ज उ संग अनौठो गरी भेट भयो । सधैं जस्तो केन- ले बनेको अ्यान्टिक ब्याग मा उसलाई परै देखे पछि चिनि हालें । उ मलाई केट
विन्सलेट जस्तै लाग्छे तर उसको अपार्टमेन्ट पुग्ने अवसर पाएको थिईन त्यसैले उसले 'i would rather listen to you'. कहिल्यै
भन्छे होला भन्ने हेक्का राखेको थिईन । म यहि कल्पना गर्थें । कसैले बाथ टबमा राखेर नुहाईदियोस् र भनोस् । 'i am not frighten.
only one thing can make a soul complete, and thing is love. आउ एकछिन अंगालो हाल र प्रेम पढ ।' ट्रेनबाट
ओर्लन थाल्दा उसले 'ह्यामलेट' लाई त्यहि उखु-ब्यागमा हाल्न थाल्दा मलाई देखि । उसलाई देखे पछि यो नभनि म कसरि रहन सक्थें र
! “Now cracks a noble heart..." उसले आफ्नो मित्रवत स्नेहशिल हाँसो लाई कहिल्यै संकुचित हुन दिन्न । मलाई उसका हरेक
कुराहरु प्रति प्रेम छ । उसको घरको दैलो मै देखिने अ्यान्टिक रसियन ह्याङ्गर देखि अमेरिकन म्याउलिन अ्याक्स सम्म प्रेम छ । जसरि
उसलाई डोरिकोट आर्ट मा संगितको आभास हुन्छ त्यसैगरि मलाई उसको देह त्यस्तै कुनै कलेक्टेबल जोएल जस्तै लाग्छ ।
आज सधैं जस्तो सामान्य दिन रहेन । मैले केहि साँहासिलो पाईला चाले । उसको अगाडि गएर उभिंए र भने ।
'lady, i would like to read you.'
यो हिपनोटिक जाललाई उसले पन्छाउन सकिन सायद ।
'i would rather listen to you'. उसले केटकै एजन गरि । मलाई त्यो पल लाखौं साल पछि ब्रम्हाण्ड जन्मिए जस्तै भयो । मैले
उसलाई उसको एन्टिक घर सम्म पछ्याए । छ सय सेन्टिमिटरको रोमनाईज्ड भित्ते घडिले समय बजाउन छोडेकोमा उसलाई पश्चाताप
रहेनछ । त्यहि घडिलाई हेरेर उसले सोधि ।
'doesn't matter what the time is it. तिमि भित्रको समय बन्द भएको छ र?'
समय अडिएको छ कल्पना जस्तै अनुभब हुने, मृगतृष्णा को सर्कलमा । you know what i mean?' मैले भनें ।
'मैले कहिल्यै यस अघि कुनै अपरिचित लाई हप्त्ता दिन सम्म सोचेको थिईन । you have the power to sparkle me. साँच्चै भनु
तिमि मा अंगुरको रक्सि भन्दा बडि मात चडाउने सब्सटेन्स् होला ।' उसले उखु-ब्याग लाई फायर प्लेस नजिकै राखि र कोट फुकालि ।
मैले उसको कोट लाई ज्यादै होसियार पुर्वक अ्यान्टिक रसियन ह्याङ्गर मा राखे पछि उसको पछि लागें ............
उसले बिस्तारै तातो बाफ मुख बाट निकालि र भनि ।
'Oho! boy ! Ah! यो पबित्र पाप लाई यहिं छोडिदेउ ।
.........
म अहिले अंगुरको वाईन पिउँदै छु र पवित्र पापको रियलाईजेसन् मा दिग्भ्रमित छु सायद सपनामा कतै उसको अ्यान्टिक ह्राङ्गरले
नभनोस् । 'तैंले आफ्नो कोट त छोडिनस् ?'