सको मृत्यु किन भयो त्यो महत्वपुर्ण थिएन । मृत्यु कसरि भयो त्यो ताज्जुबको कुरा थियो । उ संग को पहिलो भेटमा केहि संबाद भए ।
"where is your favorite gun, do you have it in there?" मेरो ईनट्रुगर प्रश्न थियो ।
उसले छाति छाम्यो र लामो सास तान्यो । "Favorite?, it's hard to have a favorite one, Anyway, 357 magnum, and look, it's 12 gauge shotgun. [CYNICAL SMILE]
"Scoundrel" I laughed.
"Am i sick puppy?" he asked and grinned.
"Yes we are." I pulled the trigger for myself.
कुरा भा'को यति हो । यसपछिको संबाद बनावटि हुनसक्छ ।
" Now it's tough out there, my friend!" उसले ३५७ म्यागनम आफ्नो कन्चटमा चलायो ।
.....या हुन सक्छ उसको मृत्यु नै भएको छैन ।
***
पाखा भन्दा पर के छ त्यो कसैलाई थाहा छैन । स्मृति हुन सक्छ । बैंशालु हावामा उसले त्यहि स्मृतिको श्वास तान्न खोज्यो तर आखिरमा उसले चुरोट को अन्तिम सर्को तान्दै थियो । यस्तो मृत्यु पहिला कसैले हुन्छ भनेर जानेकै थिएन । हुन त बिग ब्याङ्ग कसले एक्सपेक्ट गरेको थियो र ! धुंवा सिधै फोक्सो मा नभई बल्ड स्ट्रिममा गयो । धुंवाले बाटो बिरायो ! उसको मृत्यु भयो । पहिला पनि भनि सकें । मृत्यु ठुलो कुरा होईन । मृत्यु कसरि भयो त्यो प्रभाबशालि तर्क हो ।
आईमाईको फ्रकले आधि तिघ्रा छोपेको थियो । आधि पाटो उघारो नै थियो । फ्रकको फेरले बयलि खेलेको हेर्दा हेर्दै उसको ध्यान बिग्रयो र धुंवा रगत नलि तिर बाटो मोडियो । यति खेर उ मृत्यु र आत्मिक मिलनको मोक्षघाटिमा धान बारि माथि ग्लाईडर मा उहि अाईमाई संग सयरमा निक्लिएको छ । जिबनबाट आत्मा छुट्टिन लाग्ने सैंतिस सेकेण्डको कालान्तरमा मानिसले कतिनै चेत राख्न भ्याउँछ र तर उसले लङ लेन्थको अनुमान लगायो । 'अनुमान' मा उ त्यो मोक्षघाटि मा नभई पोखरिमा स्नान गर्दै छ । यसो भनौं । उ एक्लै नभई उसकि आईमाई पनि संग संगै स्नानरत छे । अाईमाईको उमेर दुईबिस को छ । तर उ पनि अहिले प्रेएमानोपाउज को स्थितिमा छे । भन्नु पर्दा उ अाफ्नो बयस्कताको दोस्रो चरणमा छे त्यसैले उ कुनै पनि पुरुष प्रति आकर्षित हुन समय लगाउँदिन । दुबै पोखरिमा संयुक्त स्नान गर्छन् । अब अाईमाईलाई पोखरिको किनारमा कुर्दै गरको आफ्नै पति परपुरुष जस्तो लाग्छ । यस्तो स्थिति लाई कुनै बैधानिक शब्दकोशले ब्याख्या गर्न सक्दैनन । त्यसपछि पतिले १२ gauge shotgun निकाल्छ र त्यो पुरुषलाई सोध्छ ।
"would you like to buy my favorite gun?"
***
".... who care! fuck off your story" कसैले स्टोरिको टाईटल मा यस्तो लेखिदियो ।