लबायु तथा मौसम बिज्ञान को भबिष्यबाणि मा अाज पानि को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानि अोईरिन थाल्यो । फतमालाई के थाहा यसरि पानि पर्ला भनेर ।
'बिश्वासै नहुने भयो अब रेडियो नेपालको ।' फतमा एक्लै बोल्न थालि ।
जुठेल्नोमा हिजो राति देखिकै भाँडा छोडेर अाएकि थिई उ टुँडिखेल । अाज टुँडिखेलमा  कस्को सवारि छ उसलाई अझै थाहा छैन । सबैले स्वस्ति गर्न पुग्नै पर्ने उर्दि थियो ।  छिमेकि ले भने पछि मात्र उसले अाजको उर्दि बारे थाहा पाएकि थिई । उसले रेडियो नेपालको त्यस्तो उर्दि सुन्न कसरि छुटाई । उ अाफै रनभुल्ल छे ।
पानि नथामिने गरि पर्न थाले पछि उसले स्वस्ति नगरिनै फर्किने बिचार गरि । उसको जिउमा पोहोर पोईले हाल्दिएको चौबन्दि चोलो, त्यसको पनि एउटा तुना चुँडिएर तिनबन्दि चोलो भएको थियो ।  र ठाउँ ठाउँ फाटेको टेलिकोसाको धोति मात्र थियो । धोतिको टुप्पोमा सानो गाँठो थियो ।
तुना चुडिँएकै दिन होला उसले त्यो गाँठो 'सराप्नेको घाँटिमै अड्कि जाअोस् भनेर' बनाएकि थिई । हो त्यति नै बेला चुडिएको तुना त्यसै भित्र पोको पारि राखेकि थिई । पानि बड्दै गयो । उ हस्याङ फस्याङ गर्दै डिल्लिबजारको उकालो चड्दै गर्दा कुर्कुच्चा फाटेको चप्पलको फित्ता चुँडियो ।
धोतिको गाँठो फोई र चुडिएको चौबन्दिको तुनाले चप्पलको फित्ता टुनुक्क कसि । उसले यो काईदा केटाकेटि हुँदै सिकेकि थिई । फाल्नु पर्ने तुना जोगाई राखेको मा अाफ्नै बुद्दिलाई स्वस्ति गरुँ गरुँ लाग्यो । त्यतिनै बेला उसलाई बिस्मात पनि भयो । स्वस्ति नगरि फर्किएको मा ।
'तर.. ह्या... कोसलाई गर्नु पर्ने नै थाहा थिएन । ठिकै भयो ।' फतमा फेरि मनमनै बोलि ।

फतमाले रेडियो खोलि । रेडियो स्याँईयँ... गर्दै थियो । रेडियो को प्रशारणनै सुरु हुने बेला भएको थिएन निकै बेर स्याँईंयँ .... नै गरि रह्यो । एकै छिन पछि उसले सधैं सुन्ने अावाज सुनि । समाचार बज्यो । उसले यो समाचारलाई अलि ध्यान दिएर सुनि ।
'सुराकि गरेको अाधारमा आतंकबादिको एउटा समुहले हिजो एक अधबैंसे अाईमाईको हत्या गरेको छ  ।'
उसलाई हिजो देखि रेडियोको बिशवास लाग्न पनि छोडेको थियो । किनकि पानि नपर्ने सुचना अाए पनि पानि परेको थियो ।
उसले हिजो छोडेको जुठेल्नोको भाँडा संझिई र ढोका बाट निस्कनै थाल्दा सोचि ।
'यो अातंकबादि भनेको को होला ।'

दैलो बाट एउटा खुट्टा बाहिर पर्नासाथै उ झसंग भई । फुत्रुक्क खुट्टा गले उसका । फ्यात्तै भुईमा थचारिन पुगि । एकाबिहानै अाँगनमा मान्छेको हुल थियो । फतमाले अाफ्नो लास अाँगनमा पछारिको देखि । उ रुन पनि सकिन । बिस्तारै अाफ्नो लास छेउ पुगि र यताउति पुगेका चप्पललाई जोडि बनाएर खुट्टामा हुलि ।
फतमा नमज्जा मानेर अाफ्नो लाश नियाल्दै सोच्दै छे ।
' साँच्चै यो अातंकबादि को होलान्  है !'