर्खरै तरुनि प्रतियोगिता जितेर आएकि होस् वा उसको पाईतालामा जिद्दि खटिरा आएको छ ।
घडिमा समय छ । समय वल्लो घरको झ्याल मा छ । समयको एक टुक्रा पल्लो घरको झ्यालमा छ । त्यता तपाईलो घरमा पनि समय छ । समयको चौटाहरु ब्यथा जसरि अहिले उसको र मेरो घरको झ्यालको वरिपरि ठक्कर खाई रहेछन् । पसारिएका ब्यथाहरु बोक्न छोडेर उ मेरो भुँडि बोक्क चहान्छे ।
कुनै दिन उ मेरो कोठाको ढोकामा उभिन्छे र भन्छे
'तिमि मलाई किन भोग्दैनौ ?'
गोस्वारा बाट उसको लोग्ने फर्कना साथ हाम्रो झ्यालहरु बन्द हुन्छन् । त्यति खेरै वल्लो घरको झ्याल भित्र अन्धकार छाँउछ । मलाई पल्लो घरको झ्याल भित्रको अन्धकार मन पर्दैन आजकाल । उसको लोग्ने श्रिमति को उठेको गोल्फु लाई छाम्दै भन्छ ।
'यो भित्रको बच्चा मेरै हो ।'
तर श्रिमति मान्दिन । उ त्यस बच्चाकि आमा मलाई बनाउन चहान्छे ।

p.s कथा     'झ्याल: र दुबै'        बाट ।