प्पर माथि ध्यानास्थ उसले पृथ्वि निच्चरिने गरी चिच्यायो । आफ्नै बहिनि बलात्कार गरिरहेको शेर्पा हिमालयको काखमा चौंरि ब्याएको हेर्दा हेर्दै खप्परको पञ्च तत्वमा बिलाएको मृगतृष्णा बोकेर तराईको फाँटै फाँट खालि खुट्टा कुदिरहको हेर्ने म । म केहि जाँन्दिन । मेरो पराक्रम त उसको अगाडि केहि होईन । 
आजकाल उ सोधिरहेछ । 
खोई ति तपस्यामा लिप्त भएकाहरु? 
कहाँ गए कमण्डलु बोकेर त्रिसुल उफार्नेहरु? 
हराए आफ्नो लिङ्गमा बलशालि बनेकाहरु !
स्वस्थानि कथा पढ्दा उसलाई काउकुति लाग्छ रे । पृथ्वि छोप्ननै थालेको महादेबको भिमकाय लिङ्ग छोप्न बिष्णु कुदेको देख्दा । उफ ! वाहियात ! उसलाई बिश्वासै हुँदैन ।
पाईला उल्टो तिर फर्कायो । 'बरु भिखारिलाई दान दिएर पुण्य लिन्छु ।'
मन्दिरको खुड्किलै पिच्छे सल्याङमल्याङ्ग गर्ने भिखारिहरु पानिका जुका भन्दा कम छैनन् । वाकवाकि लाग्ने ! मन्दिरको सिंढि भरि उसले छादिदिन्छ ।
आधा रातमा उ ब्युँझन्छ र चुरोट पिउँछ । छटपटि पत्ता लगाउन उ आफ्नो अंङ्गहरु नियाल्छ । शिथिल छन् । स्वास्नि मस्त सुतेकि छ । उसलाई डाहा लाग्छ । अंखोराको पिंधले साङ्गलो किचकिच पार्छ । साङ्गलो मरिसकेपछि चुरोटको ठुटोले पोलिदिन्छ । उ सोच्छ ।
'एकसरो कोठा मसानघाट बन्न कत्ति बेर लागेन ।'
उ गृहस्थि त्यागेर मोक्षको बाटो खोज्न निस्कन्छ । भोग, पाप र कर्मको आधि बाटो पुगेपछि उ सचेत हुन्छ । टिपुलेकबाट सुर्योदय हेर्दा दिखिने रङ्ग जस्तो ओठ भएकि उसकि स्वास्निलाई संझन्छ । भ्रम हो कि भनेर उ गाला चिमोट्छ । उ जिउँदै छ । उ हावा जसरि कुद्छ । चौंरिको घाँटिबाट निस्किरहेको घण्टिको टिङटिङ्ग आवाज आज उसलाई मिरेकल जस्तो लाग्छ । उसको शरिर उसलाई निलो भए जस्तो लाग्छ । रगत सुकेर । आफ्नै पाप पिएर निलकण्ठ भए जस्तो उ गदगद देखिन्छ । उसलाई अब अन्तिम ईच्छा पुरा गर्ने रहर छ । दहमा हाम फाल्छ । उसको खप्पर पानि माथि तैरिएको छ । उसलाई खप्पर हलुका भएर तैरिएला भन्ने लागेकै थिएन । बल्छि फ्याँके जस्तो उ त्रिशुल लाई खप्पर तिर हुत्याउँछ । खप्पर आधा भएर चिरिन्छ । उ चिच्चिउँछ ।
हर हर महादेब । हर हर महादेब । उ दुबै हात हावा मा उठाउँछ मानौं उसले भर्खर कुरुक्षेत्र माथि बिजय पाएको होस् .....