प्रलोभन भनेको त्यस्तो हुनु पर्छ जसले अन्त सम्म सन्तुष्टिको प्रज्ञा छोडिरहोस् । त्यस्तै भयो 'the last temptation' को यो श्रिंखलामा । 
she had a tattoo of this चाईनिज word. '五行'. 
मैले सोधें 'यस्को अर्थ के होला?' 
Gentleman यो 'उ जिङ' हो । उसले उत्सुक हुँदै भनि र आफ्नो तिघ्राको ट्याटु लाई हत्केलाले स्पर्श गरि । 
'म छुन सक्छू ?' मैले पनि निश्चयात्मक प्रश्न गरें ।
'आउ, संगै स्पर्श गरौं ।' उसले मेरो हत्केलालाई अाफ्नो हत्केलाले थीच्दै सोधि । 'how you feeling?'
Amazing, I feel like I am having a thousand cosmos in hand. त्यसमा मष्तिस्क नै शुष्क पार्ने मनोहारिता थियो । मैले त्यस्तै अनुकुलता को उत्तर दिएं ।
'तिमि भाबनात्मकता मा बिश्वस गर्छौ कि अाध्यात्मिकतामा ?'
'अाध्यात्मिकता । पख ! प्रलोभन सहितको अाध्यात्मिकता । तिमि बुझ्छौ म के भन्दै छु ?' मैले उसको ट्याटु बाट हात हताउँदै भने ।
'Not at all. तर तिमि मेरै तप्का को हुनु पर्छ । नत्र अहिले यस्तो कुरा कस्ले गर्छ, होईन?' केटि मेरो बायाँ तिर बसेकि हुनुपर्छ ।
मेरो अाँखा उसको 'wu xing' बाट हटेकै थिएन । त्यसमा यस्तो आकर्षणता थियो कि त्यो बैचारिकता को सिमा भन्दा पर पुगेको थियो । मेरो अगाडि यस्तो पिण्ड बसेको थियो जसमा पञ्च तत्वको बिलक्षणता थियो । उ हावा जस्ति थिई । यदि मैले उसलाई महसुस गर्न खोजें भने पनि म उसलाई अनुभब गर्न सक्दिन थिंए ।
उसले मेरो बिचार लाई भङ्ग गर्दै सोधि । 'मानिसहरु मलाई अागो संग तुलना गर्छन । तिमिलाई कस्तो लाग्छ ?'
'हो, यदि यो ट्याटु मेटाईदिने हो भने तिमि एंजेरु काटेको रुख जस्तै हुन्छौं होला जे होस् तिमि mutual generation को एउटा हिस्सा नै हुन्छौ ।
मैले यति भनि नसक्दै उ चङ्गामा ग्वाँख हालेपछि जस्तो ढल्कँदै ढल्कँदै मेरो कुममा मुन्टो लुकाउन आईपुगि । त्यो पल बयान गर्नै सकिन्न ।
आँखि झ्यालबाट ब्रम्हाणड नियालि रहे जस्तो उसका अाँखाहरु बाट म अाफैंलाई नियालिरहेको थिंए । उसले के सोचि रहेकि होलि । उ आफुले आफैलाई पञ्च तत्व को हिस्सा मान्छे कि मान्दिन होला ? मैले यो प्रश्न सोध्ने आँट गर्न सकिन । यदि मैले यो प्रश्न सोधेकै भए पनि उसले के जवाफ दिन्थि होला ।
यसै पछि उसले भनि ' हिंड सुदुर कतै तिर डुल्दै डुल्दै जाँउ । मयुरका प्वाँखहरु टिपौंला ।'
हामि मयुरका प्वाँखहरु टिप्न सुदुर तिर लाग्यौं। उसको wu xing बाट कस्तुरिको जस्तो बास्ना आईरहेेको थियो ।
'यति धेरै मोहित हुनु पर्ने के छ र यस्तो ? पृथ्वि मा अनेकन कुराहरु छन् जसबाट तिमि प्रेरित हुन सक्छौ । लौकिक र अलौकिक पदार्थहरु तिम्रो वरिपरि झुत्तिन्छन् । मैले अाफ्नो तिघ्रामा wu Xing बनाएको छ । अरु कसैले अाफ्ना प्रिय लेखक का नाम कोरेका छन् । कसैले प्राचिनहरु लिपिहरु गोदेका छन। कसैले धर्म बिपरित अपेक्षाहरु कोरेका छन् । तिमि किन म प्रति यसरि आशक्ति दर्शाउँछौ ?'
उसले यति भनि सक्दा मैले आफ्नो Flinder Street को स्टेशन छुटाईसकेको थिंए र म उसको अपार्टमेन्ट को ढोकामा उभिन पुगें।