घा
म सेलाएपछि । 
फुटपाथमा बग्रेल्ति खुट्टाहरु निस्किएका छन् । 
प्ल्याटनसका पातहरु 
घोटिएर निस्कने खस्रो अावाजमा, 
शहरको प्रारुप खिचिएको छ । 
म खण्ड खण्डमा बिसाउँछु अाखाँहरु । 
टिम मोरिसनको झल्को दिने समझदार केटाले 
मल्टिन्यास्नल कम्पनिका स्याम्पल कफि 
मेरो पोल्टामा फ्याँकेर हिडिसक्यो । 
कफिको स्याम्पल प्याकेट 
डफल ब्यागमा घुसाउँछु । 
थाहै नदिई म यो शहरमा माग्ने गर्छु । 
तर, 
म कसैलाई सुनाउँदिन 
आफ्नो डेराको पङखाको अारपिएम । 
साँझ रातमा अनुदिन हुँदै गर्दा । 
फुटपाथ लुगलुगाउँछ निर्जनताले । 
म ग्वाम्लाङ्ग अंगालो हाल्छु । 
यध्दपि उसलाई थाहि छ भोलि बिहानै घाम लाग्छ । 
उसैले मलाई सिकाएको छ । 
पिज्जाहट र म्यागडोनल्सको पंत्तिमा उभिन । 
उसको नाम स्यालोट हो । 
उ अाफ्नो कुकुरको परिचय दिन्छ । 
छाति छोप्न नचाहाने युवतिहरु । 
स्यालोटको निधार मुसार्छन् । 
उभ्रेको सेन्ट मेरो रुमाल मा झार्छन र जानछन् । 
म उनिहरु संगै पिज्जाहट र म्यागडोनल्सको
कतारमा उभिन्छु ।
स्यालोट म संगै उँग्दै हुन्छ। 
मलाई संकोचबाट बचाउँदै । 
भरे, 
म उसलाई तिनै केहि संग प्रेममा परेको नाटक गर्छु । 
स्यालोट निदाएपछि म फुटपाथलाई कथा भन्छु । 
म निदाएको बेला । 
मलाई थाहा छ । 
प्याल्टनसका पातहरु म तिरै फर्कन्छन् ।