भिनेएत साहित्य लेखनमा प्रभाबबाद झल्काउने छोटो परि-दृश्य हो । यसले कुनै एक छोटो समयमा रहेर कुनै चरित्रको बारेमा बिचार, शैलि वा भुमिका लाई कबिता, कथा वा नाट्य रुपमा स्थापना गर्छ । हालको उत्तरअाधुनिकतामा यसको प्रभाबलाई स्विकार्य ठानिन थालेको छ । घटनालाई रोचक शौलिमा समय रेखामा उतार्न कुनै पात्र बिशेसको गुणमा केन्द्रित रहेर भिनेएत निर्माण गरिन्छ । जस्तै उदाहरणको लागि :

अब उ उम्कन सक्दिन । त्यसैले उज्यालो (प्रेमि) तिर फर्किएर आफ्नो शरिरको भारलाई छोडिदिन्छे । अबला त त्यस्तो हो जसको 'साथि' हुँदैन तर उसको प्रेमि उसलाई अबला भन्छ । चिराग (बास्तबमा उसको नाम चिराग पनि होईन) उ आफुलाई निशाचर भन्छ । उ त्यस्तै पनि छ । निरब र स्थिर । उ आफुतिर तानिनेहरुलाई रोक्दैन । अन्धकार (अन्तत: उसको गुरुत्वाकर्षण यहि हो) संग धेरै ठोकिन्छन् । रातको निस्तब्धता जस्तै उ (उज्यालो, चिराग, निशाचर र गुरुत्वाकर्षण) सिमाहिन छ । यस्तै मा केहि क्षण अघि अबला उम्कन सकिन ।
चिराग: 'अबला, यता फर्क । म तिमिलाई बिम्ब दिन्छु । तिम्रो लज्जा मलाई उपहार देउ ।

यसमा चिराग पात्रले कुनै अबला पात्रलाई भेट्दा अबला पात्रले चिरागको बारेमा कसरि आफ्नो धारणा बनाई भन्ने देखाउन खोजिएको छ । जसमा उसको रुपक निशाचर, उज्यालो, चिराग वा गुरुत्वबल अादि हुन सक्छ ।
भिनेएतलाई फल्यास् फिक्सन जस्तै मान्न सकिन्छ र यसलाई कागजको एक कुनामा मात्र पनि सिमित पार्न सकिन्छ । यसको मतलब केहि सिमित बाक्यहरुमा भिनेएत लेख्न सकिन्छ । अाँखा अगाडि भएको घटना लाई हुबहु लेख्नु नै भिनेएत हो यसकारणले यसमा गहकिला शब्दको जरुरि हुँदैन । अाजकाल धेरैले ब्लग लेख्छन्, कबिता लेख्छन, दैनिन्दि लेख्छन् यसलाई भिनेएतको राम्रो उदाहरण मान्न सकिन्छ ।

उदाहरणको लागि :

जस्तो सुरुमा कुनै शब्द टिप्न सकिन्छ । मानौं त्यो 'उदाउने सुर्य' हो भने । बिहानि पख, जुनकिरिले बालेको उज्यालो, हिमाल रङगाउने अादि सहायक शब्दहरुको सृंखला बाट कुनै धारणा जन्माउन सकिन्छ । अन्तमा भिनेएतको लागि एकपात्रिय रुपक, एकालाप, कबिता बा ब्लग शौलिमा लेख्न सकिन्छ जसले मनको अभिप्रायलाई स्पष्ट दर्साउन सकोस् ।