सको नाम चक्षुसि हो  । चक्षु ‌+ सि । चक्षुसि ।
जहिले उ अाँखाहरु अन्तै बिछ्याउँछे ।
प्रत्येक भेट पहिलो भेट जस्तो हुन्छ ।
हातहरुलाई फैलाउँछे जसरि
पहिलो पटक सेता सेता हिउँहरु समाउँदै गरको होस् ।
पहिलो उडान भर्दै गरेको बचेराले जस्तो
मलाई अंगालोमा बेर्छे ।
उसको नाम चक्षुसि हो ।
उ मेरि प्रेमिका ।
प्रत्येक भेट समझदारिको भेट हुन्छ ।
सर्त हुँदैन ।
उ मलाई स्पर्श गर्न हिचकिचाऊँछे  ।
पराजित योद्धा झै अाँखा जुधाउँदिन ।
मुल ढोकामा अनुमति लिन उभिएको
अपरिचित झैं अन्यमस्कन रहन्छे ।
उसका औंलाहरु पियानो बजाउँदै गर्दा
हल्लिने जस्तो एकपछि अर्को लयमा हल्लिन्छन् ।
उसलाई ठ्याक्कै थाहा छ मेरो अाँखा कहाँ नेर छ  ।
उसलाई ठ्याक्कै थाहा छ मेरो अोठ कहाँ नेर पर्छ ।

पुरानो ग्रामोफोनमा जस्तो
उ औंलाहरु मेरो अोठमा रगड्न थाल्छे ।
म उत्साहित हुन्छु ।
प्रत्येक भेट यस्तै हुन्छ ।
प्रथम भेटमा झै अनिश्चितता हुन्छ ।
प्रेमको उच्चताबोधमा डुब्दै गर्दा
बिहानिपख शितले छापिएको गुलाफको फुलमा झैं ।
उसका अाँखाहरुमा शिताशं अबबोध हुन्छ ।
उ रोएकि होईन ।
उसमा लालसा बढेको हो ।
प्रेमि बनिरहने लालशा  ।
म उसको अगाडि खुलस्त छु,
जस्तो सुन्दर शिक्षिकाको अगाडि
उभिएको चकचके केटा झैं ।
म उसको आज्ञाको अनुकरणमा अभ्यस्त छु ।
म भुगोलको छात्र जस्तो
उसको निजि क्षेत्रहरुमा बृत्ति लगाउँछु ।
भौतिक कार्यशालामा उसको सिर्जनशिल अौंलाहरु
मेरो शरिरको अंग अंग अनुभब गर्छन् ।
उसलाई थाहा छ मेरो अौंलाहरु कहाँ नेर छन् ।
उसलाई थाहा छ मेरो अोठहरु कहाँ नेर पर्छन् ।

उस्तै अभौतिक सुरुवात
उ मलाई अाफुभित्र समाहित पाउन चहान्छे ।
प्रेमको माउ रुप पहिल्याउन
उ मेरो ब्युत्पत्तिको स्रोत खोज्छे ।
उसका अाँखाहरु प्रत्येक भेटमा बिस्फारित हुन्छन् ।
कहिं केहि खोजे जस्तो ।
खोजिरहे जस्तो ।
उसको अाँखा भित्र बलिरहेको शिखा
मेरो देह जलाउन प्रर्याप्त छ ।
परेलाहरु,
ति बिस्तारै खुलछन्
बिस्तारै बन्द हुन्छन् ।
साँझ पछि बिहान जस्तो
बिहान पछि साँझ जस्तो क्रमागत छन् ।
म तयार हुन्छु प्रेमको सुमार्गमा छिर्न ।
उ अाफ्ना अौलाहरु मेरो कपाल भित्र घुसाउँछे ।
अलमलिएका बटुवाजस्तो दृष्टि हतास छन् ।
बाटो पहिल्याउन ।
उ मेरो रुपको कच्चा नक्सा
मनमनै खिच्न खोज्छे ।
सधैं यस्तै हुन्छ ।
प्रत्येक दिन उ अलमलिन्छे पुरानै बाटोमा ।

मोजार्टको पियानो माथि थामिएको अौंला जस्तो ।
उसका ओठहरु मेरो ओठ सम्म अाएर रोकिन्छन् ।
संगितको परिभाषा उ म भन्दा बढि जान्दछे ।
प्रेमको अर्थलंकार मलाई भन्दा उसलाई थाहा छ ।
प्रत्येक पलको अायाम उ कोर्छे ।
उसलाई अाफ्नो सिसाकलमको फौलाव थाहा छ  ।
त्यसमा ममता जत्तिकै अधिकता छ ,
उ दृष्टिबिहिन छे ।
तर, उ मेरो क्षितिजमा सबैभन्दा बढि फैलिएकि छे ।
उसको लम्बाई चौंढाई ।
अंतरिक्ष भन्दा फराकिलो छ ।
उसको घनिष्ठता ब्रम्हाणड भन्दा रहस्यमयि  छ ।
म उसको सारथिको अात्मियतामा
बैभबशालि छु ।
मेरि उ दृष्टबिहिन प्रेमिका ।
उसका अाँखाहरु मेरा लागि खुल्ला छन् ।
अाकाश उघारिएको जस्तो हृदय उघारिएको छ
त्यसमा ममता जत्तिकै अधिकता छ ।

उसको नाम चक्षुसि हो ।
उ दृष्टिबिहिन छे ।
उ मेरि प्रेमिका हो ।