त्यो मान्छे लाई देख्नु भन्दा पहिला म दुई बुढाहरुको गफ सुन्दै थिंए । न्याभिमा भर्ति भएर बुढाले प्यासिफिक माथि बग्दाको कुरा संझदाँ दुबै बुढाहरु मुसुक्क हाँसे मानौं उनिहरुले
एकसाथ सुन्दर सपना देखेका हुन् ।
'त्यो पल महासागरले वरिपरिबाट अंगालो मार्नै थाले जस्तो ।'
केहि अमुल्य दिनहरु संझिए जस्तो अर्को बुढाले मेट्रोको झ्यालबाट बाहिर हेर्यो । उसका अाँखाहरुले त्यहि सपाट समुन्द्र पर पर सम्म नियालिरहे जस्तो त्यति खेरै मैले त्यो
मान्छे लाई देखें । दुई अौंलाहरुले चुरोट च्यापे जस्तो चिउँडो समातेर उसले हामितिर हेर्यो । मेरो अाँखा त्यो मान्छे संग जुध्यो । न्याभि बुढाहरुले पनि याद गरे कि !
उ संग कम्मरमा बाँध्ने सानो झोला थियो । पेटिमा काँटा छिराउने प्वालहरु गन्न थाल्यो । प्वालहरु साना र अल्मल्याउने खालका थिए । उ गन्दा गन्दै झुक्कियो होला। 'अो स्विट
लर्ड ।' बुढाहरुले पनि उसले भनेको सुने।
फेरि त्यहि प्वालहरु गन्न थाल्यो । कुनै एउटा प्वालमा कन्फर्म भए पछि उसले कम्मरमा त्यो झोला झुण्डायो । रोलिंङ पेपरमा चाईनिज चुरोटको धुलो बेरेपछि उ कुनै स्टेसन मा झर्यो
। त्यसपछि त्यो कता गयो । हु केयर्स ।
अब बुढाहरुकै कुरा गरुँ । उनिहरु अझै न्याभि-गफमै ब्यस्त थिए ।
वेय ईन- यो पोयोको घर हो । घर छिर्ने बेलै देखि ओक का रुखहरु आकाश चुम्दै उभिएका छन् । पोथि अनारका रुखका हाँगाहरु भुई सम्म लत्रिएका छन्। वेय ईन को साईन
सिमेट्रि तिर फर्किएको थियो ।
उसको लजिक यस्तो थीयो । मृत्यु पछि पनि अर्को जन्म हुन्छ । जन्म पछ्याउने बाटो यहि जन्म बाटै सुरु हुन्छ । उसलाई ह्ववस्कि मन पर्छ । उ पिउँछ । म पिउँदिन । उसको घर
मेरो ईन्ट्रेस्टको जस्तो थियो । फउकनर सिमेट्रिको सम्मुख फर्किएको ।
'सिनेमामा कलाकारको डबल भुमिका जस्तो । आफ्नै चरित्र बदल्ने ।' उ पिए पनि पिए जस्तो सुनिदैन ।
म उसलाई मेरि प्रेमिका संगको पहिलो चुम्बनको कथा सुनाउँछु । 'उसले ओठ को बिच्च पारेर पियर्सन गरेकि थिई । त्यो ओठ चुम्दा जिब्रोमा काउकुति लाग्थ्यो ।'
उसले कहिल्यै कुनै युवति संग प्रेममा नपरे जस्तो मेरो कुरामा ध्यान दिंदैन । तर उ संग पनि केहि अनुभब होला । म उसकै जिबन शैलि सुहाउँदो अनुमान लगाउँछु । कसैको
चिहान वरिपरि रहस्योमान्सिक भेटघाट दैबिय प्रेमिका संग ।
उस संग जिबन पचाउने सैदान्तिक उपाएहरु छन् । बायोलोजिकल रिलेसनसिप मा उसलाई बिश्वास लाग्दैन ।
उ मलाई हेर्छ र खुईय आवाज निकाल्छ मानौं उसलाई मेरो ख्याउटो अनुहार देखेर बिरक्त लागेको होस् ।
हामि बगैंचामा थियौं । म एउटा रुखको दह्रो हाँगा समातेर यता उति हल्लिन्छु । पिङ्ग खेले जस्तो । उ त्यति खेरै भन्छ ।
'यु मस्ट डाई देएर' यति भनेर उ सुसेल्न थाल्यो । सुसेलिमा मुत्युलाई अंगाल्न अभिप्रेरित गर्ने धुन थियो । मैले त्यति खेर गाह्रो गरेर उसलाई अध्याँरोमा नाचिरहेको देखें । उ अाफ्नै
धुनमा मस्त नाच्दै थियो । म अझै रुखको बलियो हाँगा समातेर हल्लिंदै छु । सुसेलि मधुरो सुनिन्छ र एकैछिनमा सुन्य हुन्छ ।
त्यो मान्छे मलाई बगैंचामा एक्लो छोडेर हिड्छ । म उसलाई केहि छिन पर्खिन्छु । सिमेट्रिको बाहिर डुल्नेहरु मलाई हेर्छन । उनिहरुलाई यस्तो लागेको होला । सुसेल्ने म नै हुँ ।
रुखको हाँगा समातरे हल्लिने म नै हुँ । अँध्यारोमा एक्लै नाच्ने म हुँ ।
'दुनिया क्रेजि छ ।' म तिनिहरुले सुनुन् भनेर ठुलो स्वरमा काहाल्लिन्छु ।
यतिखेरै कसैले मलाई पछ्याउन सुरु गरेको होला किन भने अँध्यारोमा पात माथि कोहि हिडेको सर्याक सुरुक आवाज सुन्छु । म दौडिएर सिमेट्रि पार गर्न खोज्छु तर सक्दिन । खुट्टा लत्रिन्छ । म खुट्टा खोल्चाएर हिड्छु । कुनै घरको धुरि बाट धुवाँ निस्किएको भए छिटो त्यहाँ पुगेर तातो हुन सक्थें । सकेसम्म पर पर सम्म दृष्टि पुर्याउँछु । म संग केहि गोलहरु थिए । घरबाट निस्कनु भन्दा पहिले खुसुक्क पतलुनको खल्लिमा घुसाएको हुँ । भोक लागेको हुनाले त्यहि गोल चपाउँकि भन्ने सोचें तर त्यसो गरिहाले गोलको उपयोगिता सकिन्थ्यो । बादल भएङ्कर संग सुन्तला रगं भएको देख्छु । आँखा मिच्छु । त्यो अझै पनि सुन्तला रङ्ग कै देखिन्छ ।
केहि छिन पछि एउटा आधि ढलेको माटो को घर देख्छु । भित्ताको ढुसि जस्तो सेतो धुलो औंलाले हत्केला मा झार्छु र गोल माडेर १ पाउण्डको नोट मा बटार्छु ।.......