रनिको राजमार्ग छेवछाउका ज्यापुहरु बिहान ४ बजे प्याज का ताजाबोट खर्पनमा भरेर ठिमिको उकालो लाग्दा । कुर्कुच्चा र गोलिगाँठा भन्दा सुकिला प्याजका गाँठाहरु बाट निस्कने हरकले काठमाडौं लाई बिस्तारै छोप्छ । भादगाँऊले टोपि, खद्दरको खैरो सुरुवाल र फाँटमा झाङगिएका फर्सिका लहाराजस्ता जुङगा माथि सितका थोपाहरुले कतिखेर काठमाडैंलाई प्रलोभन मा पारिसक्थे यि तिनै हुन्न जसले मलाई आफ्नो थातको स्थिति बताउँछन् । त्यतिबेला उसैले आफ्नो बाउलाई सोधेकि थिई । "भारत कता पर्छ?"
उसले चोर औला उठाएर देखाएक...ो थियो । " उ त्यता ।"
त्यसपछि उ आफैसंग बोल्थि तर बालाई सुनाउने गरि ।
"घुम ओढेर दर्के पानिमा कुदेकि आमाको छायाँ मात्र संझन्छु । कस्ति थिईन आमा?" उ फेरि सोध्थि ।
उ ग्राहाक लाई प्याजको मुठा उठाएर देखाउँदै हुन्छ । यो पाँचको । यो दशको ।
"त्यतिखेर ढाडको पटुकामा तँलाई झुन्डाएकि हुन्थि तेरि आमाले ।" ग्राहाकले पाँचको मुठा उठाएर हिड्यो ।
"परालको छानो मास्थिर हिड्ने बिरालोका बच्चाहरु तँ संझिन्छेसस् ? तिनिहरुलाई देख्दा तँ आमाको छातिमा बेस्मारि टाँसिन्थिस् ।"
"पिडौंलामा जुका टाँसिए जस्तो, होईन बा! " त्यसपछि दुबै आत्मा रित्ताएर हास्थे ।

खर्पनमा प्याजका गाँठा हुनजेल बाउ छोरिले गर्ने गफ यस्तै हुन्थे ।
एकदिन उसले अरनिको राजमार्ग अगाडिबाट मिनिबस समाति र हिडिं । आमालाई खोज्न । भारततिर । आज सम्म उसले आमा भेटिन । उसको बाउ आज पनि खर्पनमा तरकारिको भारि लादेर यक्षको प्रस्तरमुर्ति मुन्तिर ग्राहाक कुर्दै बस्छ ।
म उसलाई हेर्दै एक खिल्लि चुरोट सकाउँछु र एक मुठा पालुङ बोकेर घर फर्कन्छु ।