रफको मिठाई
पग्लेर अोठ हुँदै चिउँडो पुग्छ ।
कबिताको एउटा चोईटा
अंगेनाको डिल मुन्तिर खस्छ ।
र खरनि हुन्छ ।
म चिम्टा तताउँछु ।
त्यो जरो ले थलिएको
सानेको निधार जस्तो रनक्क रन्किन्छ ।
गँगटोले मुख बाए जस्तो
चिम्टाले मुख बाउछ ।
म डडेर खरानि भएको कबितालाई पाखा लाउँछु ।
स्वास्निले लिपेको पोतो कालै हुन्छ ।
कतिखेर जंगिन्छे भनेर म उसको मुख ताक्छु ।
तर,
अाज त्यस्तो हुँदैन ।
उ कबितांश-खरानि मुठ्ठिमा च्याप्छे ।
लिस्नो उक्लिएर चोटामा पुग्छे ।
पालि माथिको झ्यालबाट ।
सक्दो बल गरेर ।
खरानि छरिदिन्छे- घर पछाडिको करेसा भरि ।
उ ढुक्क देखिन्छे ।
क्वार्र क्वार्ति मलाई हेर्छे र भन्छे ।
'अर्को साल कबिता  टुसाउला' ।
त्यसले भकारि भरुँला ।
र- सानेको पेट भरुँला ।
उसको ठ्टाले म रन्थनिन्छु ।
बतास चल्छ ।
मेघले बस्ति छोप्छ ।
कबितांश-खरानि उडेर कहाँ पुग्लान्
सपनाहरु उडेजस्तो ।
सानेले सपना देख्छ ।
स्वास्निले सपना देख्छे ।
त्यो सपना क्रिस्टल जस्तै नाजुक छ ।
छिमेकिको भान्छा बाट अाएको
मख्खनको बास्ना जस्तै छ ,
नाकको पोरा फुलाएर । हामि मख्खनको बास्ना भर्छैं ।
फोक्सो भरि ।
बिस्तारै मन भरिन्छ । मुटु भरिन्छ ।
संतृप्त पारेर त्यो बास्ना हराउँछ ।
साने लाई मैकैको जुंघा हालेर उभिएको देख्छु ।
उसको सानो अोठमाथि मकैका कलिला जुंघा ।
असिनाले सेताम्मे अाँगन देखाएर भन्छ ।
बा- अाज फेरि बरफका मिठाई बर्सेका छन् ।