पहिला त, हिजो राति उब्रेको ह्विस्किको अन्तिम गिलास उसले बिहानै पियो त्यसमाथि संझिन खोज्यो बितेको रात उ कस-कस संग थियो । भत्केको स्कुलको बाटो हुँदै जाँदा उसले आठ चक्के ट्रकबाट कसैलाई देखेकै हो । उसले टाउको मुसार्यो र आफ्नो जिर्ण संझना प्रति खेद देखायो । केहि याम उसले बाटोको छेवैमा त्यस संझन नसकेको क्रियचर संग नाचेको थियो । होईन त?
माई फ्रेण्ड उसलाई मिनि म्यान भन्छन । हि ईज अ मिनि म्यान अफ मिनि टाउन । उसको छोटो खुट्टाले ट्रकको ब्रेक कहिल्यै भेट्टदैन बाबजुद उ कसरि ट्रक चलाउँछ भन्ने कुरा मिनि टाउनका मानबहरु माझ रहस्यकै कुरा हो । एनिवेय, लिभ हिम अलोन । उ थकित र भयभित छ ।
उ भयंकर खुसि थियो । बिहान उसले भजन सुन्यो । झ्याल आधा मात्र उघार्यो । हतासमा उसले केहि सिग्रेटहरु पियो र झ्याल पुरै उघारि दियो ताकि बतास सिधै कोठा भित्र पसोस् । उ कसैलाई पर्खिरहेको हो भन्ने कुरा त्यति बेला सम्म अज्ञात थियो जति बेला उसले छिमेकि घरको भाग्यमानि कुकुर भुकेको सुन्यो । उ सतर्क बन्यो । केहि क्षण ढोका छेउ भएको फाटेको जुत्ता लाई प्रच्छन्नता साथ नियाल्यो । हतार हतारमा जुत्ता लगायो । अघिपछि भन्दा केहि बढिनै निरवता मडारिएको थियो उसको मन भित्र । कोठा बाट बाहिरिनु भन्दा पहिले उसले कोठालाई सरसर्ति पुनरावलोकन गर्यो । उ फेरि भित्र छिर्यो र नमिलेको जिउ पुछ्ने रुमाललाई मिलाएर झ्याल छेउमा सुक्क छोडिदियो । बास्ना छर्ने मैनबत्ति बालेर उसले समादान लाई पुस्तक राख्ने दराज माथि छोडिदियो । बतासले मैन बत्ति निभाउन सक्थ्यो । उसले नाकलाई कोठाको चारैतिर फनक्क घुमायो । चुरोटको नमाज्जाको गन्ध शेष थिएन । झ्याल ढप्कायो । उसले निराशाजनक अंधकार आफ्नो निजि कोठाको आधा भागमा देख्यो । मैनबत्ति भएको आधा भागमा अझै उज्लायो थियो । खुट्टाबाट फाटिसकेको त्यहि जुत्ता फुकालेर मैन बत्तिलाई हिर्काईदियो । अब, कोठा बिलकुल अध्याँरो मा हरायो ।
उ हराईरहेको आफ्नो जुत्ता त्यहि अंधकार मा खोज्दै छ ।