र्खर निचोरर घाममा तुङरुङ्ग सुकाएको लुगा जस्तो । तप्प पानि चुहिंदै । खुजमुजिएको ।
.... सेकेण्ड ह्यान्ड बर्सादि अोढेर । मयलपोस सुरुवालमा । लोकल-सार्कि-मेड कालो जुत्तामा  ठाँटिएका । चौंडा छाति । जमिनदार भन्न सुहाउने । ठालुमा गनिएका । मलाई देख्नासाथ भनि हाले ।
'ए काठा ! तँ त बिदेसाँ' बसेर अा' होईन ।'
बर्सादि म तिर ढल्काएर । उनि अाफु पनि ढलक्क ढल्किए ।
खुब जतन साथ हिड्दै थिए । जुत्तामा हिलो को छिट्टा पनि परेको थिएन । फेरि म तिर हेर्दै बिरक्तिए ।
'काठा तैले छाता पनि अोढ्न जानेको छैनस् अझै ।' छाताको केहि भाग मेरो कुम तिर परेको थियो ।
त्रिपाल टाँगेको 'चिरकाल' पसलमा पाँच रुपैंयाको सर्बत खुवाउँदा फेरि सातो लिए ।
'जाडोमा चिया पो खान्थिस् कि ?' मैले यथास्थितिमै चित्त बुझाएको संकेत गरे । फाटेको त्रिपालबाट पानिको धारा लाग्दै थियो । अनिसा परेकोले जम्मै सेतो । हवा भने ठप्पै थीएन । उखुको सर्बत । त्यसमा पनि चिनि थपेर घुलाउन लगाए । मैले ईन्कार गरे । चिनि थप्न । बुढाले हात यसो गाउँ तिर घुमाउँदै भने ।
'हेर्त यो गाउँमा ईलममा लागेका एउटै छैनन् । काठा तँ कति बर्ष बिदेसाँ' बसिस् रे!'
'पुगनपुग ४ बर्ष' कुरा भुईमा नझर्दै बुढा कहालिए ।
'अब जेथा पनि जोड्छस् होला त ।'
'शह'राँ घर किने ।' मैले अोकलेको 'शहर'ले बुढाले मुख तितो बनाए ।
मैले भनें । 'चिनिकम भयो क्या? मुख त तितो लाउनु भयो ।'
'काँठा त कुरो बुझ्दैननस् ।' बुढा सिधा मनका छन् । 'तेरो पर'गति देखेर दङ्गिएको नि ।'
बुढा अलि वर तिर सर्न खोजे । बेन्चमा हामि बिच सेकेन्ड ह्यान्ड छाता थियो । त्यसलाई अर्को छेउ राख्दै गुह्य कुरा भन्न खोजे जस्तो कानै निर अाईपुगे ।
'काठा तेरो ऋण कति छरे ?'
'अाज त्यहि ऋुण नै .....' बुढाले कुरो पुरा गर्न दिएनन् ।
'सुन । तेरो सावाँ ब्याज माफि भयो ।' बुढा अझै नजिक अाए । 'मेरो छोरि लैजा । काठा तँ भाग्यमानि रैछस् ।'
...अब मेरो अनुहार  भर्खर निचोरर घाममा तुङरुङ्ग सुकाएको लुगा जस्तो । तप्प पानि चुहिंदै । खुजमुजिएको । बुढा लाई ईन्कार गर्ने अाँटै भएन । मैले बाँकि रहेको पिंधको सर्बत पनि घुट्ट पारे । पानि थामिसकेकोले बुढाले सेकेण्ड ह्यान्ड बर्सादि त्यहिं भुले । म त्यहि बर्सादि लिएर शहर फर्कें ।
त्यो दिन पछि मैले बुढालाई मयलपोस सुरुवालमा ढाँटिएर हिडेको देख्न पाएको छैन । न मैले बुढा को सावाँ फर्काए । न ब्याज नै दिएँ । बुढाको प्रस्ताब ईन्कार गर्ने हिम्मत पनि थीएन । म बुढाको सेकेण्ड ह्यान्ड छाता अोडेर निस्कँदा बुढाले जस्तो सरक्क हिड्न मैले कहिले सिकिन ।
'काठा तैले मेरो साँवा पनि नफर्काउने भईस् ! ' मलाई यो भ्रम भईरहन्छ ।