सको नाम ञशा (ञ उच्चारण हुंदैन । त्यस पछि को बाँकि अक्षर उसको नाम ) हो । उसको नाम जत्तिकै उ भिन्न छे । उसलाई मानिसहरुले 'ञ' उच्चारण गरेको मन पर्दैन । जब उ अाफ्नो नाम बताउँछे । तुरुन्तै 'ञ' उच्चारण नगर्नुहोस् भन्छे । बाध्यता पनि हो । उसलाई आफ्नो नाम फेरेर केहि सजिलै बोल्न सकिने वा भन्न मिल्ने नाम राख्न मन नभएको पनि होईन तर नाम फेर्नु भनेको आचरण फेर्नु हो । जो ञशा रुचाउँदिन ।
उसलाई पनि अरु केटिहरुलाई जस्तै घुरेर आफुलाई हेर्ने केटा मन पर्दैन । जब उ नयाँ केटा साथि बनाउँछे । तुरुन्त उ आफ्नो समुहका केटि(हरु)लाई आफ्नो नयाँ बनेको सथि लाई चिनाईहाल्छे । उसलाई लाग्छ उसको छनौट बकाईदाको हुन्छ र अन्य केटिहरु उसको त्यो कला बाट  मोहित हुन्छन । उसले त्यसै रात कबिता लेखि । मायाका गतिला बिम्बहरु छानि छानि उसले कबिता लेखि ।
ञशाको डायरिबाट उसको कबिता:

मानिसहरु जिबनको खुँडकिलामा
सरासर माथि पुग्छन् ।
टुप्पोबाट देखिने मनमौजि दृश्यनै
जिबन-भरिको खुसि हो भन्ठाछन् ।
म कति थरिको कबिता लेख्छु ।
कति थरिका मानिस संग प्रेम गर्छु ।
प्यासेन्जर सिटमा, ऊ
म उसलाई धित पुर्याएर हेर्छु ।
बिम्ब यहि त हो ।
उ, म अनि प्यासेन्जर सिट ।
उसले पनि खान्छ मार्लबोरो चुरोट ।
जिबन कति धुँवा जस्तो लाग्छ ।
उसले फुक्क फुक्दा,
धुवाँका डल्ला डल्ला उसको घाँटिबाट ।
भरुबा बन्दुक बाट बारुद,
निस्किए जस्तै निस्किन्छ  ।
उसोभए जिबन भरुवा बन्दुक हो ।
जिबन मेरो प्रेमिले खाने मार्लबोरो चुरोट हो ।
म अन्ध भक्त भएर ।
उसलाई प्रेम गर्छु ।


लुकि छिपि उसको बार्दलि मुनि छेलिने उरनठ्याउलाहरु लाई उ संझिन खोज्छे । उसले संझिन कति मानिसहरु छन् । दुर्दशा हो कि जस्तो लाग्न थालेको छ उसलाई । उसले चपाएका समयहरु । उ अाँखा चिम्म गर्छे र उसलाई अघ्घोरै माया गर्ने प्रेमिलाई याद गर्न खोज्छे ।

उसले पछ्याउने क्याफेमा
म अंतरङ पिउन पुग्छु ।
जिबन उसो भए
मेरो प्रेमिले पिउने सोम रस हो ।
उ सोम रस भन्छ ।
मेरो ओठहरुलाई ।
.....

जिबन  भोको हुँदा उतिर तानिने हरुलाई उ संझिन खोज्छे । लुकि छिपि उसको बार्दलि मुनि छेलिने उरनठ्याउलाहरु लाई उ संझिन खोज्छे । ति सबै नै उसका प्रेमि हुन् । उसले मस्तिष्कको एउटा कुनामा अर्धचेेत भएको पाटोलाई उसले हल्लाईदि । त्यो मसिनो धर्का भएर यसरि पोखियो ।

......
उसलाई के थाहा उसको सोम रस ।
निकै ले पिएका छन् ।
यसैलेत म, क्याफेको कबिता लेख्छु ।
बटुवाहरुको कबिता लेख्छु ।
अपरिचितहरको कबिता लेख्छु ।
म उसैको अाँखा बाट बग्छु ।
प्रत्येक बिहान, साँझ, रात ।
कति पटक हो कति पटक ।
उ मलाई आफ्नो सिसाकलमले घोचि रहन्छ ।
उ अाफुलाई दा भिन्चि भन्छ ।
उ आफुलाई मोनेट भन्छ, गुस्ताभे भन्छ ।
म उसलाई सुम्पिरहन्छु ।
मेरो कबिता । मेरो बिम्ब । मेरो आख्यान ।
क्यानभासमा गेसो दले जस्तो ।
उ मेरो छाति भरि ।
बिर्य दल्छ । र भन्छ । तिमि बेश्या ।
उ अट्टाहाँस गर्छ । भन्छ । तिमि प्रेमिका ।
उसको झ्याल बाट बाहिर देखिने ।
अाधा आकास मलाई गिफ्ट दिन्छ ।
सौन्दर्यका सबै बिम्ब म तिर फ्याँक्छ ।
म उत्ताउलो हुन्छु ।
र उसको छातिमा गएर पग्लिदिन्छु ।

'ञ'शाले कलम बन्द गरिदिई । डायरिको पन्नालाई धुर्र च्याति र बार्दलिबाट तल फयाकिदिई । 'ञ'शा लाई अाज लेखेको कबिता पटक्कै मन परेन । उसलाई रुन मन छ ।
प्रेमि(हरु) लाई संझिएर । जिबन  भोको हुँदा उतिर तानिने हरुलाई उ संझिन खोज्छे । लुकि छिपि उसको बार्दलि मुनि छेलिने उरनठ्याउलाहरु लाई उ संझिन खोज्छे । उसले संझिन कति मानिसहरु छन् । दुर्दशा हो कि जस्तो लाग्न थालेको छ उसलाई । उसले चपाएका समयहरु । उ अाँखा चिम्म गर्छे र उसलाई अघ्घोरै माया गर्ने प्रेमिलाई याद गर्न खोज्छे ।

उसको जिब्रोमा गौरबको प्यास थियो ।
म उसैको कबिता लेख्छु ।
उसले अाफुलाई नित्से भन्यो ।
उ मेरो मार्क्स थियो ।
मलाई आख्यानको ओछ्यानमा सुताउने
उ मेरो ......

उसले अाँशु पुछि । उ हत्त पत्त रुने मान्छे होईन । अाज कबिताको बिम्बमा उसलाई कति रुनु छ । त्यसो भए जिबन शित नै हो त । अाधि रातमा उठेर गजधम्म परेको कालो-निलो रङ मिसिएको आकाशलाई नियाल्नु पनि त सोख हो । उ संझन्छे उसले कति रमाईला पलहरुलाई अात्मसाथ गरि । कसैले उसलाई बितृष्णाले हेरेन । उसको शैलि बाट लोभिनेहरु उलाई अझै याद छ । यसैमा उसको प्रेमिहरु थपिएका हुन् । उसले संझिदा सझिदैं फेरि रोक्न खोजि ..

उ मेरो महलमा बतासिने
अोठमा सुसेलिने
बैंसले पट्ट फुटेका गालाहरुमा,
धित मरुनञ्जेल चुम्ने उ,

'ञ'शाले कलम बन्द गरिदिई । डायरिको पन्नालाई धुर्र च्याति र बार्दलिबाट तल फयाकिदिई । 'ञ'शा लाई अाज लेखेको कबिता पटक्कै मन परेन । उसलाई रुन मन छ ।
प्रेमि(हरु) लाई संझिएर । जिबन  भोको हुँदा उतिर तानिने हरुलाई उ संझिन खोज्छे । लुकि छिपि उसको बार्दलि मुनि छेलिने उरनठ्याउलाहरु लाई उ संझिन खोज्छे । उसले संझिन कति मानिसहरु छन् । दुर्दशा हो कि जस्तो लाग्न थालेको छ उसलाई । उसले चपाएका समयहरु । उ अाँखा चिम्म गर्छे र उसलाई अघ्घोरै माया गर्ने प्रेमिलाई याद गर्न खोज्छे ।

उ,
उ मेरो ....
म उसैको सेलिब्रेटि ।
दुनियाभरको नाटकमा ।
उ भन्ने गर्थ्यो ।
म उसैकि 'ञ'शा हुँ ।