अाज तिनै सुन्दर र लोभलाग्दा गोडा भएका युवतिलाई देखें । गएको जाडो-याम मा उसलाई देखेको थिंए । ट्रेनको सिटमा घुंडामाथि अर्को खुट्टाको तिघ्रा राखेर उ जतन साथ बसेकि थिई । त्यसो गर्दा उसको बु्ट्टे स्कर्ट तिघ्रा तिर सरेको थियो । उ त्यसलाई तल तान्छे तर त्यसको फेर घुंडा भन्दा मुनि पुग्दैन । यसैले उसका अाकर्षक र लोभलाग्द गोडाहरु म नियालिरहन्छु । उ मलाई देख्दिन । या मतलब गर्दिन । किनकि उसका सुडौल गोडा नियाल्ने म यो सहरमा एक्लो होईन । उसका कपाल सेतै छन् तर ति फुलेका होईनन् । अनुहार चाँदिको थालको घेरा जस्तो टल्किएको छ । अोठमा लिपस्टिक सरोबर लागोस् भन्न उ एक माथि अर्को अोठ रगड्छे । त्यसो हुँदा उसका गालामा स-साना र चिटिक्क परेका खोपाहरु बन्छन् । म त्यो नियालेर मुग्ध हुन्छु । केहि हिप्पि लाग्ने केटाहरु भित्र छिर्छन् । कोलाहाल गर्छन् । तिनिहरु केहि मातेका होलान् । तर तिनिहरुले मलाई र ति सुन्दर गोडा भएकि केटिलाई हेर्दैनन् । यि हु्ल्याहा केटाहरु संभबत अर्को स्टेसनमा झर्छन् होला, म अनुमान लगाउँछु । केटि निकै थाकेकि होलि । अब दुबै खुट्टा लाई सिधा पारेर परारेकि छ । उसका तिघ्राहरु सिटमा थेप्चिएका छन् र ति भएका भन्दा ठुला देखिएका छन् । यसो गर्दा उ आफ्नो जिउलाई तन्काउँछे र टाउको पछाडि पार्छे । म उसका रहरलाग्दा आोठमा अाफ्नो अोठ राख्न उ नजिकै सर्छु । मेरो कल्पना भंग गर्दै एउटि अधबैंसे महिला भित्र पस्छे । मेरो बगलमा अाएर च्यापिन्छे । हतार हतार अाफ्नो ब्याग खोतल्छे र चस्मा निकाल्छे । चस्माको कानमा अडाउने एउटा डाँठी हुँदैन । उ त्यसैलाई नाकको डाँडि माथि राख्छे । नजिकै अरुले फालेको खबर-पत्र उठाएर पढ्न थाल्छे । त्यसको कपाल भर्खरै गाग्रोबाट निकालेर घाममा सुकाएको गुन्दुक जस्तो घिनलाग्दो देखिएको छ । हलुका पुल-अोभर लगाएकि त्यस अाईमाईको पुल-अोभरको काँध कतै धस्सिएर फोहोर परेको जस्तो देखिन्छ । बाहुलाको फेरो मा फाट्ट अाँटेको ले धुजा धुजा परेका छन् । ट्रेन अर्को स्टेसनमा रोकिन थाल्दा उ हतार हतार ट्रेनका सिटमा बेबारिसे फ्याँकिएका अरु तिन चार अखबार पत्र हरु छिटो छिटो बटुल्छे । त्यो अाईमाई, म र सुन्दर गोडा भएका केटि, हामि सबै अोर्लिन्छौं । अब गन्तब्य फरक फरक हुन्छ । सुन्दर गोडा भएकि त्यस केटि म बिपरित लाग्छे । म सदस झै भाबुक बन्छु । एउटा सुन्दर अपरिचित युबति संग नबोलि छुट्टिनु परेकोमा म बिस्मात गर्छु । मुल बाटो दाँया घुमेर त्यो कटि अोझेल नहुनजेल सम्म म उसलाई पछाडि बाट उसका सुन्दर गोडाहरु नियालिरहन्छु । त्यो केटि अोझेल परि । संगै त्यहि छरिएका खबरकागज ऊठाउने अाईमाई मलाई हेरिरहेकि हुन्छे । भन्छे - 'मध्यरात भईसक्यो । तपाई कसरि जानु हुन्छ अब । मेरो छोरि लिन अाऊँछे । हामि तपाईलाई छोडिदिन्छौ ।' त्यस अाईमाई म प्रति उदार र ईमानदार देखिन खोज्छे । म केहि बेर मनमनै हिसाब लगाउँछु । मध्यराति गाडि पाउन मुस्किल छ  । म हतारिदै निर्णयमा पुगिहाल्छु । अाईमाई तिर हेरेर सहयोग को लागि आभारि भएँ भनेर देखिन खोज्छु तर केहि पनि शब्द निकाल्दिन । म 'हुन्छ' भन्न टाउको हल्लाउँछु । केहि बेर पछि एउटा सस्तो खालको कार अाएर हामि अगाडि रोकिन्छ । म त्यस भित्र अाँखा लाउँछु । तिन जना अरु केटिहरु पनि छन् ।  त्यस भित्रका सबै केटिहरु असाध्य राम्रा थिए । म अाजको दिन मेरो लागि फापेको मा मख्क पर्छु र बिहान राशिफल पढ्न छुटाएकोमा चुकचुकाउँछु । म उसको छोरि चाहिँ कुन हो छुट्टाउन तिर लाग्दा एउटा केटिले म तिर हात हल्लाउँदै गरेकि याद गर्छु । मेरो अगाडि त्यहि अधबैंसे अाईमाई छे । हातमा हिजो उसले बटुलेको बेबारिसे पत्रिकाको सानो खात छ ।  म बिछ्यौनामा पल्टिएको छु । म वरिपरि टाउको घुमाउँछु । उ त्यस पत्रिकालाई त्यहाँ मध्यको एउटा तखतामा घुसाउँदै गर्दा भन्छे ।
‍'म तपाईलाई केहि बर्षदेखि पछ्याउँदै अाईरहेको छु ।'
त्यहाँ त्यस्तै स-साना तखताहरु हजारैं थिए । र सबै तखतामा एकै मितिका धेरै खबरकागजका चाङ छन् ।
त्यस अाईमाई फेरि त्यहि धस्सिएको पुल-अोभर भिरेेर निस्किई ।
उसले ढोका बन्द गर्नु भन्दा अगाडि भनेकि थिई ।
'तपाई यहाँ सुरक्षित हुनुहुन्छ ।'