दि दर्शनलाई केस्रा बनाउने हो भने; पूर्वीय र युनानी दर्शन हुन आउँछ । युनानी दर्शन नै पश्चिमा दर्शनको मूल हो भन्दा अतिशयोक्ति हुन्न । पश्चिमी आधुनिक दर्शन डेकार्टबाट सुरु भएको मानिन्छ भने पूर्वीय दर्शनको स्रोत वैदिक साहित्य नै हो । दर्शन भनेकै तर्क प्रस्तुत गर्ने शिल्प हो । ओसोले एक ठाउँमा भनेका छन्- युनानमा जुन तर्क पद्धतिको विकास भयो त्यसले पश्चिमको सारा विज्ञानको जन्म भयो र पूर्वको दर्शनले धर्मको जन्म भयो । वैदिक काल देखिनै सत्य (म सत्यलाई प्रेम भन्न रुचाउँछु ) को खोजी दर्शनशात्रिको प्रमुख लक्ष्य थियो । नित्से ले त्यही प्रेम (नृत्य) लाई आफ्नो पुस्तकहरूमा खोज्न सिकायो जसलाई उसले माया मय प्रपान्तरण भन्यो । म पहिले युनानी दर्शनलाई सङ्क्षेपमा बताउँछु । जब मानवले सत्यार्थलाई देख्न सक्दैन थियो तब तर्कलाई जादुको रूपमा बुझिन्थ्यो । प्राचीन कालमा संसारलाई हेर्ने दृष्टिकोण सायद यस्तै थियो । पहिलो चोटि युनानी दार्शनिकहरूले प्रकृतिलाई नियाल्ने तर्क प्रस्तुत गर्न थाले । प्रमुख रूपले प्रमाण र तर्कहरूलाई व्यवस्थित गर्दै ज्ञानको आधार तयार गरे । पारमेनीडेस ( ई.पु ५१५ ) पूर्व सुकराति कालको प्रमुख दार्शनिक मानिन्छन् । तत्वमिमांसको प्रतिष्ठापकको रूपमा पनि पारमेनीडेसलाई युनानी दर्शन क्षेत्रमा प्रमुख मानिन्छ, जसले पछि सत्तामिमांसको बारे पनि बोलेका छन् । दर्शनहरुमा जे जति भिन्नता भए पनि पहिले देखिनै दार्शनिकहरूबिच ‘विचार’ र ‘चेतना’ को मतमा समन्वयात्मक दृष्टि थियो जुन पछिका पाश्चात्य दार्शनिकहरू सम्म पुग्यो । 

पारमेनिडेसले एक मात्र ज्ञात कृति (जुन प्रकृतिमाथि रचिएको थियो, जसको हाल केही अंश मात्र बचेको छ) मार्फत अस्तित्वको सबैभन्दा ठुलो प्रश्न उधार्न खोजेका थिए- ‘एक परम वास्तविकता बाट नै सम्पूर्ण प्रकृतिको निर्माण’ भएको हुन्छ भन्ने तर्क थियो । अझै सरल रूपमा भन्ने हो भने एक मूल पदार्थ बाट नै अन्य बस्तुहरूको निर्माण भएको हुन्छ भन्ने बिचार थियो र अर्को तिर परिवर्तनको तथ्यलाई पारमेनीडेस अस्वीकार गर्थ्यो । उसलाई विश्वास थियो कि जगतको गुण मा परिवर्तन हुन्न र त्यो भ्रम मात्र हो । पारमेनिडेस अद्वैत वादी थियो उसले अस्तित्वलाई एकात्मकतामा स्वीकार गरेको थियो । अर्को तर्फ उसले जगतलाई ‘अस्तित्व’ र ‘अनस्तित्व’ मा विभाजन गरी ‘शून्य’को अस्तित्व लाई यही आधारमा अस्वीकार गरिदियो । अनस्तित्व देखि अस्तित्व सम्भव छैन भनी किटान गरिदियो र भन्यो ‘Nothing comes from nothing’. जसको स्व-अस्तित्व छैन त्यसले कसरी ‘अस्तित्व’को जन्म दिन सक्छ? पारमेनिडेसको धारणा यही थियो । म हेराक्लिटस को एक संवेदि विवेक लाई जोड्न चाहन्छु, उसले भनेको थियो कि "No man ever steps in the same river twice", यसको मतलब परिवर्तन जगतको वैशिष्ट्य हो तर पारमेनिडेस ले यसको विपरीत विचार राख्यो । उसले भन्यो परिवर्तन भ्रम हो, परिवर्तनको विशेषता नयाँ रूप हो, नव अस्तित्व हो र नव अस्तित्वको जन्म त्यतिखेर सम्भव छ जति खेर विद्यमान अस्तित्व ( जसको अस्तित्व त्यतिखेर सम्म हुन्न) नव विशेषता सहित अस्तित्वमा आउँछ । यसरी पारमेनिडेसले अस्तित्वको जन्मलाई नै अस्वीकार गरिदियो । जगतको जन्म हुन सक्दैन (अनस्तित्व देखि अस्तित्व सम्भव छैन) भनी धारणा राख्यो । यदि कुनै बस्तुको जन्म सम्भव छैन भने त्यो नष्ट पनि हुँदैन किनकि अनस्तित्व देखि नव जन्मको आधार देखिन्न । 
rumanamant.blogspot.com

  
थेल्स बाट युनानी फीलोसफि सुरु हुने बर्टन रसल बताउँछन् । सोक्रेटस पूर्वका सबै दार्शनिकहरूले जगतको अस्तित्व र परिवर्तनको व्याख्या गर्न थेल्सलाई नै पछ्याएका थिए । थेल्सलाई युनानको सप्त ऋषि या विद्धान मध्य एक मानिन्छ जसले पहिलो पटक सफल ग्रहणको पूर्वानुमान गरेका थिए । बर्टन रसलको पुस्तक ‘द हिस्ट्रि अफ वेस्टर्न फिलोसफि’ मा उनी लेख्छन् - Philosophy begins with Thales, who, fortunately, can be dated by the fact that he predicted  eclipse which, according to the astronomers, occurred in the year 585 B.C.
पानी त्यो पदार्थ हो जसले अन्य बस्तु प्रकट हुन्छ भन्ने मान्यतामा पारमेनिडेस पुग्छ त्यो नै पहिलो फिलोसोफिकल विचार थियो जसलाई डेमोक्रिटसले २०० वर्ष पछि बदल्दै; अणु नै त्यो चिज हो जो पदार्थ निर्माणको कारक हो भन्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको ज्यामितिमा निगनात्मक तर्क प्रयोग गर्ने काम उनैले पहिलो पटक गरे । पूर्व सुकराति दार्शनिकहरू बिच ‘वास्तविकतामा एकता’ र ‘वास्तविकतामा अनेकता’ जस्ता तर्क प्रस्तुत हुँदै थिए । वास्तविकतामा एकता भन्नेहरू थेल्स, एनाक्सिमाण्डर, पाईथागोरस, हेराक्लिटस, पारमेनिडेस र जेनो जस्ता दर्शनशास्त्री थिए भने अर्को तर्फ एम्पिदोक्लेस, एनाक्जागोरस तथा डेमोक्रेटस जस्ता दर्शनशास्त्रिहरु ‘वास्तविकतामा अनेकता’ जस्ता तर्क प्रस्तुत गर्थे । युनानी दर्शन वा आधुनिक दर्शन अध्ययन को लागि यो अलौकिक दर्शनशास्त्रिहरुलाई अध्ययन नगरी हुन्न, यसै सन्दर्भमा जोहानस हिर्शबर्गर को पुस्तक ‘द हिस्ट्रि अफ फिलोसोफि’ मा उसले लेखेको छ – ‘....A query of this kind, touching as it does the value of ancient philosophy, can be disposed of in one sentence: Ancient philosophy has given to mankind the spiritual heritage upon which Western philosophy still nourishes itself.’ यसैले यी दार्शनिकहरू सम्म नपुगी धरै छैन । 
एनाक्जिमाण्डर (ई.पु ६१०-५४६) थेल्सको शिष्य थियो र उसले गुरुको ‘पानी’ मात्र को पदार्थ लाई ब्रम्ह्ण्डको एक मात्र तत्त्व मान्न चाहेन बरु त्यो एकीकृत पदार्थ ‘अनन्त’ हुन सक्ने खयाल गर्‍यो जसलाई पछि एनाक्जिमेनेस (ई.पु ५४५) ले ‘पानी’ भन्दा ‘हावा’ पदार्थ बरु सम्भाव्य हुनसक्छ भन्यो । पूर्व सुकरात कालमै जगतको उत्पत्ति सम्बन्धी विभिन्न विभाजनहरू देखिए । पछि पाइथागोरसले जगत् को जन्ममा पानी तथा आगो जस्तो भौतिक तत्त्वको हात नभई ‘सम्पूर्ण जगत् को वास्तविकताको सही वर्णन गणित र सङ्ख्या बाट सम्भव छ’ भन्यो । वास्तविक समग्रता को विचार गणितीय कानुन बाट हेर्न सकिने मत राख्यो । पाइथागोरसको समय ई.पु ५७२ देखि ५०० सम्म को मानिन्छ । यहाँ म आईज्याक न्युटनको भनाई लेख्न चाहन्छु – "If I have seen further, it is by standing upon the shoulders of giants" किनभने युनानी दर्शनको काँधमा नबसी हामी आधुनिक दर्शनमा पुग्नै सक्दैनौ ।