अाज अाँखाको कुरालाई केहि अोझेलमा छोडौं, अपितु: सौन्दर्यको कुरा गरु, तर कसको सौन्दर्य ? हुन त म सबैको सौन्दर्यप्रती सदा आकृष्ट र उन्मुख रहन्छु, यसको बाबजुत म मा निकृष्ट सौन्दर्यको अबचेतना नरहेको होईन । म ति आसाधारण रुपले बिकृत रहेका प्राणि र प्राणि चेतनाको पनि गर्वका साथ कुरा गर्छु । एक पटक मैले लेखनाथ पौड्यालको तरुण तपसि पढेको थिए । त्यति खेरै हो म पश्चिमिबादहरुको भयंकर अध्यनमा लागिपरेको हुँ । क्लासिसिज्मको नजिक रहेको पौडेलको त्यस कृतिले मलाई प्रभाब पार्यो । कृतिको रुपले मलाई कुनै तरुणि केटिले झैं झ्वाम्म अंगालो हाल्यो । हो यसैलाई सौन्दर्य भन्छन् होला ! म पनि लेख्न (लेखक बन्न होईन) थालेको थिए । भर्खरै केहि थान निम्फोमेनियाक कथाहरु कोरलेको थिए । धन्यबाद ग्लाभ्सको र ईश्वरको गर्भबाट भन्ने एक पेयर कथानक लेखिभ्याएको थिंए, अनि केहि याम नै मैले ति कथाहरुको सौन्दर्य को गुदि खोतल्ने प्रयासमा बिताए, अरु कथाहरु लेखिन ।
पहिले अरु केहि कुरा गरुं !
साहित्यमा कुनै क्लासको कुरा हुन्छ, कुनै बिषयलाई निगुढ र सबिस्तार बर्णन गरिएको हुन्छ । कसैमा स्वच्छन्तताबाद को झल्को हुन्छ त कसैमा अादर्शबाद या भबिष्यबाद या त अस्तित्वबाद । मैले पढेका र पढ्ने कृतिहरुलाई म यस्तै बादहरुको बिभाजनमा राखेर तौलिन्छु । नटबिथस्टाण्डिंग, मेरो कथाहरुको बाद के हो त । म केहि नयाँ होस् भन्ने मा लागिपरिरहें । अलि पछि मिमोसा र अात्मदहन कथा लेखे तर त्यसमा पनि कुनै क्लास र सौन्दर्य थिएन । रुसोले आफ्नो अन्तिम तथा प्रभाबशालि पुस्तक 'कन्फेसनमा' एउटा उद्घोस गरे । 'मेरो बनोट मैले देखेको कुनै पनि ब्यक्ति संग मिल्दैन; मेरो दृण आत्मबिशवास छ-म कुनै पनि जिबित वा प्राणवान् व्यक्तिभन्दा असल वा राम्रो नहुँ सहि, तर म कम्तिमा पनि सबैभन्दा बेग्लै खालको चाँहि अवश्यै छु ।' यसो भन्ने रुसो रोमान्टिसिज्मका जन्मदाता नै मानिन्छन् । न म असल छु, न असल लेख्छु- यस हिसाबले मैले लेख्ने कथाहरु पनि कुनै वर्गका रहेनन् । यस अर्थमा म रक्सि, चुरोट र अतियथार्थ बादबाट प्रेरित रहेछु । ईश्वरको निन्दा गर्ने, प्रकृतिको नियममा बिद्रोह राख्ने, अनपेक्षाकृत
रुपमा सामाजिक प्रवाहको बिरोध गर्ने र आफ्नो कुटिल स्वभाबलाई दबाउने अभियानमा मैले केहि निम्नस्तरका कथाहरु लेखिभ्याँए तर रुसोले भनेझैं म बेग्लै खालको चाहिं अवश्य छु । औधोगिक क्रान्तिको कारणले युरोपमा देखापरेको बैज्ञानिक जटिलता लाई केहि उच्च बर्गिए लेखकहरुले निम्म बर्गप्रतिको देखाएको भाबनानै रोमान्टिसिज्मको केन्द्न हो भन्ने पनि केहि तर्क छ यसरि मैले सुरुमा केहि कथाहरुलाई पुर्व साहित्यिक नियम र परिबन्दबाट छुट्टै राखि साहित्यको रुप र संरचनात्मक तत्वलाई बेबास्ता गरि लेखें । मेरो भनाईको मतलब मेरो कथाहरु रोमान्टिसिज्मको आत्मपरकता भन्दा पनि पर पुगेको छ । जसलाई म उत्तर-आत्मपरक कथाहरु भन्न रुचाउँछु । अनि अर्को भिन्नता भनेको, पख्नुस्, रक्सिको एक प्याला पिउन दिनिहोस् ।
अँ त ! अर्को भिन्नता भनेको म तर्कबादि युग बाट केहि परै छु र म कसैलाई आदर्श मानेर लेख्दिन । म आदर्शको परिघेरा बाट टाढै छु । आईडिलिस्टिक हुनु भनेको आफ्नो आत्मा अरुलाई सुम्पिनु हो, त्यसको म बिरोध गर्छु । यस अर्थमा म नैतिक आदर्शको लागि लाएक छैन ।
म आदर्शबादको बिरोधि हुँ पनि भन्दिन किन भने यसो भन्दा प्लेटो र सोत्रेटस जस्ता दार्शनिक को अबहेलना गरे जस्तो देखिन्छ तर हु केयर्स ! म आईडियालिस्ट होईन । आदर्शबाद ले भने जस्तो सत्यको मुलभुत स्वरुप वा परम सत्य बास्तबमा त्यहि आदर्श हो र त्यो ईश्वरको नजिक रहन्छ; म ईश्वरको अबहेलना गर्ने कसरि आदर्शबाद बाट प्रेरित रहन सकुँला तर म कान्टको पदार्थको सम्बन्ध मानिसका ईन्द्रिय- प्रत्यक्ष ज्ञान वा अनुभब संग रहन्छ भन्ने बिचार संग चाहिं सहमत छु । यस अर्थमा म बिरोधाभास लाग्छु तर यता उत्तर-आत्मपरकताको कुरा हुँदैछ, यु नो ह्वाट आई मिन !
बाँकि अर्को दिन । नशामा धेरै आफ्नो गुह्यकुरा खोल्नु राम्रो होईन ।