पानि परेको । आँगन चिप्लो । उ कुद्दै घर भित्र छिरि । म थाम समातेर ट्वाल्ल उभिएको थिँए ।
'तेरो समयले पनि एकदिन मुस्कान बिहिन बिट मारेर जान्छ ।' उसले मलाई यसो भनेर गालि गरि र फरक्क फर्किई ।
'प्रेम जबरजस्ति हुने हो र !' मैले यो जवाफ उसलाई दिनै भ्याईन ।
अाज उसलाई यहिँ भेटें । मेलवर्नमा । अलिकति पातलि भएकि थीई तर जिरो फिगरै चाहिं होईन । जिम जान थालेको थिंए त्यसैले जाडो लागिसकेपनि पाखुरा देखाउन मन लाग्ने । हाफ टिसर्टमा थिंए ।
क्याट क्याफे । उ त्यहिं थिई । मैले हिजै एउटा प्लेस बुकिङ गरेको थिए । मलाई देखे पछि । अंगालो हाल्न अाईपुगि । अंगालो हाल्दा उसले दुबै खुट्ट भुँई बाट छोडिदिई । अब ठ्याक्कै हनुमानले मंदराचल पर्वत उचाले जस्तो देखियो ।
एकछिन उभिएर एक अर्कालाई नियाल्यौं । दुबै संग लाखौं जिज्ञासा थियो । कसले पहिला के भन्ने । उसले मेरो अोठ तिर हेरि । जंङ्गलमा डँडेलो लागेको ठुटो जस्तो भएको थियो ओठ । चुरोटले डडेर ।
कफि ल्याई । मैले चुरोट सल्काएँ । उसले सोधि ।
'कस्तो छ ?'
मैले भनें । 'ठिक छु ।'
म उसलाई देखेर मुग्ध थिँए । कसैले जाँडको डबका अगाडि ल्यार राखिदिए जस्तो । पिउँपिउँ लाग्ने ।
'तिमिलाई कस्तो छ?'
केहि ठिक नभए जस्तो जवाफ फर्काई । 'ठिक छु ।'
एउटा केटा अायो र उसलाई अंगालो हाल्यो अघि उसले मलाई अंगालो हाले जस्तो । उसले चिनाई । 'मेरो पति' ।
त्यति खेर उसको अाँखामा मैले दिन खोजेको जवाफ थियो ।
प्रेम जबरजस्ति पनि हुने रहेछ ।
अब फेरि भेट्टे नभेट्ने केहि नभनि हामि बाटो लाग्यौं । पहिले जस्तै ।