कसैले उल्टो बग्ने नदिको कल्पना गरेको छ ? म कुनर्या नदिको कुरा गर्दैछु । यो नदिको पानी छुँदा भाकल पुरा हुन्छ, मनोकामना पुग्छ । यस नदीको अन्त खोज्न खगोयक्षले आफ्नो जिबनको सुनौलो ६० बर्ष खर्च गर्यो ।
कुनर्या नदि तत्कालिन कुरुक्षेत्र को आसपास भएर बग्ने गर्थ्यो । यसैले पनि यस नदिको पबित्रता झल्किन्छ । यस भन्दा अझै बढि यसको अर्को रहस्य र अलौकिकता रहेको थियो त्यहि पत्ता लगाउन खगोयक्षले आफ्नो जिबनको सबै ईतिहाँस खर्चियो ।
गएको हजारौं बर्षमा यस नदिको अनेकन कहानिहरु सुनिए र सुनाईए तर यसको खोजिको कौतुहलता कसैले लिने साहाँस गर्न सकेन । परेनाका गाउँलेहरुले पनि यस नदिको कहानि नसुनेका त होईनन् तर जब अन्तिमा नदिले गाउँको मझधार बाट आफ्नो बाटो बनायो तब कुनर्या नदिको नाम हराउँदै गयो ।
अर्को बिश्वासै नलाग्ने कुरा कुनर्या मुजबन्द पर्बत को दक्षिणतिर को पहाडबाट तल झर्छ जहाँ सुर्यास्त हुन्छ । परेना दुनियाको एक्लो गाउँ हो जहाँ उत्तर बाट सुर्योदय हुन्छ र दक्षिणमा अस्त हुन्छ । नदि झरनाको पछाडि बग्छ र नदिको पिंधमा शंखनाद सुनिन्छ । त्यो शंखको ध्वनि पनि त्यतिनै प्राचिन छ जति खगोयक्षको उत्पतिको कहानि । खगोयक्षको जन्मलाई लिएर परेनामा अड्कल बाजि चल्छ । अनेकौं पहेलिहरु मध्य एउटा पहेलि सबै भन्दा बढि सुनिन्छ । धेरैले भन्छन् उसको जन्ममा गायत्रिको हात छ । गायत्रि सुलेखाको बहिनि हो र सुलेखाको तबेलामा भएको मक्षदा नामको घोडासंगको संबन्धबाट खगोयक्षको जन्म भएको हो ।
भनिन्छ बिहेपछि निकै बर्ष सम्म पनि सन्तान नभएपछि गायत्रिले सोमबारको दिन कुनर्या नदिको पानि छोएर भाकाल राखेकि थिई र तबेलामा गयर सुस्ताउँदा मक्षदाले उसको शरिर भोग्ने चहाना राखेको हो । यसरि गायत्रिको कोखबाट खगोयक्षको जन्म भयो ।
सबैलाई थाहा छ त्यसदिन मुजवन्द पर्वतमा के भएको थियो र कसैलाई थाहा छैन त्यहि क्षण मुजवन्दको पातालमा के भएको थियो जसले अबको बाँकि कहानिहरुमा प्रत्यक्ष प्रभाब पार्छ । परेना सानो उपत्यका हो जहाँ दुई गाउँ छन् र गाउँको सिमान अन्तिमा नदिले छुट्टाएको छ । मुजवन्द पर्वत उपत्यकाको दक्षिणतिरको भागबाट उत्तर तिरको हिमालय पर्वत सम्म फैलिएको छ र त्यहि उपत्यकाको बाहिरबाट कुनर्या नदि बगेको छ ।
परेना यति खेर सुर्योदयको पर्खाईमा छ । गाउँलेहरु उत्तर तिर गुजुमुजुक्क भएर ऊभिएका छन् । परंतपुर बाट कोहि पनि आएका छैनन् र कसैलाई पछुतो पनि छैन । खगोयक्ष को अगाडि ठुलो ओखल छ । ओखल पानिले भरिएको छ । सबैको आँखा ओखल भित्र गाडिएका छन् । यति खेर उदयन एघार बर्षको भईसकेको हुन्छ । उ आफ्नि आमा अपलाको छेउमै उभिएको भए पनि घरि घरि ईनार भए तिर हेर्दै छ । बोक्सि बुढि केशाले अन्तिमा नदिमा जन्माएकि बालिका संग हाम्रो उदयन को भेटको बारेमा रोचक कथा पछि भनुला । तर यति खेर उदयन त्यहि ईनारमा घरि घरि हेर्दै छ । सबै गाउँले उत्तर तिर फर्किएर सुर्यदको प्रतिक्षमा भएकै बेला अन्तिमा त्यहि ईनार बाट सुटुक्क निस्कन्छे । उदयन अन्तिमा लाई संगै लिएर आउँछ । यहाँ अपलालाई मात्र थाहा छ अन्तिमा केशा कि छोरि हो र उ परंतपुरमा बस्छे । यहाँ एनारले बिर्य छादेको ईनारको कथा पनि पछि सुनाउँला जस बाट परंतपुर पुग्ने जादुमयि बाटो उदयनले फेला पारेको थियो ।
सुर्योदय हुन्छ । सुर्यको पहिलो किरण ओखलको पानि माथि पर्छ, त्यो चाँदि जस्तो टल्किन्छ । त्यस प्रकाशको पराबर्तन माथि खगोयक्षले आफ्नो भुंडि छेउको पटुका बाट केहि कुरा निकाल्छ र ओखलको पानि भित्र हालि दिन्छ । पानि भुल भुल गरेर उम्लन थाल्छ, त्यसै भुल्को माथि अहिले सम्म कसैले कल्पना नगरेको शंख तैरिरहेको छ । त्यो देखेर परेनाबासि मुर्छित भए । उदयन ले शंख हातमा लियो । त्यो देखेर खगोयक्ष मुस्कुरायो । यो साधारण शंख होईन भन्ने सबैलाई थाहा भईसक्यो । पाञ्चजन्य पछाडिको भयानक कल्पनालाई कसैले सुनाउला । कुनै बखतमा ...