हँ, के हामि भित्र ईश्वर छ त । प्रिय, पाठक । म यस प्रश्नको जवाफको लागि तिमिलाई एक लेखकको मा छोडिदिन्छु । उसले भन्छ । म त्यहि कुरा तिमिलाई सुनाउँछु । तेस्रो कानबाट तिमिले त्यहि सुन्छौ जसलाई उसले संस्विकृति को रुपमा तिमिलाई सुनाउन चहान्छ ।

'स्वागत छ, एक लुन्याटिक असाईलममा ।
उसले कलमको टुप्पोलाई कपडाको टालोले पुछ्यो र फेरि कागजमा केहि कोर्न थाल्यो । म तिमिलाई भन्छु । 'के तिमि यस बिक्षिप्त ड्रईङ रुम भित्र आफ्नो घर झैं आरादायी अनुभव गर्न सक्छौं ?' यो भयानक र भयकंर छ । म संग केहि प्रस्ताबनाहरु छन् जसले कथालाई मुलायम बनाउँछ । उसले केहि लेखिसकेको छ । उ शान्त समाधिको मुद्रामा ध्यानमग्न छ । मलाई थाहा छ तिमिहरु मानसिक कष्ट को चौघेरा भित्र लडिबुडि गर्दै छौ, तर म बाचा गर्छु सबै दण्डहरु ढिठ पर्दा हुदैनन् । उसले कागजलाई जलाईदिन्छ । के उ हामिबिचको खलबलले अनिष्टमा परेको हो ? उसले लेख्दै गरेको उत्साहजनक काहनि लाई बिर्सियो होला ? तुरुन्तै उसले कलमको टुप्पोलाई कपडाको टालोले पुछ्यो र फेरि कागजमा केहि कोर्न थाल्यो । यो त समस्याको चक्र जस्तो भयो ।
प्लिज, बि क्वाएट ।
अाउ एकछिन ध्यान मग्न अबस्थामा बसिदिउँ । तिमिले उसको आँखाको निमिलनलाई देख्यौ ? उसले यतिखेर आफ्नि प्रेमिकाको चिन्तनमा सम्पुर्ण आफुलाई हराई सकेको छ । यस्तो ध्यानास्थ बिचलनलाई के भन्ने ? प्रेम यो होईन । यदि यसो हो भने यस्तो पुर्ण सम्मोहनको अवस्था मा उसले सबै कुरा नलेख्न सक्छ । उसको पुर्वाभास लाई हामि आफैंले कुनै हद सम्म अनुमान गरे झैं गर्नु फलदायि हुन्छ किनभने केहि कुराहरु कलमको गर्भ भित्रै सुहाउँछन् । बाहिर निस्के पछि ति प्याथेटिक बन्छन् ।
अनि त्यो आवाज ? त्यो तपाईको आफ्नै हृदय काँपेको स्वर हो । यो त कुनै मन्दिर को घण्टा बजेको जस्तो भयो । आध्यात्मिक आकर्षण ! होईन ? उसको शब्दहरुले यस्तै दुर्बल मान्छेहरु छान्छ । तपाई जस्तो ।
उ कथाको अारोहमा छँदा हामि यता उसैको शब्दहरुको अबरोहको म्याजिकल उल्लासमा हुन्छौं  र यो पनि ख्याल गर्दैनौं कि यो पारभौतिक कथानक लाई कसरी काजगमा उतार्ला । अचानक, अहिले बेग्लै घटना घटको छ ।
उ हठात बर्बराउन थाल्यो ।
गएको हिउँद, या बर्खा पछि ।
होला,पातहरु छरिएको बगैंचामा यतै कतै तिम्रो ग्रेभ ढुङ्गा माथि म थचक्क बसेको हुन्थें ।
अब, त्यो ओसिलो माटोमा तिम्रो संझनाको गन्ध रहेन । ब्यर्थै, अझै, म शोकमा डुबे हुँला ।
एलिग गाउन छोडेपछि उसै गरी कलमको टुप्पोलाई पुछ्छ ।

बाहिर हिउँ परेर थामिएको हो भने झैं गरी उज्यालो छरिएको छ । घाम उसको अनुहारमा टाँसिन्छ । उ पसिना पसिना भई सकेको छ । उस भित्र कस्तो डर होला? उसले यस्तो तुफानलाई रोक्न सकेन भने बगैंचाको अग्रस्थानमा रहेर चिच्चाउँछ । उसको भयको सबुत या साक्षि हामि छौं । यो बिक्षिप्त ड्रईङ रुमको परिधिबाहिर कोश कोश सम्म  उसको बेचैनि फेैलिएको छ । हामिलाई उसले भयानक रनाहामा पारेको हो । उसले जिबनको मानक बुझाइको यस्तो उन्नत बर्णन लेख्ला भन्ने मैले सोचेको थिईन । त्यहि बगैंचामै उभिएर उसले छद्म भेषको काँचुलि फेर्छ ।
कसैले थाहा पायो, उसले भर्खरैअर्कोपटक आफ्नो दैबिय कलमको टुप्पो पुछेको छ ।