केही दिन अघि एउटा भाइ ले सोध्यो WHY DO YOU WRITE?’
TO F*** OFF MY MIND.  यसै भने । उसले अर्को प्रश्न गरेन । सायद उसले मेरो जवाफ बाट म किन लेख्छु भन्ने सार्थकता पहिल्यायो होला ! तर हवाई डु आई राइट?

मैले उसलाई त्यो जवाफ फर्काउन्जेल एरिक आर्थर ब्लेएरको 'WHY WRITERS WRITE' लाई खुब सम्झे । अरवेललाई हामी कल्ट क्लासिकको लागि प्रख्यात मान्छौ। उसको हरेक किताबहरूले मलाई केही न केही प्रभाव छाडेकै छ । मैले ब्लेयरको ANIMAL FIRM कहिले पढेँ त याद छैन तर त्यस लेखाई ले मेरो दिमागको बाक्लो तुवाँलो भने पन्छाएको हुनु पर्छ । म अरवेलको प्रशंसक भने होइन, यसो भनु म कसैको प्रशंसक होइन । म आफ्नो एकांकिपना मेटाउन लेख्छु कि या आइ राइट टु स्टिर माई चाइल्डहुड, युथ .. सो अन, या म डेकार्टको सन्देहवाद देखि उत्प्रेरित छु जसरी म सत्य ज्ञानको लागि लागिपरेको छु । म देखाई मा त्यति ऊर्जाशील छैन तर देखेको कुराहरू माथि भने पक्कै सन्देह राख्न सक्छु त्यसैले अनन्त ज्ञान को लागि म सधैँ खुल्ला हुन्छु ।  मेरो सबै भन्दा पहिलो सम्झना के हो जसले मेरो उत्कटतालाई उमाल्छ । मलाई मुठ्ठी कसेर हिँड्ने मानिसहरू देखेर उदेक लाग्छ । के तिनीहरूको हत्केलाले हावाको आभासलाई सम्झेको छ होला ! म मेरो दिमागलाई यसैले खुल्ला राख्न चाहन्छु त्यसको लागि दिमाग सुख्खा हुन्जेल पढ्छु र त्यसको प्रतिक्रिया उपर अटुमको सडकमा म्यापल लिफ झरेझैँ शब्दहरू खस्छन् होला जसले मानिसहरूको संवेदना माथि कृतझ हुन खोज्छन् तर म सधैँ त्यति चनाखो भने
देखिन्न । मेरो लेखाई त्यतिकै झुर छ जति म झुर देख्छु । के मैले साँझमा बयरको रुखले निकाल्ने हावाको सुसेलिलाई कहिले लेख्न सके त? घर फर्किरहेको साँझको सारौंको बथानको दिनभरिको थकान लाई लेख्न सके त? म ढोँग गर्छु लेख्न । सायद आथर्र ब्लेएरले भने झैँ म चलाख देखिन मात्र लेख्छु । मरे पछि केही छोड्न खोजेको हो कि अरवेलले भने झैँ । होइन । म शब्दहरूको सौंदर्यता देखि प्रेरित छु । मलाई शब्दहरू कुनै नाड्गो युवती झैँ प्रतीत हुन्छन् । मोहित पार्छन्। म शब्दहरूलाई बकवास्किलाई आइमाईहरूले पछ्याए झैँ पछ्याउँछु । कामुक शब्दहरू । म त्यति शब्दाडम्बर छैन । मैले लेख्ने कुराहरू त्यतिकै सरल होस जति मेरो तर्कना हुन्छ भन्ने लाग्छ । कहिले कहिले भने गुजुल्टिएको शब्दहरू ननिस्किँदा डोना रिडको सरलताले मुर्छित पारे झैँ म लगभग कोमामा पुग्छु । म उसको मंजुल सिनेमाबाट स्खलित हुन्छु, हो, सायद म यस्तै सम्मोहनले भरिपूर्ण काव्यको सिर्जना गर्न खोज्दै छु ।
यसरी पनि भनु डोना रिडले झैँ कोही फिमेल क्यारेक्टरले मेरो लेखाइबाट प्रसन्न भएर भनोस् । स्याल आइ ड्यान्स विथ यु ? के थाहा म अरवेलले भने झैँ यस्तै SHEER EGOSIM को लागि पो लेख्छु कि । म कहिले कहिले म किन लेख्छु जस्ता अनवान्टेड लेख पनि लेख्छु त्यो पनि अनकसियस ड्रक्कन माईन्डमा !
शताब्दिऔ पहिले जसरी श्रीमान डन किवटेले पढ्दा पढ्दै आफ्नो दिमाग सुख्खा गराएको थियो त्यसै गरी म लेख्दा लेख्दै ड्राइ हुन चाहन्छु । पछि केही बाँकी नहोस्, भन्न लाई, लेख्न लाई, झार्नलाई ।
म युरोपमा उर्लिएको मानवीय चिन्तनको ज्वामुखिलाई लेख्न चाहन्छु । म Elton John को नकिटा को चिसो आँखालाई फेरि लेख्न चाहन्छु वा ब्युँताउन चाहन्छु । Michel Bolton ले झैँ when a man loves a women भन्दै सबैको कानमा पुग्ने तितिक्षा हो कि ! सायदै मेरो कलमले मानशास्त्र, दर्शन वा इतिहास बोलोस् तर म Tom Joad लाई फेरि जन्माउन चाहन्छु । म अर्को John Fante लाई लेख्न चाहन्छु । Beethoven ले सिम्फोनि ५ सिर्जना गर्दै गर्दाको उसको औलाहरूलाई लेख्न चाहन्छु । यी सबै लेख्दा म दम्भि सुनिन्छु होला तर यी सबै नशाका कुरा हुन् । म नशामा नभई लेख्न सक्दिन सायद झर्दा झर्दैको तारा समाउने इच्छा पो हो कि वा DRINKING ALONE IN THE MOON LIGHT मा झैँ पट अफ बाइनको मुनि आफ्नो शब्दहरू नशातित भएको देख्न चाहेर होला ।

A cup of wine, under the flowering trees;
I drink alone, for no friend is near.

जब आध्यात्मिक असन्तोष वा विवाद हुन्छ तब मानिसले निकास खोज्न थाल्छ । त्यही निकासको उपज कसैले कविता, कसैले कथा, कसैले JOURNEY TO THE END OF THE NIGHT वा कसैले PASSION OF THE SOUL लेख्छ । म चाही झुर लेख्छु ।
मैले धेरै काल दर्शन बुझ्न खुब प्रयास गरे तर न कहिले फिलोस लाई बुझेँ न कहिले फिलोसको पछि लाग्ने सोफियालाई बुझेँ । मैल अहिले भन्न खोजेको कुरा यो होइन । म किन लेख्छु । प्रश्न यो थियो । गीतामा एउटा श्लोक छ जसको अर्थ ‘यो संसार हरेक क्षण बदलिरहन्छ त्यसैले यस्तो बदलिने कुरालाई कसरी सत्य भन्ने ।‘ म त्यही शेष असत्य लेख्न खोज्छु जुन केही कल्प टाढा छ म बाट । मैल सक्दिन भेट्न । सात्रले अस्तित्ववाद दुनियाँको लागि खोजिदिएको होइन त्यो लडाई उसले आफू सँग गरेको थियो । उसले दुवै आँखा बन्द गरेर एग्ज़िस्टंत्सियनलिज़म हामीलाई दिएको हो । मलाई नजिकबाट चिन्नेले सायद मैले किन दुवै ‘आँखा बन्द गरेर’ भने भन्ने कुरा अडकल गर्न सक्छन् । म त्यस्तै अस्वाभाविक दुबिधा मा छु जसले मेरो अस्तिव माथि प्रहार गर्छ । म त्यही प्रहारको प्रचंडतालाई कम गर्न शब्दहरू ओकल्छु । झुर शब्दहरू ! 

नमन !