'संझन समय लाग्छ ।' मैले केटिलाई भने ।
उसले सोधेकि थिई । 'तपाईको उमेर कति हो?'
तर माथिको जवाफ त्यसको लागि थिएन । मैले भनेको थिएं । 'यस बर्षको जन्म दिन त गईसक्यो ।'
'ठिकै छ । म अझै तपाईको लागि उपहार किन्न सक्छु ।' केटिले फजुलखर्चि मन देखाई ।
मलाई कहिले पनि उपहारहरु मन परेनन् । मैले भने 'मैले कसैलाई उपहार किनिन। उपहारहरु मलाई अपब्यय लाग्छन् । त्यसमाथि प्रेमिकाको लागि उपहार किन्ने अावश्यकाता नै छैन ।'
'केहि छैन' उसले संगै यो पनि भनि 'तपाईलाई कुनै अात्मिय उपहारको याद छ । प्रेमिकाको, अाफन्तको, सहृदयिको...'
त्यसपछि को जवाफ थियो । 'छन्... संझन समय लाग्छ ।'

.....
जन्म दिनको दिन उ अाई । मलाईत लागेको थियो उसले मेरो जन्मदिन भुलि होला । उ अाई र मलाई शुभकामना दिई । मेरो खाट छेउ बसि । तर उसको हातमा उपहारको पोको देखिन । सोध्न मन थियो । उपहार ल्याएनौ भनेर । केहि क्षण पछि उ गई । जानु भन्दा अघि उसले भनि 'उपहारलिन होस्टेल अाउ ।' उ होस्टेल बसेर अाईटि पढिरहेकि थिई ।

म साँझ क्षेत्रपाटि पुगें । उसको होस्टेल छेउ पुगेर उसलाई फोन गरें । उ लिन बाहिर सम्म अाई । उसलाई यस भन्दा पहिले यति राम्रो देखेको थिईन जस्तो अाभास भयो । उ निकै सौम्य र मंजुल देखिएकि थिई । उ हांसि मात्र रहि । केहि बोलिन । म उसको पछि पछि उसको होस्टल रुम सम्म पुगें । म केहि केहि अनुमान गर्न सक्थें त्यसदिन को उपहार-योजना को बारेमा । सायद आफुलाई सुम्पने वा मलाई पाउने त्यो समय उसलाई गुणस्तरिय लाग्यो होला । होममेड-मिल्क-सेक र केक पछि । पालो उपहारको थियो । म त्यति बेला हैरान भए जति बेला अनिता पनि कोठा भित्र छिरि । उसबाट पनि शुभकामाना पाए पछि मैले अनुमान गर्नै नसक्ने घटना दुर्धटित भयो । दुबै केटिहरुले एक अर्कामा अाँँखा सन्काए । मेरो अाखाँमा अाश्चर्यको भाब देखे पछि अनिताले भनि 'उपहार खोल्दैनौ?'

मैले भरकस बिस्तारै । धेरै बिकल्प भएको बाकसबाट उपहार छाने जस्तै होसियार साथ दुबै लाई एक पटक नियालें । मन ले छामें । अाखाँले स्पर्श गर्न खोजें र केटाकेटिले जस्तो अधर्य भएर उपहार बाकसलाई च्यात्न थालें ।
....

केटि केहि क्षण देखि मलाई उत्सुक भएर सुनिरहेकि थिई । म बोल्न रोकिएपछि लगततै भनि । 'ढिलै भएपनि, हिड्नुस् । म केहि उपहार दिन्छु ।' उ रसवत् (ईर्ष्याको भाबना बाट प्रभाबित हुनु) भई र उसको निस्वनमा प्रणयमान देखियो ।