हतार हतारमा उसले आफ्नो अँझुलि उघार्यो । कम्पित स्वरमा उसले प्रतिज्ञा गर्यो ।
“यहि परेनाको रक्षक हुन्छ।“
उ भर्खरको भयानक घटनाले त्रसित छ । रातको अन्धकारमा उसले यति खेर सम्म सोच्ने समय पाएको थिएन । उसलाई यति सम्म सझना छ कि उ केहि बेर अघिसम्म कुनै देब बृक्षको अगाडि नबरात्रिको दिन नाचिने जुवा नृत्य गरिरहेको थियो । मुजवन्द पर्बतको शिखरमा भएको त्यो भयानक बृक्षको फेदमा आफ्नो हत्केला फैलाएर उभिएको थियो । बृक्षको ठिक माथि आकासमा उज्यालो फाट्यो । त्यो उज्यालोको भित्र अन्नत गहिराई थियो । त्यस गहिराई बाट उसले सेतो लहरा बाहिर निस्किरहेको देख्यो । उसलाई त्यो कृत्य अघिल्लो रात गोठमा गाईले बच्चा जन्म दिरहेको जस्तै भयो । जुन बिस्तारै बाहिर निस्किरहेको थियो । त्यो लहरा रुखको टुप्पोमा आईपुग्दा मुजवन्द पर्वत काँप्न थाल्यो । त्यो भयानक हलचलमा उसले आफ्नो खुट्टाको सहारा गुमायो र घुडाँले जमिनमा टेक्न पुग्यो । जब त्यस सेतो लहराले रुखको टुप्पोमा स्पर्श गर्यो त्यतिखेर कुनै कल्पको अन्त्य र नयाँ युगको प्रारम्भमा महशुसहुने सन्नाटा छायो । उसले त्यसै बखत झट्ट आफ्नो दुबै आँखाहरु बन्द गर्यो । त्यस स्वर्ग लता र देब बृक्षको मिलन पश्चात रुखको फेदको काशबाट सोमरस निस्कियो । त्यस सोम रस उसको अँजुलिमा भरियो । केहि क्षण पछिनै त्यो जमेर चम्किन थाल्यो । प्रत्येक हजार बर्षको मध्यान्तर बर्षमा मुजवन्द पर्वतमा यस्तो समय आउँछ जहाँ त्यस देब बृक्ष र स्वर्ग-लता को मिलन हुन्छ ।
उसले अझै आँखा खोलेको छैन । उ अझै जोडले आँखा बन्द गर्छ त्यसो गर्दा पनि उसको आँखाहरु तिर्मिराउँदै छन् । कुनै पवित्र आत्माले आफुतिर, आफ्नो सबै सक्त्तिले संसारका दुष्कर कुराहरु खिचिरहेको जस्तो उसलाई त्यस तव्वले तानिरहेको थियो र संग संगै यो पराक्रमले उसको खुसिको सिमा रहेन ।
उ संझन्छ । यदि उसको ओठमा यो मुस्कान परेना गाउँको मानिसहरुले देख्ने हो भने के भन्छन् होला । उ झनै खुसिले गदगद भयो । उसले आफ्नो दुबै आँखाहरु बिस्तारै बिस्तारै उघार्यो । रातको घरघोर अँघ्यारोमा पनि पुरै जङ्गल चम्किएको छ । उसले पहिलो पटक आफ्नो मुठ्ठि भित्रको काँसको कचौरामा भएको लेदो जस्तो बस्तु चम्किएको देख्यो ।
यति खेर परेना गाउँका मानिसहरुले मुजवन्द पर्वत तिर हेरिरहेका भए पर्वतमा ज्वालामुखिको लाभा निस्किएको जस्तो देख्थे होलान् ।
अब उ संग केहि पलमात्र छ । पर्वतबाट परेना गाँउ आईपुग्न तिन कोस बाटो कट्नु पर्छ । उसले आकासमा हेर्यो । प्रलयकारि कालो बादलले अघिपछि सफा देखिने आकाश लाई पुरै घेरेको छ । उसले यो भन्दा पहिले यस पर्वतमाथि यस्तो प्रलयकारि बादल देखेको थिएन ।
कचौराको बरफ पग्लिन थाले पछि उ कुद्न थाल्यो । उ जति कुद्न थाल्छ उसको बेग त्यतिनै बड्न थाल्छ । दौडिदै जाँदा उसको देह परिबर्तन हुन थाल्छ । त्यो देखेर हतार हतार उसले त्यस सोम रसलाई पिईदिन्छ । तत्कालै उ एक भयङ्कर जङ्गलि जनावर एनारको देहमा बदलिन्छ । सोमरसको असरले एनारको शरिरमा स्फुर्ति बढायो र उ छिट्टै परेना आईपुग्यो ।
यतिखेर एनार, गाउँको पबित्र कुवाको नजिकै ढलपलाउँदै आईपुगेको छ । त्यस सोमरसको असर कम गर्न उ कुवाको पानि पिउँछ । पानिमा उसको सोमरस युक्त्त र्याल मिसिन पुग्दा सभ्भोगरत भ्यागुताको जोडिबाट कार्तबिर्य नामको भ्यागुता जन्मियो जसको देह आधा मानिसको र आधा भ्यागुताको हुनेभयो । पछि उ ईनार संगैको अपालाको घरको ढोका अगाडि गएर त्यो सोमरस छादि दिन्छ । एनारको टाउको हलुङ्गो हुन्छ । केहि छिन पछि नै एनार अपालाको घरको ढोका बाहिर निदाउँछ ।
२.
भोलिपल्टको बिहानि परेनाको लागि सधै जस्तो सामान्य रहेन । अपलाले नवजात शिशुको रोदन सुन्छे जुन उसको दौलो बाहिरबाट आएको हुन्छ । उ आग्लो उघार्छे र दैलोमा निस्कन्छे । गए राति एनारले छादेको चम्किलो सोमरसबाट त्यस बच्चाको जन्म भएको हुन्छ। बच्चाको जन्मको समाचार गाँउ भरि डडँलो जसरि फौलिन्छ। अपलाले त्यो बच्चाको न्वारन गाउँको नामि पण्डित पुलस्त्य बाट सम्पन्न गराउँछे । यहि बच्चा अपलाको छोरा उदयन भनेर चिनियो ।
गाउँबाट केहि कोश परको अन्तिमा नदिको किनारमा एउटि गर्भबति आईमाई थाकेर लम्पसार पल्टिएकि थिई । जसलाई परंतपुर मा बोक्सि भनि कुटपिट गरि त्यहाँ बाट भगाएका थिए । उ निकै थकित थिई । कुटाईले उसको पेट दुख्न थाल्यो । पछि उसले त्यहिं एक मृत-मुशलको जन्म दिई जसलाई पबित्र अन्तिमा नदिको जलले बिउँताईदियो । अन्तिमा नदिको मुहान मुजवन्द पर्वतमा भएको गाउँलेहरुले बिश्वास गरेका हुन्छन् । परेना र परंतपुरको सिमाना त्यसै नदिले छुटिन्छ । दुबै गाउँको लागि अन्तिमा पबित्र नदि हो । दुबै गाउँका मानिसहरु त्यो नदि पार गरेर एक अर्को को गाउँमा प्रबेश गर्दैनन् । ति गाउँहरु बिचको शत्रुता नदिकै कारणले भएको थियो । यसको बर्णन आवश्यक ठाउँमा गरिन्छ । यसरि अन्तिमा नदिको किनारमा एक निकै सुन्दर बालिका को जन्म हुन्छ ।