यो संगित उतै बाट आएको हो । बाँसुरिको शानदार धुन । यो शितल हावा त्यंहि को हो । यसमा मैत्रिपुर्ण मोहक छ । बात्सल्यरुपि दहिका घैंटाहरु फुटाउन जान्ने अरु को हुन सक्छ । यो हल्लिखल्लि बृन्दाबन को हो । सिंयालमा निदाएर गाईले बाछि पाएको सपना देख्ने मै हुँ । ठेकि भित्र मदानि घोटिँदा बज्ने आवाज मुरलिको भन्दा कम छैन । बृन्दाबन यतिखेर रहस्यको नौनिमा सिंगारिएको छ । म कतिखेर त्यसको सारलाई धुपौरो मा राखेर कुदिरहेको हुन्छु । बास्ना फैलिन्छ । धुवाँ बनेर । त्यो पुरै बृन्दाबन भरि नै फैलिसकेको छ । अब कुपर सल्काईन्छ । मलाई नक्कासि लाग्छ त्यो काम । निकै ध्यान पुर्बक चोटा कोठा पुग्छु त्यहि बास्ना बोकेर ।
बृन्दाबनको नक्सा फेरिएको छ । भुचित्र बदलिएको छ । मेरो बाँसुरि लाई कसैले अँगेनाको भुतभुते खरानिमा लुकाईदिएको छ । बाछि पाईदिने गाई अल्छि मानेर जतिखेरै टारको हरियो दुबो माथि पल्टिदिन्छ ।
म त्यहि चराहरु खोज्छु । आकासमा । अझैपनि । ति डुल्दै अाउँथे । कता कता बाट र आँगनको डिलै मा राखिएको भिँउटमा मुन्टो डुबाई डुबाई पानि खान्थे । त्यो भिँउटको पिधं चुहिएको छ । पानि बस्दैन । त्यसैले चराहरु पनि आउँदैनन् ।
मलाई अचेल मलसाँप्रोको डर छैन । जरुवाको पानि सुक्ला भन्ने पिर छैन । साँच्चै बृन्दाबन अाजकाल सुनसान छ । बालिनालि सुकेर उराठ बनेको बेसि जस्तो । म सुसेल्छु । मनहराले संग सगै सुसेल्छ कि भनेर । तर चुपचाप ..