...र्खर छरेको तोरि बारि मा ढुकुरका बथान चरे जस्तो 'म' उसको देहमा चरिरहेको थिंए । अोठहरुले नबिनताको स्वाद चाल पाईसकेका थिए । ईमाईनिले भनि -- 'जाउ बिश्वको अर्को हिस्साले तिम्रो हस्तक्षेप कुरिरहेको छ ।' त्यस पछि म सपनाबाट ब्यँझिए । म त्यहि सपना पछ्याउँदै नया ठाउँ अाँए । तर ईमाईनिले भने जस्तो बिश्वको कुनै पनि हिस्साले मेरो हस्तक्षेप कुरिरहेको नभई कुल्चन पर्खिरहेको रहेछ । ईमाईनिले झुठो किन बोलि । तर मलाई याद छ । उसको ढोकाको बाहिर मेरो नामको नेमप्लेट झुन्डिएको थियो । हाल दुरदर्शितालाई चुसेर मलाई एस्ट्रेमा फ्याँकिदिएको छ ईमाईनिको सपनाले । साईकियास्ट्रिक को मा गएँ । उसले पनि यसै भनि । ' जाउ बिश्वको अर्को हिस्साले तिम्रो हस्तक्षेप कुरिरहेको छ ।' अब म थाकिसके । । उसको क्लिनिकबाट  बाहिर निस्कँदा मैल अझै ठ्मयाईसकेको थिईन मेरो हिस्सा कस्तो हो । अर्को दिन मैले अपार्टमे्न्टको लिभिङ रुममा एक्लै डोलि प्याट्रोनको 'हाईलाईटट अफ माई लाईफ' मा मस्त नाचें । डोलि म संगै नाचि । म उसलाई ईमाईनिलाई जसैगरि चुमिरहेकै थिंए । मैल त्यसदिन सबैको अाग्रह बुझें जस्तो भयो । ईमाईनिको सपना थियो मैले यस्तै ईनलाईटमेन्ट महशुस गरुँ । डोलिको हात समाएर नाच्दै गर्दा मैले जिबनको सबै जसो चेेतनालाई अात्मसाथ गर्न पाएँ ।
म भाग्यमानि भँए । त्यति खेर समयको समानान्तर रेखामा पाईलाहरु चालेको अभुतपुर्ब यादहरु अाईरहे । त्यो त अाखिर पाईला चालिरहे जस्तो भयो । म नाचिरहे । नाचिरहे । मलाई मेमोरिजको गुरुत्वाकर्षण ले बृत्तमा खिचिरह्यो । म तानिईरहें । अंतस्सकरणमा ईनलाईटमेन्टको रंङगिन झिलिमिलिमा झुलिरहें । जिबनको हाईलाईट मा  उभिएका शांत अाफन्तहरु, परिचितहरु, सुभेच्छुकहरु, प्रेमिकाहरु मेरो अपार्टमेन्टको ढोकाको पिकिङ-होल बाट मलाई सिमिततामा ऊफ्रिरहेको चिअाईरहेका थिए । मैले चालेका प्रत्येक पाईलाको अनुभुत भयो । क्रिसमसको नजिक दिनहरु मैले डोलि संग नाचेर बिताए । अर्को दिन ईमाईनि संग नयाँ अपार्टमे्न्ट सरें । त्यहाँ बाट संसार चिआउन उसैले साथ दिने छे । दुई ठुला झ्याल छन् ।  एउटा उसको लागि । अर्को मेरो लागि .....