जाल-अल-फाक्सा, धनुष-बाटो हो । उत्तर तिर बाट उदाउने सुर्यले दक्षिण तिर अस्ताउँदै जाँदा धनुष अकारको बाटो बन्छ जुन आधा योनि अकारको हुन्छ । मानिसहरु त्यसको आकर्षणतामा पागल बन्छन् । त्यसको सुन्दरतामा बेचैन हुन्छन् । जब सुर्य आकाशचोटिमा आईपुग्छ त्यहिखेर तापक्रम उच्च बिन्दुमा हुन्छ । ठीक त्यहि बिन्दुको मुनितिर पृथ्विमा ९० डिग्रिको कोड बन्छ । जहाँ खगोयक्षको झोपडि छ । परेना र परन्तपुरमै यो यस्तो पबित्र-बिन्दु-स्थान हो जहाँ गुरुत्वाकर्षण को प्रभाब अत्यन्त छ । उसको झोपडि अगाडि बिचबाट आधा चिरिएको डरलाग्दो देखिने अजशृङ्गीको रुख छ जसको आधा भाग मुजबन्द पर्बतिर ढल्किएको छ र आधा छेउ अन्तिमा नदि तिर । यो रुख प्राचिन कालमा चट्याङ पर्दा चिरिएको हो भन्ने खोज पनि खगोयक्षले गरेको हो । उ निकै मोटो किताब लेख्दै छ । जब उसको पुरानो मित्र अजमाइस ले बोकादन्तराको कहानि सुनायो तब उसलाई पनि केहि लेख्ने ईच्छा लागेको हो । बोकादन्तराको अर्थ जन्मदै नजन्मेको भन्ने हुन्छ। जसको जन्म भएको छैन उसको कस्तो कहानि हुन सक्छ; यहि कुराले खगोयक्षलाई प्रेरणा मिल्यो ।
उसलाई आफ्नो जिबन-अनुभबबाट प्रेमको सात खुड्किला हुन्छन् भन्ने बोध भईसकेको थियो । बिकर्षण, सम्मोहन, प्रणय, भक्त्ति, आरधना, मनोग्रस्ति यि खुड्किला नै ब्रम्ह्ज्ञान हो । जब कसैलाई यि अजायब कुराहरुको बोध हुन्छ उसले अन्तत संसार जित्छ । उसलाई यतिले मात्र पुगेन । उ अब नब युग को कल्पना गर्न थाल्यो । उसलाई संसार फेरि ध्यान, जप, तपस्याले प्राधान्य होस् भन्ने मनोकांक्षा जाग्न पुग्यो । पछि उ बागुरा गुफामा पुग्यो । त्यहिं उसले कृत-युग वा सत युग को कल्पना गर्यो । बागुरा गुफामा उसले एक बर्षमा अठहत्तर लाख चौरासि हजार ‘हंस’ जप गर्यो र साठि बर्ष बितायो । फलस्वरुप: उसलाई बागुरा गुफामा ईन्द्रिय ज्ञान भयो । झट्ट उसको अगाडि एक महको पोखरि देखियो । उसले त्यहि पोखरिमा डुबुल्कि लगायो ।
***
उसले एकदिन सपना देख्यो, त्यहि चिरिएको रुखको मध्यभाग बाट कोहि बाहिर निस्कैंदै थियो । त्यसको टाउको मरिचको ठुलो गोलो जस्तो थियो; कालो र चाउरिएको । शरिर सामान्य मान्छेको जस्तो थियो र कसैले मह मा भर्खरै चोपलेर निकालेको जस्तो शरिर च्यापच्याप थियो । उ ब्युँझियो । उसलाई लोकदन्तिहरुमा बिश्वास छ । उ झोपडिबाट बाहिर आयो । जाल-अल-फाक्सा झोपडिको माथि उदाएको थियो । जब सुर्य ठिक आकाशचोटिमा आईपुग्यो । जाल-अल-फाक्साको ठिक बिच हुँदै एक किरणको रेखा झुपडिको माथि बाट पस्दै थियो खगोयक्ष बायुबेगले दौडिएर झोपडिको बिचमा गएर पलेटि कस्यो । त्यो रेखा उसको तालु माथि आएर रोकियो । श्वास बाहिर फ्याँक्दा उसको मुख बाट ‘हं’ ध्वनि आउँदै थियो र भित्र छिर्दा ‘स’ ध्वनि उच्चारण हुँदै थियो । राफले उसको कपाल डडे पनि गोकुल धुप बाल्दा जस्तो बास्ना आईरहेको थियो । पातलो धुँवाले पहिला झुपडि भरियो र त्यो धुँवा निष्क्रिए हुँदै परेनाको आकाश मा पुग्यो । ईन्द्रेणि छोपियो । तत्काल त्यो लामो धर्सो प्रकाश हरायो । खगोयक्ष बेहोसिमा मझेरिमा उत्तानो पर्यो ।