म अहिले छाँया नभएको मान्छे को कल्पना गर्दै छु ।
भयंकर दु:ख र अफसोचमा छु । अहिले म दु:खी हुनुको रहस्य तिर नछिरौ । यो क्याजुअल दुनियामा म दु:खि हुनुको फ्याक्टर एउटै छ । मेरो अधिल्तिर अहिले नाथे कुमारका केहि थान सर्लियल कथाहरु छन् तर म एलिएटको वेस्ट ल्याण्ड कण्ठ गर्न लागिपरेको छु । कबिताको पर्दा यस्तो बाक्य बाट सुरु हुन्छ ।
...अप्रिल ईज द क्रुलियस्ट मन्थ ।
तर यो अक्टोबरमा म चिन्तित हुंदै छु । रिजन गड नोज ।
अर्को छेउमा बोगि एण्ड ब्याकोल को प्रेम कहानि 'कि लार्गो' सुन्दै छु । म यो गित लाखौ पटक सुन्न सक्छु । वेस्ट ल्याण्ड को म्याडाम सोसिसट्रस ले मेरो लागि कुनै सुनौलो भाग्य हेर्दिए कस्तो होला । म बर्षको कुनै महिनाहरुमा दु:खि हुनुपर्दैन थियो । के उसले मेरो छायाँ चोरेर भागेकि हो ? उसले मेरो स्मरण र आँखाहरुको बारेमा केहि भबिष्यबाणि गर्लि ! माफ गर्नु होला मैले प्रश्न चिन्नको सट्टा अर्थोकै प्रयोग गरे किनकि यसको उत्तर ईश्वर संग पनि नहोला । पप लेजेण्ड माईकल अहिले भन्दै छ ..
There's A Place In
Your Heart
And I Know That It Is Love
And This Place Could
Be Much
Brighter Than Tomorrow
And If You Really Try
You'll Find There's No Need
To Cry
In This Place You'll Feel
There's No Hurt Or Sorrow
तर मेरो खोपडिमा अनौठो बाक्यहरु दौडिन्छन् । म कपुरको बास्ना र शितको स्पर्श संझन चहान्छु यति खेर । मदानिले ठेकिको पिधं घोटेको सन्नाटामा केहि बेर नोस्टालजिक हुन आतुर हुन्छु । धमिलो हुँदै गईरहेको वयोबस्थाको स्मृतिहरुसंग धुमिल हुन चहान्छु ।
'टु हेल विथ संझना' मेरो बर्तमान मष्तिष्क यस्तो भन्छ ।

अब हिजोको कुरा गरौं । भाईटिका । मन पर्ने चाड भनुँ या मन नपर्ने । बहिनिहरुको आत्मियताले हृदयको कुना कुना छोयो तर मैले एउटा अाँखा घरमै छुटाएको थिए । बिजोड आखाँले सुन्दर सन्सार नियाल्नु कति उचित होला?
मेरो कथाकि पात्र लुमन्ति भन्छे 'म आफ्नै छायाँ देखेर बिरक्त भईगए ।'