सरल्ल ! 
म अघिल्तिर एउटा टाङ्ग फाट्टिएको छ ।

यो नशा के हो ।
निेमेश चुपचाप ।
बिबेकशुन्य छु ।

यो रक्सिको नशा हो 
यो कबिताको नशा हो 
आत्म गौरबको नशा हो ।
गौरचमा ठुटिएका पोथ्राहरुले सोध्छन् ।
अघाएर झरेका गोबरका थुप्राहरुलाई
तिमिहरु नशामा छौ ?
संगमको नशामा
सारको नशामा
सारभुतको नशामा ।

म अाशातित छु ।
म भ्रमातित छु ।
रक्सिले चुर छु
कबिताले बौरिएको छु ।
युवा ह्याङ ओभरको गणितको अाहालमा
बिशाल बिशाल असम्भब श्रेणिहरुमा
तौलिन्छु ।
म निमेश कथातित छु ।

मेरो लागि खण्ड ईतिहाँस हो ।
मेरो लागि बर्खा ईतिहाँस हो ।
अाज ईतिहाँस हो ।
ईतिहाँस भन्दा पर पुग्दै
बिम्ब भन्दा झन पर पुग्दै ।
अात्म रक्षाको निमित्त
बलिदानको वकालत गर्छु ।
म अाफैं अाफैभित्र बलि चड्छु ।

निलकाँडा, क्यातुके र पलाँसको पातमा
सुन्दरताको निल डाम देख्छु ।
यस्तै निलडाम तिम्रो तिघ्रातिर पनि छ ।
त्यस्तै निलडाम तिम्रो स्तन तिर पनि छ ।
म नशामा छु ।
सपाट सतहमा अाकुल छु ।
यसलाई ब्यग्रता भन्छन्
म काँचुलिि फेरिसकेको शिखर हुँ ।
अब पातालतित हुन चहान्छु ।
म अघिल्तिर ।
एउटा टांङ फाट्टिएको छ ।
प्रेमको टाङ
नशाको टाङ
म नशातित छु ।
बिर्यले निशेचित छु ।
अब एउटामा अर्को पाईला राखेर
सग्लो सग्लो हिड्दैछु ।
बिश्वास नहुने अनगिन्ति बिश्वासहरु छन् ।
भलो नहुने लाखौं कुभलोहरु छन् ।
म उदाहरणको श्रेष्ठता हुँ ।
बलिरहेको अघोरिहरुको अालो दाउरा हुँ ।
अाज म अबिश्वासमा छु ।
भोलि पुर्णबिराम लाग्छु ।
असरल्ल !
म अघिल्तिर एउटा टांङ फाट्टिएको छ ।
यहि नशा हो ।
म नशातित छु ।
उसको गल्लि बाट देखिने एक कोसको बाटो
अाज झनै उदास देख्छु ।
यहि नशा हो ........