यो संस्मरण हो । कथा पनि । कथाले गौढ गोप्यता भन्छ । गोप्यता तपाँईको हुन्छ । मेरो हुन्छ । छिमेकिको घरको गोप्यता कसलाई मन नपर्ला । गोप्यताको सानिध्यमा छलको डम्फु बजाउनेहरु पनि हुन्छन् ।
गोप्यता कता बाट सुरु गरुँ । तिम्रो घरबाट । मेरो घर बाट । तिम्रि श्रिमति बाट । पल्लो घरको झ्याल सँधै खुल्ला हुन्छ । त्यो झ्याल भित्रको गोप्यता मेरो होईन । तिम्रि श्रिमति झ्याल छेउ ऊभिएर हाछ्विउँ गर्छे । मलाई त्यो पनि राम्रो लाग्छ । डिलिबर्टलि उ झ्यालको पर्दा अधा उघारो छोड्छे । त्यस्तो बेला म सबथोक बिर्सेर उसलाई हेर्छु । त्यस दिन मैले मेरि एलिजाबेथ फ्रायको सोनेट 'डु नट स्टान्ड अ्याट माई ग्रेभ अ्याण्ड विप' गाएको थिए । उसले जिल्ल परेर मलाई सुनि । उसको पतिको कोल छ छिंडिमा । तेलको बास्ना सँधै मेरो कोठा सम्म आईपुग्छ ।
राति अबेर सम्म उनिहरु कोठामा गुनगुन गर्छन । म भोलि बिहान कति खेर होला र उसको पति कोल खोल्न जाला भनेर कुर्छु । उ झ्याल त्यति खेर मात्र उघार्छे जब उसको पतिले दिनको पहिलो घान मेसिन मा हाल्छ । उ झ्याल घरक्क खोल्छे । उसको बलबान प्रेम मेरो कोठामा पस्छ । खडेरिमा सुकेको जमिनमा सिचाईको मुल छिरे जस्तो हुन्छ । चौबाटोमा चहलपहल सुरु भईसकेको हुन्छ । अब दिन भरि नै उसको घरको छिडिं तिरबाट काँचो तेलको बास्ना र उसको कोठा बाट सुन्दरताको मधुर बास्ना चलिरहन्छ ।
उ झ्याल छेउ अाएर कराउँछे- तिमि क्रान्तिकारि किन बन्दैनौ?
म उसलाई उत्तर दिन्छु । 'म पहिले नै क्रान्तिकारि थिंए । अहिले बन्दि छु ।'
उसले सतर्क भएर झ्याल बाट तल नियाल्छे । उसको पति कसैसंग गफमा मस्त हुन्छ । उ कोठैमा डुलिरहन्छे । उसको हिंडाई दुब्लो हरिणको जस्तो छ । उ आफ्नो चाक उचालेर हिड्छे मानौ उसको पैतालामा जोद्दि खटिरा अाएको होस् । उ घडि हेर्छे । हामि दुबैको समय एउटै छ । समय यता छ । समय उता पल्लो घरको झ्यालमा पनि छ । एउटा बेल्लै र अनुभुति हिन समय उसको पतिको पनि छ । समयको स-सना चौटाहरु चौबाटो तिर छरिएका छन् । मानिसहरु ति टुक्राहरु टिप्छन् र खल्तिमा हाल्छन् ।
म चौबाटो तिर समयको ईभाजन मा बहकिदाँ उ हात ले म तिर ईसारा गरिरहेकि हुन्छे ।
म उसलाई हेर्छु । उसको आँखामा हतारको सुर्को परेको छ । उ त्यहिं बाट सानो स्वरमा भन्छे ।
'भोलि उ भाकलको भाले काट्न दक्षिणकालि जाँदै छ ।' अनि उ तल पतिको कोल तिर कर्के अाँखा लगाउँछे ।

आज बिहानै देखि पल्लो घरको झ्याल बन्द छ । उसको पतिको कोल पनि बन्द छ । चौबाटो सुनसान छ । चिकुमंगलको चोक मा थैला थैलामा बेमतलबि समयका टुक्राहरु बेच्न बस्ने कोदेलि बुढि पनि छैन । चाकु पसलमा केटाकेटिहरुको भिड देखिदैन । उसको गोप्यता पनि पोखिएको हुनु पर्छ ।
म त्यहि झ्याल तिर ध्यान दिन्छु । सोच्छु ।
'उसको पति भाकलको भाले काट्न दक्षिणकालि गयो कि गएन?'