घोत्लिदाँ घोत्लिँदै म यो कन्फेस् गर्छु  ।
उ सुबोध्य शब्दहरुको
सरल र आयाम गणित हो ।
उ मलाई ज्यामिति मान्छ ।
उ सबथोक जान्दछ ।
अादि अन्त्य र उत्पत्ति जान्दछ तर....
मलाई बिजगणितका कठिक सु्त्र ठान्दछ ।
म उसैकि प्रेमिका ।
तर मलाई बिश्वबिध्यालयको क्यालकुलस मान्छ
जटिल र कठिन ।
उसलाई के थाहा म त्यतिनै बिस्फोटक छु ।
म उसलाई अनेकानेक बाक्यहरु मान्छु ।
जसले बर्णभाब, छुवाछुत र भेदभाब
जसले अराजकता, साम्यबाद र निरपेक्षताको
बखान लेख्छ ।
उ जान्दछ । हामि बिच अात्मियता छ ।
तर पनि उ तयार छैन । अझै :
उ मान्दैन म उसकि.....
म कति उसैले लेखेको पन्नाहरुमा
ईज्म-लंकार ले सच्याईदिन्छु ।
वाफरे! म अाजकाल अध्यात्मबिज्ञानमा
वा-
कुनै युनानि देबतामा बिश्वास गर्न थालेको छु ।
उ मलाई घुँडा टेकेर
प्राथना शैलिमा प्रश्ताब गर्छ ।
म उसकि प्रेमिका हुने समर्थनमा
मागहरु राख्छु । प्रतिप्रश्न गर्छु  ।
उल्टै म उसलाई ब्यङ्ग गर्छु ।
तिमिले मलाई पाउन तिमि नास्तिक हुुनु पर्छ ।
मलाई पाउन तिमि केअ'टिक हुनु पर्छ ।
तयार छौ तिमि प्रतिश्पर्धामा सामेल हुन ?
तयार छौ तिमि कानुन र हिस्सा बदल्न ?
तिमि मलाई लबस्तरि ठान्छौ ।
कपकेक को लागि बजारमा बिक्ने माल ठान्छौ ।
तिमि पुरुष । म महिला ।
म एक्काईससय बर्षकि महिला हुँ ।
म संग तिम्रै जस्तो पाखुरा छ ।
तिम्रै जस्तो बलिष्ट तिघ्राहरु छन् ।
योनि छ । स्तन छ र ....
म संग लुकाउन होईन ।
देखाउन सबथोक छ ।
तिमि जस्तै म पनि जान्दछु ।
खगोल, भुगोल, र बिज्ञान का कुरा ।
म संग पनि छ तिम्रो जस्तो उडानका रंङहरु
म पनि लेख्छु तिमिले जस्तै
कल्पनाका, जादु र ईतिहाँसका कुरा ।
तर पनि तिमि तयार छैनौ, स्विकर्दैनौ ।
म यहि जियोग्राफिको भुमिका हुँ ।
तिमि तयार छौ ? स्विकरोक्तिमा मलाई सामले गर्न ।
तिमिले भने जस्तो म कपकेकमा बिक्ने सामान होईन ।
तिमिले भने जस्तो म ओछ्यान फर्ने, घर बदल्ने
साङ्गलो, उपियाँ र उडुस होईन ।
म, म एक्काईससय बर्षकि महिला हुँ ।
तिमिले जस्तो म काया फेर्न सक्छु ।
म संग तिम्रै जस्तो बायोलोजिकल बडि छ ।
तिम्रो जस्तै अंगहरु छन् ।
तर तिमि किन ठान्छौ ।
ति बनमा फ्याँकिएका गिठ्ठा भ्याकुर हुन् ।
जसरि तिमि माग गर्छौ, लुछ्छौ ।
मेरो अंगहरु निचोरेर मलाई नै भन्छौ ।
ए तँ ! तँ केहि होईनस् ।
म पनि सक्छु तिमिले जस्तो युद्द गर्न
तिमिले जस्तो रसायन बनाउन ।
तर तिमि तयार छैनौ ।
मलाई तिम्रै रिफ्लेक्सन मान्न ।