मेरो कोठामा सधै जस्तो मध्यरातमा अाई । उसलाई थाहा थियो म त्यतिखेर सुतेको हुन्न थिएं । उ मेरो कबिता बुझदिन । तैपनि उ एकाग्र भएर मलाई सुन्छे । दुलो बाट न्याउरि मुसाले सुर्योदय नियाले जस्तो । म उसको भाषा बुझ्दिन । म जाँगर पनि देखाउँदिन उसले के बुझाउन खोज्छे । उ मेरि छिमेकि । मेरो अपार्टमेन्टको को संगैको कोठा उसको हजुरबुवाको हो । उ त्यहि बस्छे । कहिले उ पट्याएको ईमुको मासु लिएर अाउँछे । कहिले ह्विस्कि । कहिले चिनि नभएको कफि । उसले यो बुझि सकि म चिनि नभएको कफिहरुमा अाशक्ति देखाउँछु । भाषाको त्यतिखेर के महत्ता जतिखेर उ मेरो पराई कबितामा अापेक्षिक नातेदारि पना देखाउन मलाई सुनेरहेकि हुन्छे । कबिता बाहाना हो । भाषा बाहाना हो । ईमु बाहाना हो । कफि बाहाना हो । त्यहि सत्य हो । उ मेरो उदासि मन पराउँदिन । 
उसको नाम ईमाईनि हो । उ युनानि देबताहरु जत्तिकै पबित्र छे । उसको लाक्षणिक देहमा मेरो कबितांशहरु दैनिन्दि टुसाउँदै छ ।