फ्नै गित बजेको सुन्दा लिक्कि लि कम्ता दङ्ग थिईन । समयको पाङ्रगो तातो कफिको छेवछाव अड्डिए जस्तो थियो । घडि आफ्नै अक्ष भुलेर घुम्दै थियो । एन्टिकल्क वाईज ।
म उसको सामुन्ने थिंए । आखै झिमिक्क नगरी उसको ओठ हल्लिएको हेरिरहेको थिंए ।
Oh I beg you....
Can I follow.
Oh I ask you
Why not always......
दि बेकरि क्याफे, कुमारिपाटि लाग्ने कुनामा सदा झैं आउने जाने लाई ख्यालै नगरि साँझमा सुस्ताउने तरखरमा थियो । उसले चिडिघरतिर देखाउँदै भनि "बुवाले त्यहाँ बाघलाई आहारा हाल्ने काम गर्नु हुन्थ्यो । उहाँलाई यो गित खुबै मन पर्ने । गाईरहनु हुन्थ्यो ।"
I follow rivers... पार्श्वमा गित बजिरहेकै थियो ।
उसले कफिको एक सुर्को ताने पछि भनि - "देशमा त्यतिबेला पञ्चायतिहरुको हालिमुहालि थियो । बुवा अन्ध भक्त्त भएर बाघको संगसंगै पञ्चायतिहरुको रखवालि गर्दै हुनुहुन्थ्यो । पछि क्रान्ति भयो ।" छोटाकथामा अबिश्वसनिय बयान शैलिमा भनिए जस्तो कुरालाई बिचमै टुङ्गागाएर अर्कै कुरा थपि -
"अहिले पनि चिडियाघरका केहि अबकाश-कर्मचारिहरु भन्छन् बुवालाई बाघले होईन पञ्चायतले खायो ।" कुरा जटिल हुँदै गयो । लिले घाँटि भिजाउन छेवैको पानि तानि । म उसको कुरा पहिले सकियोस् भन्ने पर्खंदै थिंए । त्यसदिन मेरो पनि उसलाई सुनाउन केहि कुरा थिए । समय पर्खदै थिंए । हो, त्यतिखेरै घडिले आफ्नो अक्ष भुलेर एन्टिकल्क वाईज भयो ।
फेरि लिले बल गरेर कुरा खोलि । " बाघले बुवालाई हाड पनि नराखि खाईदियो । उहाँ प्रति बफादार ति जंङ्गलि जनावरले त्यसरि बुवाको अन्त्य गर्लान भनेर भन्नै सकिंदैन ।"

यति भनेर अब उ चुपचाप हुन्छे । म उसलाई सधै जस्तो प्रेम प्रस्ताब राख्न्न उचित मौका कुरिरहन्छु ।
यसै गरि "I follow rivers" पनि बगिरहन्छ बेकरि क्याफेमा । घडिले आफ्नो अक्ष पहिल्याउन नसकेको मा मलाई केहि अम्मल सम्म खेद पनि छ । तर उसले आफ्नै गित बजेको सुन्दा आफुलाई रोक्न सक्दिन र उ स्मृतिको आबृतिमा अनुग्रहित हुन चाहिरहन्छे ।
म उसको ओठहरु नाचिरहेको हेर्दा हुनसम्म खुसि हुन्छु । हामिहरु बिच सन्तुष्टिको अलगअलग पर्खाल छन् । उ आफ्नै सकसको पर्खालभित्र ओझेल पर्दै गईरहेकि छे । म आफ्नै उत्तेजनाको पर्खाल भित्र थुनिएको छु । सधैनै दिनको अनुप्रस्थ Oh I beg you बाट सुरु भई I follow you सम्म पुगेर सकिन्छ ।
उ भन्थि ऊसको बुवाले भने झैं संसारलाई फित्ता लगाएर नाप्नेहरु आफ्नै गज अनुमान लगाउन सक्दैनन् । आफ्नै उचाई नाप्न भ्याउँदैनन् । केहि हद सम्म मेरो परिस्थिति अलग छैन ।
म उसलाई प्रेम प्रस्ताबको लागि बकाईदा मौका कुर्दै हुनेछु र उ आफ्नो जासुसिको पन्नाहरुमा आफ्नै गित रङ्गाउन ब्यस्त भईरहने छे ।