जिबनको तहमा आवश्यकता को बर्गिकरण । चहानाको ब्यापकता । कुमुदिनिको बास्ना पनि । के परिस्थतिले फुलको बास्नामा फरक पार्छ र? करेसामा फुल फुल्ने मलिलो माटो छ । फुल चुस्ने भमरा छ । म छु । सौन्दर्य नियाल्ने । स्याउका दाना रातै हुने गरि पाकिसकेका छन् । स्याउको वाईन । मसला कोचेको कुखुरा । फलैंचामा, दरि अोछ्याएर हुक्का तान्ने । हजुरबा । पटक पटक हजुरबाको हुक्का भर्न आउने हजुरआमा । आलोकित पाखा मा उफ्रिने पाठाहरु । हजुरआमाका पेवा । पधेंरामा सुसेल्दै तरुनि ढुक्ने अल्लारे । कम्मरमा घैटों अड्याएका छिमेकि तरुनिहरु अाँत भिज्ने गरि पानि पिलाउछन् । परदेशिहरु/पराईहरु । अाँखा सन्काएर प्रेमको निमन्त्रणा दिन पछि पर्दैनन् । रातमा ताराहरु पर्खेर बसेको गुनासो गर्छन । सबैको आकृति एउटै हुँदैन । भरोसा गर्नेहरु कमै भेटिन्छन् । मोहनि लगाउनेहरु । बिर्तामा सुस्ताएर । शितल पिलल बोट मा भेट्नेहरु । बिर्सनै सकिन्न । जिबन मोहनि रुपि छ । रुमानि । मोहित पार्ने यादहरु कसैसंग जोडिएका हुन्छन । बिहान शितले तंङग्रिँदै अांग फुकाएर प्रलोभन दिन्छ । दोमन हुन्छ कतिएय मोडहरुमा । नचिनेझैं । अपरिचित झैं । भोकाएको सिकारि जस्तो दाउ हेर्ने जिबन कै परिचय हो ।
भञ्याङको अासपास । खहरेहरु । खोलाहरु सुसाए जस्तो । भोक अोकल्नेहरु । प्रेमको को तिर्खा ले सताईएका हुनछन् ।
कुर्नु पर्छ । समयको । अतितको दोभानमा उभिएर । देखिने अलौकिकता । फुर्ने राग र पोसिने जाँघरले तन्मय साथ पर्खिरहेको बटुवालाई भेटाईदिन्छ । जसले संझनाको कोसेलिहरु ले भरिएको छुक छुक रेलमा बसाएर भाग्यको द्वारमा लघारिदिन्छ ।
सोह्र सत्रको जिबनमा परेला बोल्छन् । आकांक्षाहरुले पाहाड चड्छन् । माया गाँसिन्छन् । पहिलो नजरको प्रेममा दाबि गर्नेहरु झन रुमानि बन्छन् ।
अाखिर म मातिएकै हुँ .... तिम्रो प्रेम मा ।