तिमि बग्यौ कुन सागरमा मिल्न ..... थामेर किन छोड्यौ हातहरु .....
राष्ट्रिय समाचार पछि यो गित बजिरहेको थियो रेडियो नेपाल मा । गर्मि महिनाको अाखिर तिर, गर्मि निकै थियो । 'एक झर पानि परिदए शितल हुने थियो ।' उ यस्तै सोच्दै थियो । पसिनाले जिउ भिजिसक्यो । खाटमा सतरंजा मात्र छ । अोल्टे कोल्टे फर्किदा ढाड बिझाउँछ । हावा चले पनि तातो हावा चल्दै थियो । त्यसले झनै उकुस मुकुस बढाउँथ्यो ।
उ उत्तानो पल्टि रहेको थियो । काठको दलिन मा माउसुलि खेल्दै थिए । आज पनि पसिना ले जिउ चिसो हुन थाले पछि निद्रा अाउला भन्ने उसले सोचेको थियो । तर त्यसो भएन । निन्द्रा अाएन । कति अोल्टे कोल्ट फर्किनु । गर्धन दुखिसक्यो । उ खाटमा पलेटि कसेर बस्यो । एउटा माउसुलि झुल माथि खस्यो । चिम्टाले त्यसलाई समायो र अंगेनामा हालिदियो । माउसुलि छटपटाउँदै मर्यो ।
उ अर्को माउसुलि झुल माथि खस्ने प्रतिक्षामा छ । निकै बेर पछि अर्को माउसुलि पनि खस्यो  । त्यसलाई पनि चिम्टाले समायो र अंगेना मा हालिदियो । बाँसको झाँगमा अागो लाग्दा निस्कने पट्ट पट्ट पट्ट आवाज जस्तो अायो र त्यो पनि सल्कियो । त्यति खेरको गन्ध ठ्याक्कै  मसान घाटमा लास पोल्दा निस्कने गन्ध जस्तै थियो । अाजकाल उ त्यस गन्ध प्रति परिचित भई सकेको थियो । अाज उसले तिन चार ओटा लास सल्काएको ठाउँ बाट दाउरा बटुलेर ल्याएको थियो । अस्ति ल्याएको दाउरा सुकेकोले अाज त्यसमा उसले भात पकाएर खायो । गर्मि भएकाले दाउरा छिट्टै सुक्छ । उ आफु अराजक हुदैं गईरहेको छु भन्नेमा बिश्वासै गर्दैन ।
उसले दुई अोटै मृतक माउसुलिलाई अंगेना बाट निकाल्यो र भुईमा पसार्यो । त्यसलाई चिम्टाले घोचि हेर्यो । मरिसकेका थिए । माउसुलिको लास पहिचान गर्न गाह्रो थियो । ति डढेर निकै काला भएका थिए । तर उ बिश्वस्त थियो । ति उसैले पोलेका माउसुलि हुन् ।
उसले अब समारोह को तयारि गर्यो । क्लोसेट बाट वाईन निकाल्यो । वाईन उसले उपहार पाएको हो कुनै मृतकको मतियार बाट । उ धेरै कुरा संझिन पनि खोज्दैन । नत्र उ प्रायजसो लोकल रक्सि खान रुचाउँथ्यो । संग संगै गिटार झिक्यो । र माउसुलिहरुको अात्मा को चिर शान्तिको कामाना गर्दै वाईन खादै गिटार बजाउन थल्यो ।
उ गाउँदा अाशुँ झारेको जस्तो नक्कल पनि गरि रहेको थियो ।

Sundown, sundown
They're taking all the tents down.
Where have you gone my handsome Billy?

Sundown, sundown
The carnival train's leaving town.
Where are ya now my darlin' Billy?

कसैले उसको ढोका ढकढकायो । ढोका उघारिदियो । पुलिसहरु रहेछन् । उसले घटनाको हुबहु बयान गर्यो ।
'लास चिनिन सकिने अबस्थामा छैन , साप' । त्यहाँ मध्यको एउटाले भन्यो ।
लास पोष्टमार्टमको लागि पुलिसहरुले लिएर गए । उसलाई हतकडि लगाईयो  । उ बिस्तारै काँपिरहेकै स्वरमा गाँउदै थियो ।
Sundown, sundown

उ भनिरहेको थियो 'मैले माउसुलि जलाएको हुँ श्रिमति होईन ।'
तर न्यायधिसले उ बिरुद्ध फैसला सुनायो । 'अभियुक्तलाई जिउँदै जलाईदिनु ।'


*कथा बाँकि छ । पात्रले अाफुलाई निर्दोश साबित गर्न अर्को कथा लेख्छ ।