'भरोसाको अगाडि समय केहि होईन ।' तपस्विले कारागारको ढोकामा उभिएर भन्यो ।
'उसो भए समय के हो ?' बर्दिधारि मानिसले चर्को स्वरमा आदेश दिन्छ ।
'समय दास हो ।' तपस्वि बाहिर अनुयायिहरुको जयजयकार स्वरले हर्षविभोर हुन्छ ।
उसले यसो भन्ना साथ नजिकै उभिएको जेलरले गालामा एक थप्पड लगायो र भन्यो । 'दास तँ होस्, समय होईन ।' र संगै उभिएको एक अनुयायिले आफ्नो अनुहारको रगं बदल्यो । उ पहेंलो भयो ।
***

एक लाटि केटि जसले जन्मदिनमा पियानो उपहार पाउँछे र तथ्य  यो हो कि लाटो मान्छे अक्सर सुन्न पनि सक्दैन । 
'उसले संगितलाई पछ्याउन सक्दिन ।' एक सामान्य बिहान उसले आफ्नो मालिक लाई यस्तो सुनायो । र फेरि थप्यो । 'तर उसले औंलाको लयलाई समात्न सक्छे । यो सामान्य ठट्टा होईन र उ राम्रै संगित बजाउन जान्दछे होला ।' हिजो त्यस केटिको जन्मदिन मा 'मानिस'ले उपहारहरुको थुप्रोको बिचमा हलचल नगरि ऊभिएकि जिनिसलाई देखाउँदै ईशारा गरेको थियो । उ उपहारहरुको थुप्रो छेउबाट निस्किई र उसले पहिला हजुरआमाको गोडा छोई । पछि सबै पहुनातिर हेरेर निमन्त्रणा स्विकारेको मा साधुबाद दिई । उसकोओठहरुले त्यहि भने होलान् । 
साझँ जेलरको घर अगाडि एक तपस्वि आएर ऊभिन्छ । त्यसको अनुहारमा देखिएको उज्यालोले पहिला मानिसको आँतलाई छोएर गयो । मानिस त्यस तपस्विको सामु नतमस्तक भएर उभिन्छ । मानिस बोल्छ । 'म केहि सेवा गरुँ ?' तपस्वि अंहकारको अट्टाहस गर्छ । भन्छ । 'के म तिम्रो सेवाको भोको देखिन्छु त ?'  
दुबै मानिसहरु केहि क्षण उदेश्य बिहिन गलफत्तिमा फस्छन् । उनिहरुको भित्रको अंहभाव र दंभले तिनिहरु अन्धा थिए । तिनिहरु बोल्न सक्थे । तिनिहरु सुन्न सक्थे तैपनि तिनिहरु लाटा र बहिरा थिए । तपस्विले आखिरमा उदेश्य खोल्यो । 'म तिम्रो छोरिको लागि केहि उपहार लिएर आएको हुँ ।' उसले टिनको सानो बाकस मानिसको हातमा राखिदियो । यति भनरे तपस्वि हिड्यो । 
मानिस टिनको बाकस लिएर छोरिको कोठामा भित्र पस्छ । छोरि पियानो मा औंलाहरु निकै हिफाजतले चलाउँदै थिई । उसले पिताको आगमन को सुईंको पाउँछे । मानिसले उपहार फिङ्गरिङ चार्ट सगै छोडिदिन्छ । केटिले बाकसको बिर्को उघार्छे । हातहरु बाकस भित्र छिराउँछे । त्यहाँ केहि उपहार थिएन । उसको हृदयझैं बाकस रित्तो थियो । 
बिहान नोकर मानिसको आगाडि हतास झैं उभिन आईपुग्छ । उसले मालिककि छोरि कोठामा नभएको जानकारि दिन्छ । जेलर अशुभ समाचारले केहि क्षण मुर्छित झैं हुन्छ । त्यसले तपस्वि संग हिजो साझं भएको उदेश्यहिन गलफत्ति संझिन्छ । त्यसको आँखा भित्रको बैरभाब मा उसले आफु बदलाको शिकार भएको महशुस गरेको थियो । र तपस्विले भनेको संझियो । 'मालिक पनि दास बन्छ समय बिग्रिएको बेला ।'

  म त्यस पियानो बाट निस्कने संगित थिएं । संगित त्यति चिसो हुँदैन थियो । आत्मालाई नछोए पनि त्यो वाफ बनेर केहि पर पुग्यो । र बिलायो । 
म अाजकाल कारागार भित्र सुनिने गर्छु ।