मानिस कहिले काँहि पछुताउँछ । आफ्नो कर्तब्य बाट च्युत हुन्छ । जानेर वा नजानेर । त्यसले कसैलाई नराम्रो गरोस् भन्ने मनसाय नभए पनि गल्ति हुन्छ । सफलताको नजिकै पुगेकाहरुलाई सोच्न समय हुन्न । मनमा उठेको पहिलो कामलाई नै पहिलो कर्तब्य सोच्छ । त्यहि भयो गयको गृष्ममा ।
हातमा क्यानन् को सि-१०० क्यामेरा बोकेको छु । दाँयाकुममा कुनै फाल्तु कबिको जस्तो फाटिनसकेको कपडाको झोला झुण्डाएको छु । त्यस भित्र केहि थान नोट बुक, कलम, कण्डमका प्याकेट, ३ ४ चुरोट बाँकि भएको मार्लबोरो को प्याकेट, २ अोटा क्यासेट, र सोध्नु पर्ने प्रश्नको लामो धरो । म त्यहि धरो पटक पटक पढ्दै थिंए ताकि प्रश्न सोध्धा क्रमागत शैलि कमसेकम नटुटोस् । म बाहिर बाट हेर्दा अहिले जस्तो देखिए पनि भित्र बाट आफुलाई ब्यबसायिक फिल्ममेकर हुँ भन्ने सोच्न सक्छु । म अाफनो डकुमेन्ट्रि बनाउन निस्किएको हुँ । चाहेर पनि आफैसंग गर्न भुलेका सबै प्रश्नको उत्तर अाज म सोध्ने छु  । कति अचम्म छ हैन । अाफ्नै लागि अाफै संग प्रश्न गर्नु ।
घर अगाडि सुनसान छ । प्रायशः हुने जस्तो । तुलसिको मठ छ तर तुलसिका बिरुवा छरिएका छैनन् । म कहिले नै पुजारि थिंए र ! नचाहेर केहि गर्न सकिन्न् । म धर्मात्मा बन्न सकिन त्यसैले पनि मलाई तुलसिको बेर्ना सार्ने दिन याद रहेन होला । म अात्मज्ञानि बन्न खोज्छु । पिंढि लिपिएको छ । म यस्तो काम गर्न रुचाउन्न थिंए । कोठा मिलाउने, बिछ्यौना मिलाउने, कम्युटरका फाईलहरुलाई बर्णानुक्रममा राख्ने यि यस्ता काम म बाट सोच्नै सकिन्न  थियो । म बदलिएको थिंए ।
म कोठा भित्र छिर्छु । सधैं जस्तो कोठामा प्रार्थना हुँदैछ । म आफ्नै लागि अाफैले प्रार्थना गरिरहेछु अाफ्नै फोटोको अगाडि शिर झुकाएर । मैले म आएको देखें । कस्तो टन्टा ! आफैले अाफैलाई अाफ्नै कोठामा बस्न अनुमति दिनु पर्ने । म ऊभिरहें । अनुमति बिना अाफ्नै दायर नाघ्नु असोभनिय लाग्यो । मेरो प्रार्थना सकिएपछि मैले अाफुलाई बस्ने अनुमति दिंए । मैले क्यामेरा निकालेर टेबलमा राखें ।
मैले भने - म लामै कुरा गर्छु अाफु संग ।
उसले खपटा परेको गाला सुमसुमायो । सायद हुन्छ भन्न खोजेको होला ।
कोठाको भुमण्डलमा जिज्ञाशाहरुले कावा खान थाले । जिबन निकै असामायिक छ । म यस्तो समय देखिरहेको थिंए कि अाफैले आफैसंग ईमान्दार बन्न प्रयास गरिरहेको थिएं । म कुरामा दर्शन मिसायर बोलिरहेको थिंए । मेरो रुचिको सबैभन्दा पहिलो प्राथमिकता त्यहि हुन्थो । मेरो पहिलो प्रश्न राख्नु भन्दा पहिले उसले भन्यो । तिमि त्यस्ता उत्तेजित प्रश्नहरु गर्ने छैनौ ताकि मैले तिमिलाई कुराको बिचमा उठाएर भगाउनु परोस् । यो उसको शर्त थियो । उसले आफु शतर्क हुँदाहुँदै संसारले आफुलाई मान्यता नदिएको र आफ्नो उपस्थिति लाई एक्लो झैं ठानेको कुरा बाताउँदा म भाबुक बनें । म आफैलाई पारङगत सोच्छु त्यस्तै उ पनि सोच्छ । घटनाको बास्तबिकतामा छिर्नु भन्दा पहिले म उ संग हौसला बनाई राख्न यताउतिका कुरा गर्छु । मानौ कुनै ब्यबसायिक बेश्याले जस्तो उत्तेजित पारिरहेको थिंए । उ  चुरोट सल्काउँछ र ख्याउटे गाला फेरि सुमसुमाउँछ । दाँया गल्लिको छेवमा झुन्डिएको वेल क्नानभासमा भ्रुँडको चित्र छ । गर्भ भित्र बिकास हुँदै गैरहेको ईमब्रोय । 'त्यो मेरो चित्र हो । मेरि आमाले मेरो जन्म भन्दा पहिले बनाएकि । त्यति खेर पनि मेरा गाला चिर्पट जस्तै थिए ।' बिरोलो रोएको आवाज सुनिन्छ ।
उ फेरि भन्छ ' यो बिरालो त्यत्तिकै अलच्छिनि छ जति मेरि आमा थिईन ।'
एकैछिन कुरा बदलेर उ फेरि त्यहि कुरा मा फर्कन्छ । 'उनका आँखाहरु डरलाग्दा थिए । पड्किनै थालेका ब्रिटिस ह्यायाण्ड ग्रिनेड जस्ता । तर उनि मलाई प्रेम गर्थिन । उनको धुँवा गन्हाउँने पछ्यौरामा म लुटपुटिएको अझै संझन्छु । म उसको आँखामा फोकल लेन्थ लाई पुर्याउँछु । आँशु खस्नै थाले जस्तो ताल जमेको थियो । उसको ओठ थरथराउन थाले । म काँप्छु । ट्राईपोड काँप्छ । फोकल पोईन्ट उसको ओठबाट हटाउँछु । म आफैलाई गर्ने सोचेका प्रश्नहरु म बिर्सन्छु । त्यसमाथि त्यो बिरालो फेरि रुन्छ । उ मुड्किले काठको टेबलमा हात बजार्छ । बिरालो पालिमा हाम फालेर बेपत्ता भाग्छ । घडिको डायल भित्र म घुमिरहेको सुईहरु हेर्छु । मैले आफै संग आखाँ जुधाउने हिम्मत गर्न नचाहेर त्यसो गरेको होला तर उ एकैछिनमा सम्यम देखिन्छ र मुड्कि उघार्छ । हत्तकेलाहरु एक अर्कामा रगड्छ । म एकाएक फेरि काँप्न थाल्छु । बिचारहरुको घर्षणबाट मस्तिष्क भतभत पोलिरहेको थियो । नचाहाँदा नचाहँदै मुखबाट फुत्त प्रश्न निस्कियो । मानौं अपरिपक्व स्खलन जस्तो ।
'समयमा सिद्धान्त लागु हुँदैनन्?' यो प्रश्न पुर्ननिस्चित थिएन ।
उसले भन्यो 'यदि समय निस्चित हुँदो हो त मेरि आमाले पनि समय पाउँथिन बिनम्रता सिक्न ।' उसले त्यसमै जोड्यो । 'कति दिन टिक्न सक्छन् र ज्वालामुखि जस्ता आँखाहारु । उनका आखाँहरु फुटे । बाँसघारिमा बाँस पड्किँदा निस्कने आवाजमा बिश्वास गर्नै पर्छ । ति आवाज कुनै अ्याटोमिक बमले निकाल्ने भन्दा कम थिएनन् । त्यसदिन उनका असन्तुसष्टिहरु पड्किए । बेदनाहरु पड्किए । सकसहरु पड्किए ।' यसो भनि रहँदा उसको स्वरमा बिस्तार थपिंदै थियो । मानौं घण्टाघरमा समय-संकेत दिन बेस्मारि घण्टाहरु हल्लिदैँ छन् ।
'सब खरानि ...' उ थच्च चोयाको मेचमा बस्न पुग्यो ।
म क्यामेराको लेन्स कोठा भरि घुमाउँछु ताकि उसले झट्ट सम्हालिने समय पाओस् ।
'चित्कार पनि गुञ्जन छोड्छ प्रतिध्वनि हुने ठाउँ सकियपछि ।' उसको आशय जे सुकै होस् तर मैले आफ्नै अनुमान लगाँय र त्यसैसंग क्रमानुसार प्रश्न होस भनेर यस्तो सोधें ।
प्रेममा बेमेल नै हत्याको उपज बन्यो, त्यसो भए ?
यसको जवाफको प्रतिक्षा मैले गरिरहिन र सोधें । 'त्यसपछि माछा राख्ने टोकरिमा राखेर फ्याकेको सत्य हो ?'
 यसको जवाफ उसले भित्तामा झुन्डाएको भ्रुँड पछि माछा टोकरि राखेर देखयो मानौं हामि सिंहको मुख मिलाउने पज्जल खेल खेल्दै थियौं । यसपटकक मुड्कि बजार्ने पालो मेरो थियो । मैले काठको टेबलमा मुड्कि बजारें । उसैगरि ट्राईपोडको खुट्टा हल्लियो । मैले क्यामेरा ढल्नु भन्दा पहिले त्यसलाई सम्हालि हालें ।

क्यामेराको भ्यु फाईन्डरमा .....
भर्खरै मिलाएको पज्जलको गर्भिणि शिंहले एउटा बच्चाको जन्म दिएकि छ । उसको समुख्ख म उभिएको छु । एउटा केटा आफ्नै फोटो अगाडि उभिएर प्रार्थना गरिरहेको छ । भुईको माटो रगताम्मे छ र डकुमेन्ट्रिको अन्त्यमा क्रसफायरको आवाज रेकर्ड भएको छ ।