निकोल लाई मैले पहिलो पटक हेटौंडा बाट काठमाडौं अाउँदा सुमोमा भेटको हुँ । खाजा खान रोकेको मौका छोपि कुरा गर्ने मेसो खोज्दै गर्दा मैले उसैलाई सोधें ।
"को संग छौ"?
"एक्लै छु । भोलि बुवा अाऊँदै हुनुहुन्छ ल.ए बाट । त्यसैले काठमाडौं जाँदै छु ।"
सुमो घर सम्मै लिन पुग्नु सुमोको खासियता हो । एउटा घर अघिल्तिर पुगेर त्यो गाडि रोकियो । घर अगाडिको झ्याम्म परेको रुखको छेकडो बाट निकोल निस्किई । कोहि अधबैंसे आईमाईलाई अंगालो हालि । यदि यात्रा भरि बोल्ने मेसो निस्किएन भने नाम थाहा पाए निकाम लाग्छ भनेर खलासिले टिकट समाएर  सिट देखाईदिंदैं गर्दा मैले केटिको नाम थाहा पाउन टिकटमा हेरें । त्यसमा कोहि नेपालि को नाम लेखिएको थियो सायद त्यहि मोटि आईमाई को होला । मैले अधकल्चो अनुमान गरें ।
'नाम के होला, मादमोजेल?'मैले सोधें
हो उसले आफ्नो नाम निकोल भनेर त्यति बेलै बताई । अरु कुरा पनि भए । उ हेटौंडा बस्छे । नेपालिसाथिहरु छन् । स्कुलमा नेपालि भुराहरुलाई डान्स सिकाउँछे । ब्याचलर अफ क्रिमिलन जस्टिस सकाएर घुम्न आएकि थिई । हेटौंडा हुँदा त्यहि आईमाईको मा पेईङ गेष्ट भएर बस्थि र काठमाडौंको लागि 'भिजिटिर' बन्नु पर्दा गर्ल्स होष्टेलमा बस्ने त्यहि आईमाईको छोरिहरुसंग । त्यो आईमाईको परिवार कसरि यति नजिक हुन पुगे भन्ने कहानि लामो छ । त्यो कहानि सुनाउन उसैले पनि खाजा खाने ठाउँ देखि बल्खु सम्म लगाई ।
अब बल्खु झरेपछिको कुरा -
लिन आउने मान्छे लिन आएन । पानि परेर भर्खर रोकिएको काठमाडौं हिलाम्मे थीयो । त्यहाँ माथि बल्खुको सुमो स्टप । मिल्ने भए निकोल गोडा काँधमा हालेर हिड्थी होला । उसलाई बसुन्धरा पुग्नु पर्ने । मलाई भनि ।
'मलाई त्यहाँ सम्म छोड्न सक्छौ? ट्याक्सि बोलाउ न प्लिज ।' उसलाई थाहा छ काठमाडौं का ट्याक्सि ड्राईभर हरामि छन् । गोरो छालाको लागि एक्स्ट्रा भाडा तिर्न सायद उसलाई मन थीएन । मैले ढाईसय भाडा मा कुरो मिलाए ।
त्यति खेर लास्ट सिटमा बसेर चक्रपथ तिन फन्का मार्न मन नभएको त होईन । बल्खु बाट बसुन्धरा पुग्दा केहि कुरा भएन । ड्राईभरका आँखा लुकिङ ग्लास हेर्दा हेर्दा ट्टटाएहोलान् । बिचरालाई ढाईसय पचाउन निकै कष्ट काट्नु पर्यो । उसले छुट्टिने बेला सुमोको टिकट पछाडि आफ्नो फोन नम्बर लेखर दिई । उसैले न्यातापोल घुम्ने योजना बनाई तर न्यातापोल घुम्न पाईएन । उसलाई भोलि पल्टै हेटौंडा फर्कनु पर्ने भयो । त्यहि हप्ता मलाई मेलबर्नको लागि हिड्नु थियो ।
निकोल लाई यसरि मेलबर्नमा यसरि भेटिएल भन्ने सोचेको थिईन । उ त्यति खेर देखेकि भन्दा निकै राम्रि देखिएकि थिई । मध्य रातिको ट्रने समाउन कुदेको म निकोललाई त्यस्तो हालत मा 'द ग्रेट साउथर्न होटल' अगाडि देखे पछी हटात रोकिएं । उ सुनसान सडक छेउ उभिएर मानौ कसैलाई पर्खिरहेकि थीई । उ ईन्टरनेशनल क्रिमिनल जस्टिस् कनफरेन्स् को लागि मेलबर्न आएकि थिई । भिक्टोरिया स्टेट पार्लियामेन्टको सिंढिमा बसेर आधा रात सम्म गाफिंदा उ झनै काबिल र परिपक्व लागि । न्यातापोल घुमाउन नसके पनि मेलबर्न घुमाउने योजना बुन्दा बुन्दै उ मेरो कुममा निदाई ।
केहि घण्टा सुबिस्ताले निदाएपछि उ ब्युँझिई र हतास देखीई । मैले त्यो हतास लाई अझै भुल्न सकेको छैन । उसले मेरो कठालो समायर याचना गरि मानौं म पार्लियामेन्टको कुनै फटाहा सांसद हुँ ।
'प्लिज हेल्प मि, म बाथ टब मा डुब्दै तिम्रो सपना देख्दै थिंए । मलाई डुब्न नदेउ ।'
म बल्खु को हिलो हिलो बाटो मा निकोल लाई दौडिएको देख्दै छु ..... सायद उसले पनि यस्तै सपना देखेकि हुनु पर्छ।